Daily Archives 23rd October 2018

यती नेपाली एसोसिएसन यूकेको अधिवेशन ९ डिसेम्वरमा

लन्डन । युरोपकै सबैभन्दा पुरानो संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को अधिवेशन आगामी ९ डिसेम्वर २०१८ मा हुने भएको छ । लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा अधिवेशन हुने भएको महासचिव बाचस्पति रेग्मीले जनाए । अधिवेशनका लागि गैर आवासीय नेपाली संघ बेलायतका महासचिव राजकुमार त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । नयां कार्यसमिति चयनका लागि एक सदस्यमा सिद्धार्थबिक्रम क्षेत्री र अर्को सदस्य संयोजक त्रिपाठीले नै मनोनित गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ । निर्वाचन समितिले निकट भविष्यमै कार्यसमितिसंग छलफल गरी निर्वाचन कार्यतालिका प्रकाशित गर्ने निर्वाचन संयोजक आरके त्रिपाठीले बताए । यसैबीच, यतीले १७ नोभेम्वर २०१८ शनिबार एक
More

Head chef at Pasha Everest, Worcester, has cooked for Prince William

Pasha Everest, in St John’s, Worcester, has recently been refurbished and opened as a brand-new eatery by owners, Bhupendra Pathak and Raju Khatri. The opening, on October 15, was invitation only in which 50 guests attended. The idea was for guests to taste what head chef, Raju Khatri, can bring to the table and get a sneak peak of the dishes available. Mr Khatri hopes to bring authentic Indian and Nepalese cuisine to the city. He was born in Nepal and has worked in many countries including India, Dubai and the UK in internationally renowned hotels and restaurants. With more
More

पत्रकारमाथि तेजाब प्रहार

पर्सा । वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उहाँमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
More

शान्ति नेपाली समाज बेलायतको दशैं भव्य (फोटो फिचर )

लन्डन । वर्मिङ्घम बस्ने नेपाली समुदायले एक भव्य कार्यक्रमको आयोजना गरेर दशैं मनाएका छन । शान्ति नेपाली समाज बेलायतको आयोजनामा सोमवार वडा दशैं तथा दिपावलीको शुभ अवसर पारेर भव्य कार्यक्रम सम्पन्न भएको हो । दशैं तिहार शुभकामना सॉझ २०७५ कार्यक्रममा नेपालबाट पारिवारिक भेटघाट मा आउनु भएका जेष्ट नागरिक घनश्याम घिमिरेको प्रमुखआतिथ्यमा भएको उक्त कार्यक्रमको बिशेष अथिति प्रसान्त ढकाल थिए । शान्ति नेपाली समाज बेलायत अध्यक्ष लिला बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेस्ट मिडल्याण्ड रहेका सवै नेपाली संघ संस्थालाई निमन्त्रणा गरिएको थियो । उक्त कार्यक्रममा अधिकांस संघसँस्थाको प्रतिनिधि हरु को उपस्थिति रहेको थियो। एनआरएनए अभियन्ता कृष्ण तिमिल्सेना, एनआरएनए युकेका सचिब तारा
More

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने: साउदी अरब

रियाद- पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ।” राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ।” खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो। तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ।
More

कतार बिरुद्ध गीतिनाटक प्रर्दशनको अभियोगमा एनआरएका मध्यपूर्व संयोजक आरके शर्मा सहित ५ जना पक्राउ

लण्डन । कतार प्रहरीले गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक आरके शर्मालाई पक्राउ गरेको छ । गैरआवासीय नेपाली संघ स्रोतका अनुसार शर्मालाई कतार विरुद्धमा सामाजिक गतिविधी संचालन गरेको अभियोगमा उनी सहित ४ जना स्थानिय कलाकारलाई मंगलवार पक्राउ गरेको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा ५ अक्टोवर त्यहाँ आयोजित विजया दशमी तथा दिपावलीको शुभकामना आदान कार्यक्रममा कतार सरकारले नेपाली कामदार माथि गरेको थिचोमिचोका वारेमा गीतिनाटक प्रर्दशन गरिएको थियो । कतारी पोशाकमा प्रस्तुत सो गीतिनाटक स्थानिय कलाकारको सहयोगमा प्रर्दशन गरिएको थियो । कार्यक्रममा बद्री पंगेनी, रोजी बस्नेत लगायतले प्रस्तुती दिएका थिए । सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा त्यहाँ पुगेका शर्मा लगायत
More

गौतम र गुरुङ बेल्जियम कांग्रेसबाट ४ वर्षको लागि बर्खास्त

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमको विवादले चर्को रुप लिएको छ । समितिकी सभापति सीता सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान महामन्त्रि शुभाष गुरुङ र पूर्वसभापति गंगाधार गौतमलाई समितिको साधारण सदस्य समेत नरहने गरि ४ वर्षको लागि बर्खास्त गरे पछि विवाद बढेको हो । गुरुङ र गौतमले पार्टी अनुशासन तोडेर पटक पटक सचेत गराउदा समेत नसुर्धे पछि कार्यवाही गरिएको वताएको छ । यसअघि गुरुङको सभापतित्वमा नेपाली जनसम्पर्क समिति बेल्जियमको छुट्टै समिति घोषणा गरिएको थियो । सापकोटाद्धारा जारी विज्ञप्तिको पूर्ण पाठ नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री श्री सुवास गुरूँगबाट सामाजिक सँजाल र विभिन्न मिडियाबाट संप्रेसित खवरहरूबाट यो समितिको गम्भीर ध्यानाकर्षण
More