Daily Archives 25th October 2018

पौंठेजोरी खेलेर भूपू गोर्खाको वार्ता सफल हुँदैन राजदूत डा. सुवेदी (भिडियो)

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले भूपूगोर्खाहरुले पुनः आन्दोलनको घोषणा गरे बेलायत सरकारसंग भैरहेको वार्ता बिथोलिने चेतावनी दिएका छन् । डा. सुवेदीले बुधवार गोर्खा सत्याग्रह समितिको पाँचौ स्थापना दिवसको अवसरमा अल्डरशटमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै दुई देशबीच सम्वादको बाटो लामो र घुमाउरो हुने बताउँदै वार्ताको माध्यमबाट ठोस र सार्थक निस्कर्षमा पुग्ने विश्वास आफ्नो रहेको बताए । उनले संघर्ष, अनसन र हडतालका मिति र तिथिको कुरा गर्दा वार्ता र सम्वादको ढोका बन्द हुने जनाए । उनले वार्ताको माध्यमबाट सकरात्मक निस्कर्ष निस्कने दावी गर्दै भने, “केही गिभ एण्ड टेक हुन्छ, केही मागहरु थपिन्छन, केही छोडिन्छन् तर हामी
More

देश विकासका लागि सामाजिक भावना आवश्यक : सभापति देउवा

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताउनुभएको छ । क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै उहाँले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ ।” सभापति देउवाले विकासका
More

विदेशमा बसेर गाउँ चम्काउँदै एनआरएन बेल्जियमका अध्यक्ष दाहाल

काठमाडौँ । विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको कमी छैन । स्नातकोत्तर गरेका थुप्रै युवा सामान्य कामका लागि पनि विदेशिएका छन् । नेपाल विपे्रषणले नै धानेको देश भनेर चर्चा पनि हुन्छ तर विदेशमा बसेर आफ्नो देशको विकासमा अहोरात्र खटिनेको पनि समाजमा कमी छैन । विदेशमा बसेर नेपालको गाउँठाउँको विकासमा लाग्ने गैरआवासीय नेपाली प्रशस्तै छन् । यस्तै एउटा उदाहरणीय व्यक्ति हुनुहुन्छ धादिङ बुढाथुमका लोकप्रसाद दाहाल । गैरआवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष दाहाल आफ्नो गाउँ धादिङको
More

भूपू गोर्खाका सन्तानको डिएनए परिक्षण गरिएकोमा वेलायती गृहमन्त्रिद्धारा क्षमायाचना

लण्डन । भूपू गोर्खाका सन्तानलाई वेलायतमा स्थाई बसोवास गर्ने अधिकार सहितको भिषा दिने प्रकृयामा डिएनए परिक्षण गरिएकोमा वेलायती गृहमन्त्रि सजिड जावेडले क्षमायाचना गरेका छन् । उनले विहीवार वेलायती संसद हाउस अफ कमनलाई सम्वोधन गर्दै अफगानी नागरिक सहित १ सय ३० जनालाई गलत तरिकाले त्यस्तो डिएनए परिक्षण गरिएको वताए । उनले त्यस्तो सरकारी नीति गलत भएको भन्दै सो नीतिमा माथि पुर्नरविचार गर्ने निर्देशन दिइएको जनाए । उनले भने ‘अस्पष्ट र गलत निर्देशिकाले गर्दा ५० भन्दा बढी भूपू गोर्खाको परिवारको डिएनए परिक्षण भएकोमा क्षमायाचना गर्दछु’ । उनले भने ‘हाम्रो अध्यायगमन नीतिले कसैलाई पनि वाध्यत्मक रुपमा डिएनए परिक्षण गराएर सजाय दिनु उचित होइन्
More

दुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

अछाम – अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् । जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो । उक्त घटनामा घाइतेमध्ये मङ्गलसेन नगरपालिका–४ की १६ वर्षीया झुमा आउजीको टाउकोमा गम्भीर चोट लागेको छ भने मङ्गलसेन–८ का २० वर्षीय खगेन्द्र बिकको पनि टाउको र हातखुट्टामा चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते मङ्गलसेन–५ का २९ वर्षीय राजेश भाट
More

‘मिसेस नेपाल यूके २०१८’ को उपाधि बिनु लामिछानेलाई

‘मिसेस नेपाल यूके २०१८ ’ प्रतियोगिताको उपाधि बिनु लामिछानेले पहिरिएकी छन् । यसपटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आवद्ध १३ सहभागीहरु प्रतिस्पर्धा थिए बुधबार साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा प्रथम रनर अप बन्दना केशी भइन् सबु सेन्चुरी र सबिना श्रेष्ठ सेकेन्ड रनरअप भएका हुन् । बेलायतमा दोश्रो पटक आयोजना गरिएको प्रतियोगितामा बिनु लामिछानेले नै पब्लिक च्वाइसको उपाधि जितिन् । विवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।
More

आत्मनिर्भर बन्दै दृष्टिविहीन

मोरङ — पथरीशनिश्चरे ७ उत्तमचोकका दृष्टिविहीन ४४ वर्षीय सुकबहादुर लिम्बूलाई अहिले मुढा बनाउन भ्याइनभ्याइ छ  । चाडपर्वको बेला बजारमा मुढाको माग बढेकाले उनी दिनरात मुढा बनाउन तल्लीन छन्  । मोरङको पथरीशनिश्चरे ७ उत्तमचोकका दृष्टिविहीन सुकबहादुर लिम्बू मुढा बनाउँदै । तस्बिर : देवनारायण/कान्तिपुर ९ वर्षको उमेरमा आँखा पाक्ने रोगको उपचार नहुँदा दुइटै आँखाको ज्योति गुमाएका उनले ३० वर्षसम्म अरूको सहारामा बाँच्न बाध्य थिए । विराटनगर आँखा अस्पतालले समुदायमा आधारित पुन:स्थापना कार्यक्रमअन्तर्गत गमनशीलता तालिम प्रदान गरेपछि आफैं हिंडडुल गर्नुका साथै काम गरेर खान सक्ने भएको लिम्बूले बताए । ‘अस्पतालले पुन:स्थापना कार्यक्रमअन्तर्गत ३ वर्षअघि मुढा बनाउने तालिम दिएपछि काम सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले दैनिक
More

पूर्वाधार विकासका आयोजना छनोट गर्ने जिम्मा सांसदलाई

काठमाडौँ । स्थानीय पूर्वाधार विकासका लागि आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ। पहिले ‘सांसद विकास कोष’ नाम सञ्चालित उक्त कार्यक्रम अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ले नाममा सरकार सञ्चालन गर्न थालिएको उक्त कार्यक्रमको आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ। आयोजना छनोट गर्नका लागि निर्वाचित सांसदको संयोजकत्वमा अन्य सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुख रहेको योजना छनोट समिति गठन गरिए पनि ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५’ मा प्रत्यक्ष निर्वाचित सांसदलाई आयोजना छनोट गर्ने अन्तिम अधिकार दिइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम
More

वृद्धामाथि कुटपिट

गाईघाट । उदयपुरगढी गाउँपालिका–५ मौवाबोटमा एक वृद्धालाई जग्गा विवादका विषयमा स्थानीय छिमेकीले बुधबार मरणासन्न हुने गरी कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ७५ वर्षीया उनको जग्गामा अन्य छिमेकीले सीमा मिच्ने र गाईवस्तु फुकाएर लगाइदिने गरेपछि विवाद हुँदा देवहादुर राई, भक्ति राई र गर्भ राईले कुटपिट तथा गालीगलोज गरेर दिसापिसाबसमेत शरीरमा लगाइदिएको प्रहरीले जनाएको छ। पीडित वृद्धाको शरीरभरि घाउ र नीलडाम रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले बताए। वृद्धाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस
More