Daily Archives 24th October 2018

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डको दशैं (फोटो फिचर)

लण्डन । हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डले दशैं कार्यक्रम भव्य रुपमा मनाएको छ । दशैं तथा तिहारको शुभअवसर पारेर सोमवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी थिए । कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि डा. सुवेदी, संस्थाका अध्यक्ष शिव खरेल र स्थानिय मियर फिलिप पेजले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, पिटरवरो नेपाली समाजका पूर्वअध्यक्ष केशव भण्डारी, नोटिंघम नेपाली समाजका अध्यक्ष गोविन्द खरेल, एनआरएन युकेका सहसचिव तारा भण्डारी, समाजसेवी दयानिधी सापकोटा, संस्थाका संस्थापक अध्यक्ष गंगाधर गौतम, निर्वतमान अध्यक्ष मिलन सापकोटा, पूर्वअध्यक्ष कृष्ण शर्मा, बचत तथा ऋण सहकारीका
More

पद्मश्री साहित्य पुरस्कार प्रदान

काठमाडौं- खेमलाल– पद्मश्री साहित्य पुरस्कार र पद्यमश्री साधना सम्मान २०७४ एक समारोहबीच दुई स्रष्टालाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे र पद्यमश्री साधना सम्मानबाट डा.तारानाथ शर्मा सम्मानित भएका हुन्। साहित्यकार पाण्डेको संस्मरणात्मक कृति ‘यार’ को लागि उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै शर्माले पाठकहरुको असीम स्नेहले नै आफु यस उमेरमा पनि साहित्य सिर्जनामा अगाडि बढिरहन सकेको बताए। ‘उमेरले ८० काटेपछि आलस्यले सताउने रहेछ र रचनाकारितामा चाख घट्दै जाने रहेछ, तर सहृदयी पाठकहरुको प्रेरणाले भने झन्झन् प्रोत्साहित, कार्यशील र स्नेहार्द बनाउँदै रचनाकारितातर्फ आकृष्ट गर्दै साहित्यिक रचनामा निरन्तर प्राञ्जताल र प्रज्जवलता दिएर लेखकलाई
More

पत्रकार खासोग्जीको पहिला हातका औंला काटिएका थिए (यसरी मारिए )

एजेन्सी। अक्टोबर २ तारिख, स्थानीय समयअनुसार दिउँसो सवा १ बजे हटिजिया सेन्गिज आफ्ना हुनेवाला श्रीमानको हात समातेर टर्की, इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावास पुगिन्। टर्किस नागरिक सेन्गिजलाई बाहिरै राखेर ५९ वर्षीय पत्रकार जमाल खासोग्जी भित्र छिरे। पूर्वपत्नीसँग सम्बन्धविच्छेदको कागज लिन खासोग्जी अघिल्लो पटक सेप्टेम्बर २८ मा महावाणिज्य दूतावास पुगेका थिए। कर्मचारीले उनलाई अक्टोबर २ मा आउन भने। एक वर्षदेखि स्वनिर्वासनमा रहेका खासोग्जीले कर्मचारीका कुरा पत्याए। उनलाई साढे १ बजेको समय दिइएको थियो। तर उनी १५ मिनेट अघि नै गेटभित्र छिरे। सायद उनी हतारमा थिए- सम्बन्धविच्छेदको कागज लिएर भोलिपल्टै सेन्गिजसँग बिहे गर्दै थिए। ३६ वर्षीया सेन्गिजले धैर्यपूर्वक हुनेवाला श्रीमानलाई साउदी महावाणिज्य दूतावासमा
More

सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण

विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिका वीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरु योजना आज मिति २०७५ कार्तिक ७ तद् अनुसार २४ अक्टोवर २०१८ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले एक समारोह वीच कमलामाई नगरपालिकाका मेयर श्री खड्ग बहादुरा खत्रीलाई हस्तान्तरण गर्नु भयो । गुरु योजना सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो । गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ
More

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन सम्पन्न ;;अध्यक्ष्यमा सरु

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम २०७५ साल असोज २७ गते सम्पन्न भएको छ । अधिवेशनले सरु पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल र टुकनाथ सुवेदी, सचिवमा प्रेम मगर, सहसचिवमा दिनेश विकल्प र कोषाध्यक्षमा लक्ष्मी पुन रहनुभएको छ । समितिको सदस्यमा डोलिन खत्री, तनमती रोका, बम कार्की, अभिनाश आचार्य, विनोद पौडेल, विष्णु वैरागी, सरिता गौतम, कमला आचार्य, खिम पून ,लक्ष्मी परियार रहनुभएको छ । एक सदस्य पछि मनोनित हुने गरी पद रिक्त राखिएको छ। अधिवेशनको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशन र नेपाल पत्रकार महासंघ बागलुङका
More

झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

लहान। दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन्। पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए। दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ छाडेका हुन्। दुबै पक्ष गरी ४० जनाविरुद्व प्रहरीमा मुद्दा दर्ता भएको थियो। एक पक्षले वडाध्यक्ष बिन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देवनारायण यादवसहित २२ लाई विपक्षी बनाएर अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको
More

२९ वडा सचिवबिहीन

हुम्ला । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन्। सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिएका वडासचिव धर्मराज रोकायाले बताए। मन्त्रालयबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निकै कठिन भइरहेको उनको गुनासो थियो । यसरी सचिव नभएका वडामा कतिपयमा करारका कर्मचारीले र कतिमा त वडाध्यक्षबाटै कार्य सम्पादन भइरहेको सचिव रोकायाले बताए। ठूलो नाम्खा गाउँपालिकाको ८ वटा वडामा तीन
More

आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई
More

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

ओखलढुङ्गा : स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो । शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ । घटनापछि पीडितले उजुरी गरेसँगै
More