Daily Archives 22nd October 2018

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

भक्तपुर । दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो । बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो । भोलिपल्ट फेरि छाती दुखेर मध्यपुर अस्पताल पुग्दा मुटुको सबै उपचार सेवा छ भनेर प्रचार गर्दै आएको यो अस्पतालले पनि इसिजी गरेर बिरामी बचाउन आवश्यक थप उपचार नगरी सिधै गङ्गालाल अस्पताल रिफर गरेपछि गङ्गालाल पु¥याउँदा उहाँको निधन भयो । हृदयाघातकै कारण निधन भएको गङ्गालाल अस्पतालले पुष्टि ग¥यो । उपचारका लागि
More

लेक लागेर विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु । खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हँुदाहँुदै ज्यान गएको प्रहरीले जनाएको छ । कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ लगिएको छ ।
More

बेलायतमा बस्ने सुर्खेतीले गरे मिर्गौला पीडितलाई ५ लाख सहयोग

सुर्खेत — मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् । दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक सय १७ जना नेपालीले उक्त रकम संकलन गरी पठाएका हुन् । लण्डनमा बस्ने दिलबहादुर जिसी, खगिसरा थापा र टोपबहादुर थापाको पहलमा संकलित रकम जिसीले सोमबार उनको घरमै पुगेर हस्तान्तरण गरे । ‘चिनेजानेको युवा अप्ठेरोमा परेको थाहा पाएपछि हामीले आर्थिक संकलन अभियान गरेका हौं,’ जिसीले भने,‘हामी जहाँ बसे पनि मन त नेपाली नै हो, सहयोग गर्न पाउँदा खुसी छौं ।’ सुर्खेतका साथै दैलेखलगायत क्षेत्रका बेलायतमा बस्ने नेपालीले
More

दशैँपछि राजधानीमा चहलपहल

काठमाडौँ । दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिनुभयो । आज रातिसम्म सो सङ्ख्या अझै बढ्नेछ । यसैगरी सात हजार ३४८ सवारीबाट ६० हजार ३६८ यात्रु उपत्यका बाहिर गएका छन् । विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ । आजदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ
More

पत्रकार हुमागाईंको निधन

काठमाडौँ । ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आज निधन भएको छ । कलेजो रोगबाट पीडित हुमागाईंको आज दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हुमागाईंप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष डा जगदीशचन्द्र भण्डारीलगायत आर्यघाट पुग्नुभएको थियो । दिवङ्गत हुमागाईंको एक छोरा र एक छोरी छन् । हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौँ जिल्ला संयोजक हुनुहुन्थ्यो । उहाँ ‘वर्गदृष्टि’ साप्ताहिकका
More

एक करोडको लागतमा गाउँपालिका निर्माण

बनेपा । जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करीब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ । सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले चौरमा नै उभिएर शपथग्रहण गरेको र अहिले गाउँलेको ठूलो सहयोगबाट १६ रोपनी जग्गा प्राप्त गरी गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको बताउनुभयो । शुरुमा अस्थायी केन्द्रका रुपमा वनखुको कोलटारमा तोकिएको भए पनि सबैको पायक पर्ने ठाउँमा केन्द्र नभएको भन्दै केन्द्र सार्नुपर्ने माग बढ्दै गएको थियो । अध्यक्ष जिम्बाका
More

जनसम्पर्क समिति बेल्जियम औपचारिक रुपमा विभाजित, गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

लुभेन । बेल्जियम स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति औपचारिक रुपमा विभाजन भएको छ । नेपाली जनसम्पर्क समितिका महामन्त्रि सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सिता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले सुभाष गुरुङको सभापतित्वमा १५ सदस्सीय नयाँ कार्यसमितिको घोषणा गरेका छ । समितिको उपसभापति गजेन्द्र बोगटी, महामन्त्रि अनुजा प्रधान, सहमहामन्त्रि सूर्य बहादुर गुरुङ्ग, कोषाध्यक्ष पार्वता शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा गोविन्द सिहं अधिकारी, भाइथेवा तामाङ (जुमकाजी), विनोद पौडेल, नन्दराज घले, चिनीमाया तामाङ, राधा प्रधान, शरद क्षेत्री, सागरदाश श्रेष्ठ, शिव खरेल र शैलेश मल्ल छन् । सभापति
More