Daily Archives 27th October 2018

लन्डनमा नेपाल तरुण दलको ६५ औं स्थापना दिवस

एभरेस्ट गौतम । लन्डन । नेपाल तरुण दलको ६५औं स्थापना दिवस लन्डनको ह्यारोमा शनिवार सम्पन्न भएको छ । नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जङ्ग शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अधिकांस बक्ताहरुले नेपाली कांग्रेस पार्टीको भित्र एकतामा जोड दिए । बोल्ने बक्ताहरुले पार्टीमा नेता तथा कार्यकर्ताहरु अनुशासनमा रहनु पर्ने, बिदेशमा भातृ संगठनको औचित्य, तरुण दलको भुमिका विषयमा आआफ्नो भनाइ राखे । नेपाल तरुण दल बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा बिश्व आदर्श पन्डित, शान्ता लामिछाने, बिजन भट्ट, डा. मीन रानाभाट, जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष कोपिला सुब्बा, महामन्त्री केशव भण्डारी, सह-कोसाध्यक्ष कुस बस्नेत, पर्वत नेपाली समाज युके अध्यक्ष दधि आचार्य, तरुण
More

मकाउमा शर्मिला राईको संयोजकत्वमा सात सदस्यीय एनआरएन महिला फोरम गठन

मकाउ । गैरआवासीय नेपाली संघ मकाउमा महिला फोरम गठन भएको छ । कार्यक्रममा आइसिसी सदस्य मुकेश कुमार बरुवाल, एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) र एनआरएन मकाउ अध्यक्ष शान्तिदेवी अधिकारी, महिला फोरम संयोजक अनु राई, एनसिसी पदाधिकारी, सल्लाहकारलगायतको सहभागितामा शर्मिला राईको संयोजकत्वमा सात सदस्यीय महीला फ़ोरम गठन गरिएको हो । यस्तो छ मकाउनको महिला फोरमको नामावली १. महीला संयोजक, शर्मिला राई २. कुमारी लिम्ब ३. मन कुमारी गुरुङ ४. शुशीला राई ५. संगिता रिज़ाल ६. याडजी शेर्पा ७. शितल सिलवाल एनआरएन मकाउ अध्यक्ष अधिकारी मकाउमा रहेका नेपाली महिलाहरुलाई एकिकृत गरि महिलाहरुलाई भैपरी आउने समस्याहरुको समाधान गर्ने र आफ्नो देशको
More

अपशब्द बोल्दै पत्रकारमाथी ठेकेदारको मुक्का प्रहार (भिडियो)

फेवा टेलिभिजनका क्यामेरा मेन विवेक दाहाल मार्थि हातपात भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानिपौवामा मर्मत हुदै गरेकोसडकको विषयमा जिज्ञासा राख्दा ठेकेदार टिका भुजेलले दाहाल माथि शुक्रवार हातपात गरेका हुन् । क्यामेरा मेन दाहालले बाटोमा विछ्याईएको गिटी र कालोपत्रे गर्न लागेको सडकको विषयमा जिज्ञासा राखेका थिए । खास के भएको थियो विबेक दाहाल भन्छन् । आफ्नो घर र समुदाय अगाडी बन्दै गरेको सडकको विषयमा सुचना माग्न र जानकारी लिन पाउने सर्वसाधारणको अधिकार नै हो नि होइन र ? तर यहाँ पत्रकारले जिज्ञासा राख्दा हातपात गर्ने ठेकेदारलाई के भन्ने ? किन यति चाँढै आवेशमा आए ठेकेदार ? किन यसरी
More

गायक आनन्द कार्कीको आवाज रहेको गीतकार घन बहादुर थापाको गीति एल्बम “नबिर्स” बिमोचन

काठमाडौँ: युके निबासी गीतकार घन बहादुर थापाको गीति एल्बम “नबिर्स” एक भब्य समारोह बीच काठमाडौँमा बिमोचन गरिएको छ । लामो समय देखि युके बस्दै आएका गीतकार थापाको यो चौथो एल्बम हो । युकेमा बस्दै आए पनि नेपालि माटोलाई, नेपाली साहित्य, गित संगीतलाई माया गर्दै आएका गीतकार घन बहादुर थापा साहित्य विधामा समेत उत्तिकै कलम चलाउदै आएका छन । बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाज रहेको यस गीति एल्बममा गायक कार्कीलाई गायिका अन्जु पन्त, सबिना कार्की तथा निखिता थापाले साथ् दिएका छन् । सात वटा गित रहेको गीति एल्बम नबिर्समा संगीतकारहरु शक्ति बल्लभ, शिखर सन्तोष, दिपक शर्मा, अर्जुन पोखरेल, राजन राज
More

अशोक शर्माको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि जय भोले टिम नै रहने (भिडियो सहित)

इटहरी/ यसपालिको दशैको फूलपातीको दिनबाट प्रदर्शनरत चलचित्र ‘जय भोले’ टिमका केहि कलाकारका साथमा निर्देशक तथा निर्माता अशोक शर्मा यतिबेला पुर्बका हल अबलोकन तथा पत्रकार भेटघाट कायक्रममा ब्यस्त छन् । शनिबार बिराटनगर तथा इटहरीका मल्टिप्लेक्स हलहरु अबलोकन संगै पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अशोक शर्माले घोषणा गरेको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि यहि जय भोले टीम नै रहने संकेत गरेका छन् । हेर्नुस विस्तृतमा यो भिडियो । लामो समयको अन्तराल पछि आफुले ल्याएको चलचित्र राम्रो भएको र दर्शकहरुले रुचाए संगै राम्रो ब्यापार गर्न सफल भएको दाबि गरेका छन् । चलचित्र ‘जय भोले’का कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ्ग, लक्ष्मी
More

कोरियामा नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ । हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिनुभयो । मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए ।
More

नेपाल–मलेसिया श्रम सम्झौता : सोमबार हस्ताक्षर हुने

काठमाडौं । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा हस्ताक्षर गर्नुहुनेछ । नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली पक्ष
More

छोरालाई विष खुवाई हत्या

दुल्लु । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । बालक आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा
More

प्रधानमन्त्री ओली चियापानमा अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सक्नुभएन । विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण उहाँ नआउनुभएको उहाँको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो । नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसके पनि भावनात्मकरुपमा उहाँ उपस्थित हुनुभएको प्रतिक्रिया दिनुभयो ।
More

हिन्दूराष्ट्र घोषणा गर्न पण्डित सम्मेलनको माग

काठमाडौं । पाँचौँ पण्डित सम्मेलनले ९३ प्रतिशतभन्दा बढी ॐ कार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ । सम्मेलनले आज ११ बुँदे घोषणापत्र जारी गर्दै आन्दोलनको माग नभए पनि छलफल नभई नेपाललाई धर्म निरपेक्ष बनाइएकाले पुनःस्थापना गर्न ध्यानाकर्षण गराएको हो । सम्मेलनले दशैँमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा काग तिहारदेखि भाइटीकासम्म, रामनवमी, जनैपूर्णिमा र तीजमा दर खानेदिनदेखि ऋषिपञ्चमीसम्म बिदा दिन माग गरेको छ । सडकमा छोडीएका गाईको अपमान र हत्या रोक्न, नाटक, चलचित्र, टेलिचलचित्र एवं सञ्चारमाध्यममा धार्मिक कृत्य तथा पण्डितप्रति अनादर फैल्याउने गरी निर्माण हुने सामग्रीको प्रसारण रोक्न पनि जोडदार माग गरेको छ । सम्मेलनले माध्यमिक तहसम्मको शिक्षामा
More