Daily Archives 29th October 2018

एनआरएन अभियानको यात्रा नयाँ चरणमाः उपाध्यक्ष कुमार पन्त

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संघको १५ वर्षे अभियान नयाँ चरणमा प्रवेश गरेको वताएका छन । पन्तले गैरआवासीय नेपाली संघ हल्याण्डको वार्षिक साधारणसभालाई सोमवार सम्वोधन गर्दै समृद्ध नेपालको लागि संघले सिप, ज्ञान र आर्थिक लगानीलाई संगसंगै लिएर नेपाल जानु पर्नेमा जोड दिए । गैरआवासीय नेपालीहरुले विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि भित्रायाएर नेपालको समृद्धिमा सहयोग पुर्‍याउने तिर लाग्नु पर्ने उनको भनाई थियो। । उनले हालै नेपालमा सम्पन्न पहिलो विज्ञ सम्मेलनमा विज्ञहरुको उत्साहजनक सहभागिताले त्यसको पुष्टी गरेको तर्क गरे । पन्तले अव संघभित्र गफ गरेर वस्नेहरुको लागि कुनै स्थान नरहेको भन्दै काम गरेर नतिजा दिन सक्नु पर्नेमा जोड
More

प्रमको स्वास्थ्य स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे आज साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । उहाँलाई छातीमा सङ्क्रमण
More

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

वासिङ्टन डिसी । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहनुभएको छ । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ । सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारीले हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको छ । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार
More

श्रमदान गर्न आएका पाहुना

कञ्चनपुरको कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालय भवन निर्माणमा श्रमदान गर्न आइपुगेका जर्मनीको बर्लिनका विदेशी पाहुना । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
More

म्याग्दी घुम्न निम्तो अभियान

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘म्याग्दी भ्रमण वर्ष २०७५’ सञ्चालन गरिएको छ । जिल्लाका पर्यटकीय स्थल घुम्नका लागि आन्तरिक पर्यटकलाई आमन्त्रण गर्न भ्रमण वर्ष अभियान सञ्चालन गरिएको हो । अभियानको अगुवाइ गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी भ्रमणको निम्ता गर्न आज काठमाडौँ र काभ्रेका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तरक्र्रिया गरिएको छ । सङ्घका पदाधिकारी, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको टोलीले यसअघि पाल्पा, बुटवल, भरतपुर र हेटाँैडामा प्रचार र अन्तरक्र्रिया गरेको थियो । सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले हिमाल, प्राकृतिक तातोपानीका कुण्ड, पुन हिल, घोडेपानी, मोहोरेडाँडा, खोप्रा, मालीका, टोड्के, गलेश्वर, रुइसे, जलजला, अन्धगल्छी, झरना, निस्कोट बराहलगायत
More

जुवा खालबाट ४ लाख लिने असई विचित्र निलम्बित

काठमाडौं । जुवा खालको पैसा खाएको आरोपमा पक्राउ परेका म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई निलम्बन गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको सिफारिसमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीले उनलाई निलम्बन गरेको काठमाडौं परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । असई थापा मगरले चार लाख रुपैयाँ खाएको पुष्टि भएपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ। निलम्बन गरेर अनुसन्धान सुरु गरिएको र पछि अनुसन्धान टोलीको सुझाव अनुसार कस्तो कारबाही गर्ने भन्ने टुंगो लाग्ने उनले बताए। असई थापा मगरको टोलीले गत सोमबार राति म्हैपीको एक घरमा जुवा खालमा छापा मारेको थियो। सो क्रममा उनले खालबाट १५ लाख रुपैयाँ
More

एकैसाथ १ सय ८० भन्दा बढी सेनामाथि मुद्दा

काठमाडौं । सैनिक भर्ना प्रक्रियामा अनियमितता गरेको अभियोगमा सैनिक अदालतमा एकसाथ १ सय ८० भन्दा बढी सेनामाथि मुद्दा चलाइएको छ । एक वर्षअघि सेनामा भर्ना हुन आउने व्यक्तिलाई विभिन्न प्रलोभनमा पारी आर्थिक अनियमितता गरेको प्रमाण भेटिएपछि उनीहरुमाथि मुद्दा चलाइएको हो । “सैनिक भर्ना प्रक्रियामा अनियमितता गरेको भेटिएपछि १ सय ८० भन्दा बढी जवानमाथि अहिले सैनिक अदालतमा मुद्दा चलाइएको छ,” नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, “मुद्दा चलाइएकोमा सैनिक जवान, पदिकदेखि मेजर (सेनानी)सम्म छन् ।” ०७४ असोजमा सैनिक मुख्यालय जंगी अड्डाले सेनाको तल्लो तहको माग गर्दै विज्ञापन निकालेको थियो । विज्ञापनमा सवारी चालकको माग बढी गरिएको थियो । सोही पदमा फारम
More

नेविसंघलाई समन्वय गर्ने खुबी मसँग छ

नीमा गिरी, नेविसंघ उपाध्यक्ष त्रिविवि कीर्तिपुर नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन अन्योलमा छ । यही मध्य कात्तिकमा नेविसंघको अधिवेशन हुनुपर्ने थियो, तर त्यसको तयारी भएको छैन । यद्यपि अध्यक्ष पदका लागि नीमा गिरीले तयारी युद्धस्तरमा अघि बढाएकी छन् । दुईपटकसम्म कांगे्रस महासमिति सदस्यसमेत रहेकी गिरी नेविसंघ हाँक्न आफू सक्षम रहेको दाबी गर्छिन् । संगठनको अवस्था र आसन्न अधिवेशनबारे गिरीसँग कुमार राउतले गरेको कुराकानी : ० नेविसंघको अधिवेशन हुने वातावरण बन्दैछ ? – छैन, केन्द्रीय समितिले कात्तिकको १६–१८ महाधिवेशनको मिति तय गरेको थियो । निर्धारित मिति आउन एक साता बाँकी रहँदा कुनै जिल्लाको अधिवेशन भएको छैन । विधान पनि फाइनल भएको
More

गीतकार करिश्मा घामको नेपालकी छोरी सार्वजनिक

काठमाडौं – युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । ‘मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो मोडल पेसला कटुवालको अभिनय देख्न सकिन्छ । राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी मुजिक प्रा.लिले बजारमा ल्याएको हो ।
More

वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन

लण्डन । वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके को आयोजनामा १०९औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाइयो । समारोहमा निर्मल कुमार थापा द्वारा लिखित एकालाप कथा संग्रह पुस्तक लोकार्पण प्रमुख अतिथि नेपाली राजदूताबासका तृतीय सचिब भुपेन्द्र घिमिरे,अध्यक्ष कोमल मल्ल डा.राघब प्रसाद धिताल “ओबिई ” निर्मल कुमार थापा,नेपाली साहित्य विकास परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली द्वारा सामुहिकरूपमा गरिएको थियो स्थानिय वेष्ट लण्डन स्थित ए बी आई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाली राजदूताबासका तृतीय सचिब भुपेन्द्र घिमिरेले साहित्यिक सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान
More

एकै गाउँका ७ जनाको रहस्यमय मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको एउटा गाउँमा तीनसाताको अन्तरमा सात जनाको मृत्यु भएको छ । चाडपर्वको समयमा कानेपोखरी – ६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको हो । निरन्तर मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी काल पल्किएको भन्दै त्रसित बनेका छन् । छिमेकमा भएको घटनाले किरियापुत्री कुर्नलाई पनि आलोपालो बस्नुपर्ने अवस्था आएको स्थानीयले बताए । प्रणामी डाडामा असोज तेस्रो सातादेखि मृत्युको श्रृङ्खला सुरु भएको थियो । स्थानीय शिक्षक भोला भट्टराईका अनुसार ७ बर्षकी बालिकादेखि ७१ वृद्धासम्मको मृत्यु भएको छ । असोज १८ गते कानेपोखरी ४ कि १८ बर्षका मीनु धिमालको मृत्यु भएको थियो
More

बर्न्टओक नेपाली समाजले मनायो दशैं, तिहार शुभकामना कार्यक्रम

लण्डन। लण्डनस्थित बर्न्टओक नेपाली समाजले दशैं, तिहारको अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा लण्डन बरो अफ बार्नेटका पूर्व मेयर तथा काउन्सिलर ह्यु रेनरले बार्नेटमा नेपाली समुदायले विविधता थपेको भन्दै सामाजिक काममा भूतपूर्व गोर्खा लगायत नेपालीहरुको सकृयताको प्रशंसा गरे। उनले आफु रोयल एअर फोर्सको भूतपूर्व सैनिक रहेको बताउँदै कोलिन्डलस्थित रोयल एअर फोर्स म्युजियममा रोयल एअर फोर्स स्थापनाको एकसय वर्ष पुरा भएको अवसरमा चलिरहेको प्रदर्शनी हेर्न आउन पनि सबैलाई आग्रह गरे। अर्का वक्ता डिपुटी लेफ्टिनेन्ट मार्टिन रसेलले बर्न्टओक नेपाली समाज एउटा ठूलो र बलियो परिवारको रुपमा रहेको भन्दै खुसी व्यक्त गरेका थिए। उनका छोरा
More

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गर्नुभयो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख
More

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

जकार्ता । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको छ । भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । उडान नं. जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । यो बिमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो । इन्डोनेसियाको खोज तथा
More

नेपाल र मलेसियाबीच श्रम समझदारी

काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ । लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संसाधनमन्त्री आइतबार राति नेपाल आउनुभएको थियो ।
More

राष्ट्रपति भण्डारी कतार प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुँदै । तस्वीर: प्रदीपराज वन्त
More

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको बताए । बिहान ४:३० बजे प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन् । शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या आएकाले बिहानै अस्पताल पुर्‍याइएको थियो । उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु बिहानै अस्पताल पुगेका थिए । नेकपा महासचिव
More

हप्तामा दुई जना अर्बपति उत्पादन गर्दै चीन

स्वीट्जरल्याण्ड । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ । यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको उक्त बैङ्कको ठहर छ । विश्वभरका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ती सन् २०१७ मा १९ प्रतिशतले बढी ८.९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ । तर रिपोर्टमा यो पनि उल्लेख
More

प्रधानमन्त्री ओली अस्पताल भर्ना, आइसियूमा उपचार हुँदै

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएको प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि गएराति उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा भर्ना गरिएको हो । बिहान साढे दुई बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि अस्पताल लगिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमि आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको उपचारमा सग्लन चिकित्सकले जानकारी दिएका छन् । यसैबिच, ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुगेका छन् । केही दिनदेखि प्रधानमन्त्रीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनी शनिवार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी
More

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

चन्द्रौटा, कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा
More