Daily Archives 18th October 2018

एनआरएन अमेरिकाका संयोजक जोशीद्धारा मन्दिरलाई ४० लाख सहयोग

रवि रोषी । गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरी जोशीले चितवनको एक मन्दिरलाई ४० लाख सहयोग गरेका छन् । जोशीले स्थानिय गायत्री हरिहर मन्दिरलाई ४० लाख सहयोग गरेका हुन् । यसै बीच हरिहर मन्दिर संरक्षण समितिले जोशीलाई एक समारोहको आयोजना गरेर सम्मान गरेको छ । सोही अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका पूर्व अध्यक्ष जीवा लामिछानेले मन्दिर व्यवस्थापन तथा गुरुकुल विद्यालयका लागि १ लाख सहयोग रकम हस्तान्तरण गरे। निर्माण सम्पन्न सो गुरुकुल विद्यालयमा हाल ५० जना बटुकहरुले वासस्थान सहितको बैदिक शिक्षा प्राप्त गरीरहेका छन् । पौराणिक काल देखि चलिआएको गूरुकुल परम्परालाई निरन्तरता दिन योगदान दिनुहुने जोशीलाई पूर्व अध्यक्ष
More

आज महानवमी

काठमाडौँ । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल
More

दशैँमा इटालियन स्याउको बजार

जुम्ला । दशैँका लागि इटालियन फुजी जातको स्याउको बिक्री बढेको छ । चन्दननाथ नगगरपालिका–१० का टंक देवकोटाले बगैँचामै सो स्याउ किन्न आउनेलाई प्रतिकेजी रु १५० मा बेच्ने गरेको बताउनुभयो । दशैँसम्म जुम्लाको स्याउ निर्यात भइसक्ने भएकाले यो स्याउको माग दशैँमा बढेको उहाँको अनुभव छ । पातारासी गाउँपालिका बाता गाउँकी शर्मिला महतारा स्याउको ग्रेडिङ, प्याकेजिङ र लेवलिङ गर्न व्यस्त रहेको बताउनुभयो । बगैँचामा गोल्डेन र रेड डेलिसियस जातको स्याउ छ । पहिलोपटक स्याउको परीक्षण भएकाले स्याउको बिरुवा हेर्न र स्वाद लिनकै लागि ओहोरदोहोर निकै बढेको छ । चन्दननाथ भैरवनाथ गुठी संस्थानको जग्गा लिजमा लिएर इटालियन जातको स्याउका बिरुवा रोपेर उत्पादन गरिएको
More

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ, महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो । उहाँले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो ।
More

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ । महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ ।
More

मानवसेवामा नेपाली समुदायको प्रगती लोभलाग्दोः डिस्ट्रिक गर्भनर वाइज

रोटरी क्लबका डिस्टिक गर्भनर सावन वाइजले नेपाली समुदायले अमेरिकामा लोभलाग्दो प्रगति गरेको बताउनु भएको छ । रोटरि क्लब अफ न्यूयोर्क क्विन्सले बुधवार रिजउडको सिटि क्याफे एण्ड ग्रिलमा आयोजना गरेको दशैँ शुभकामनान् बिशेष बैठकलाइ सम्बोधन गर्दै रोटरी डिस्टिक ७२५५ का गर्भनर वाइजले भन्नुभयो, “नीजि प्रगतिका अलावा मानवसेवामा पनि नेपालीहरुको उपस्थिति लोभलाग्दो देखिएको छ, यो स्पिरिटलाइ कायम राख्नुहोस् ।” वाइजले क्लबको कुनै पनि परोपकारि अभियानमा आफ्नो डिस्ट्रिकको पुर्ण साथ रहने बचन पनि दिनुभयो । सो अवसरमा क्लबका प्रेसिडेन्ट मोहन ज्ञवालीले क्लबको इतिहास र आगामी कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । “मानविय सेवामा यथासक्य योगदान गरौँ भन्ने उदेश्यले यो क्लवको स्थापना गरिएको
More