Daily Archives 17th October 2018

‘झोले पत्रकार सम्मेलन’

चिरन शर्मा । लन्डन । यसै वर्ष सामाजिक सञ्जाल अनलाइन प्रोटल सगुनले बेलायतको अल्डरशटमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सगुनले गैरआवासीय नेपाली संघ बेलायतको सकृयतामा निर्माण हुने नेपाल घरका लागि एक लाख बराबरको शेयरको हिस्सेदार बनाउने जानकारी दिनका लागि पत्रकारलाई आमन्त्रण गरेको थियो । त्यस कार्यक्रम आयोजक संस्था सगुन भए पनि समन्वयनकर्ता र आयोजक गैरआवासीय नेपाली संघ बेलायत थियो । साँझ ६ बजे सुरु हुने भनिएको पत्रकार सम्मेलनका लागि आएका अतिथि तथा पत्रकारका लागि राति करिब ९ बजे खानाको व्यवस्था गरियो । लन्डनदेखि करिब एक घन्टा टाढा पुगेका सञ्चारकर्मी पत्रकार सम्मेलनको सुरु नभइ हिड्ने कुरा भएन । डिनर खाएर
More

नटिंघममा दशैं धुमधाम

लण्डन । नटिंघममा बस्ने नेपाली समुदायले एक भव्य कार्यक्रमको आयोजना गरेर दशैं मनाएका छन । नेपाली समाज नटिंघम इष्ट मिड्ल्याण्ड युकेको आयोजनामा सोमवार महानचाड वडा दशैं तथा दिपावलीको शुभ अवसर पारेर भव्य कार्यक्रम सम्पन्न भएको हो । दशै तिहार शुभकामना सॉझ २०७५ कार्यक्रममा आवासिय नेपाली संघ वेलायतका अध्यक्ष योग कुमार फगामी को प्रमुखआतिथ्यमा भएको थियो । विशेष अतिथिको रुपमा नटिंघम सिटी काउन्सिलका काउन्सिल शेरिफ क्याथरिन आर्नोल्डको उपस्थिती थियो । नेपाली समाज नटिंघमका अध्यक्ष गोविन्द खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा वहादुर क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाएको थियो । इष्ट मिड्ण्याण्ड भित्र रहेका सवै नेपाली संघ संस्थालाई
More

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवन संग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक भएको छ । “चेन्ज योर फ्युचर” लाई न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपालिया र एन आर एन अमेरिकामा पूर्व बरिष्ठ उपाध्यक्ष तथा युबा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृती हो। उक्त किताब को कभर आर्ट लन्डन निबासी निकै लोकप्रिय डिजाइनर एम. एम. रैनी ले गरेकि हुन। उक्त किताबको कभर तस्बिर ले नै जीवन प्रतिको आशा उत्साह र परिवर्तन को झझल्को दिन्छ। २५६ पेज रहेको उक्त पुस्तकमा १२ वटा खण्डहरु रहेका छन। किताबमा जीवनका दर्शन देखि, यौन्,
More

बेलायतमा पहिलो पल्ट “मोहनि” पर्व मनाइयो

लण्डन । १८ वर्ष अघि बेलायतमा सबैभन्दा पहिले नेवार समुदायको महत्वपूर्ण चाड म्ह-पूजा मनाउने पासा पुच: गुथि युके लण्डनले यस वर्ष फेरि पनि एउटा नयाँ ईतिहास रच्न सफल भएको छ। गत हफ्ताको शनिवार अाश्विन २७ गतेका दिन लण्डनमा छरिएर रहेका ७० भन्दा बढि संस्कृतिप्रेमी नेपालीहरूका माँझ गुथिले पहिलो पटक मोहनी नख: मनाएको छ। दशैं पर्वको अवधिमा नेवार समुदायमा मनाइने मोहनि नख:को विशिष्ट स्थान रहँदै अएको छ। नेपालीहरूको बाक्लो बसोबास रहेको लण्डनको अल्पर्टन शहरमा आयोजित सो कार्यक्रममा गुथिका सह-अध्यक्षद्वय श्रीमती मेनका श्रेष्ठ र श्रीमती रुक्मणी मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। २ वर्षको बालक देखि ७० वर्षीया वृद्धा समेतको उपस्थिति रहेको सो
More

जिसीको हत्यारालाई पोर्तुगलमा १६ वर्ष जेल सजाय

योगेन्द्रमिलन छन्त्याल । लिस्बन । पोर्तुगलमा एक नेपालीलाई १६ वर्षको जेल सजाय तोकिएको छ । मङ्गलबार क्याम्पु जुस्टिका ओरियन्टले यस्तो फैसला सुनाएको हो । गत वर्ष सेप्टेम्बर १२ तारिखका दिन पर्वत मल्लाजका हरिबहादुर जिसीको हत्यामा संलग्न धादिङका अर्जुन सापकोटाविरुद्ध यस्तो फैसला भएको छ । सापकोटाले जीसीलाई राजधानी लिस्बनस्थित क्याम्पु पेकिनो मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा हानी हत्या गरेका थिए । हरिबहादुर जीसीका भाइ ओम जिसीमाथि पनि सापकोटाले आक्रमण गरेका थिए । हत्यापछि फरार सापकोटालाई केही दिनभित्रै नेपालीहरुले समातेर प्रहरीलाई बुझाएका थिए । अदालतद्वारा उपलब्ध गराइएको फैसलामा हरिको योजनावद्ध हत्या गरेकोमा १३ वर्ष र ओमकोसमेत हत्या गर्ने प्रयास गरेकोमा थप
More

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ। काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो । दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उहाँको भनाइ छ । काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र
More

ऐतिहासिक मन्दिर पुनःनिर्माण

म्याग्दी । एक व्यक्तिको निजी लगानीमा जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज कोत भगवती मन्दिरको पुनःनिर्माण भएको छ । काठमाडाँैको ताहचलका शिवकुमार श्रेष्ठले दिवङ्गत बुवा बाबुलाल र आमा बालकुमारी श्रेष्ठको स्मृतिमा मन्दिर पुननिर्माण गर्नुभएको हो । श्रेष्ठको रु ३६ लाख सहयोगमा बाइसे चौबिसे राज्यका पालामा निर्मित ऐतिहासिक मन्दिरको पुनःनिर्माण गरिएको मल्लाज कोत पूजा व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर जिसीले जानकारी दिनुभयो । आफ्नो जन्मथलोको ऐतिहासिक, धार्मिकस्थल जीर्ण बनेपछि स्थानीयवासीले गरेको अनुरोधअनुसार पुनःनिर्माणमा सहयोग गरेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले मन्दिर पुनःनिर्माणका लागि विसं २०७२ मा सञ्चालन भएको महायज्ञमा सहयोगको घोषणा गर्नुभएको थियो । महायज्ञबाट सङ्कलित रकमबाट रु एक करोड ४० लाखको लागतमा मन्दिर
More

हवाई टिकट नपाउँदा यात्रु अलपत्र

खजुरा बाँके । दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप अत्यधिक रूपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ । जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ । कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन । कर्णालीका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सडक यातायात पुगे पनि त्यति भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले आवतजावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ । टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधैँ मर्कामा पर्ने गर्छन् । टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी
More