Daily Archives 30th October 2018

अस्पतालबाट प्रमको सन्देश : आपसी सद्भाव खलबल्याउने कार्य मान्य हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताउनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गर्नुभएको छ । उहाँले दङ्गा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति सुव्यवस्था भङ्ग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराउनुभएको छ । चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको
More

कतारले नेपालमा सीपविकास कार्यालय खोल्ने

कतार । नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगायत एकीकृत सेवा प्रदान गरिने छ । कतारको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच सो विषयमा छलफल भएको छ । कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक
More

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याई धनीपुर्जामा कायम गरीदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको प्राप्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले उहाँलाई पक्राउ गरेको हो । आरोपी चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण, उपवितरण केन्द्र बूढानीलकण्ठ काठमाडौँमा कार्यरत इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा रु २० हजार घुस मागेको आरोप आयोगको छ ।
More

सहमतिपत्र आदानप्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन मंगलबार नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानी सहमतिपत्र आदानप्रदान गर्दै । तस्वीरः दीपेन्द्र अधिकारी
More

अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा

काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घसँग आबद्ध कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि तीन दिनदेखि धर्ना दिँदै आएका छन् । विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै धर्ना दिएका हुन् । नयाँ संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिँदै आएका छन् । करार कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यदलले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट भएको निर्णय खारेज गर्न माग गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा अस्थायी, करार, ज्यालादारी
More

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु

भैरहवा । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेको पिच सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा आज रनवेको पिच सुरु भएको हो । अबको ६ महिनाभित्र पिच सम्पन्न हुने मन्त्री अधिकारीको भनाइ छ । साथै गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सन् २०१९ अगस्ट सम्म सम्पन्न भई सञ्चालनमा आउने उनले बताए । अहिलेसम्म पाँच वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम सम्पन्न भइसकेको छ । ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायतको काम पनि अन्तिम चरणमा छ । कन्सल्ट्यान्टको जिम्मा पाएको युसिन कोरियन कन्सल्ट्यान्ट र आयोजना क्यानले संयुक्त
More

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

कतार । नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ। सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नु भएको छ । त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल
More

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

कतार । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ । यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको छ । मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ । – दीपेन्द्र अधिकारी
More

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, ७ घाइते

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–४ मा मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सोमबार विहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ । बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश ‘क’ का सांसद बिरेन्द्र सिंहले जानकारी दिएका छन् । घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद
More

सम्बन्धविच्छेदमा महिला नै बढी

विदुर । देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् । नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएका कारण केही जिल्लामा सम्बन्धबिच्छेद गर्नेमा पुरुषकै सङ्ख्या बढे पनि यहाँ भने महिला नै बढी रहेको नुवाकोट जिल्ला अदालत जनाएकोे छ । गत भदौ १ गतेदेखि उक्त अदालतमा अहिलेसम्म दर्ता भएका ३५ सम्बन्धबिच्छेदका मुद्दामध्ये १३ पुरुष र २२ वटा महिलाले दायर गरेको उक्त अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले बताउनुभयो । “अरु जिल्लामा भदौपछि उक्त मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुष नै बढी भएकामा यहाँ भने महिला नै बढी छन्, शायद कसैलाई नयाँ कानूनबारे
More

पूर्व राष्ट्रपतिबाट मन्तव्य

पूर्व राष्ट्रपति डा.रामबरण यादव जनकपुरको सिद्धार्थ शिशु सदनमा मंगलबार आयोजित ‘क्लिन जनकपुर ग्रिन जनकपुर तथा चुरे संरक्षण’ अन्तरक्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्वीर: अजयकुमार साह
More

काङ्ग्रेस महासमिति बैठकका लागि उपसमिति गठन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँकोको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । बैठकले भक्तपुर काङ्ग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ काङ्ग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर काङ्ग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ । त्यस्तै भक्तपुर काङ्ग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ ।
More

काङ्ग्रेस महासमिति बैठकका लागि उपसमिति गठन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ। महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। बैठकले भक्तपुर काङ्ग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ काङ्ग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर काङ्ग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ। त्यस्तै भक्तपुर काङ्ग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ। आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई
More

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उपचारका क्रममा रगत परीक्षणको रिर्पोटअनुसार स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गर्नुभएको कार्यकारी निर्देशक
More

मुग्लिन–नारायणघाट सडकखण्डका पाँच पुल जोखिममा

काठमाडौं : मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा छन्। सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटा जोखिममा रहेको जानकारी दिए। मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ। महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ। टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो। ३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनुपर्ने अवस्था छ। यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ।
More

मदिरा नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता

दुल्लु । दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरूले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता गरिएको हो। नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरी मातहतका सबै वडामा मदिरा नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेको थियो। गाउँगाउँमा भेला र बैठकको माध्यमबाट मदिरा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नगरलाई मदिरा र जुवातास नियन्त्रण क्षेत्र बनाउनेतर्फ अघि बढ्ने नगर प्रमुख शाहीले बताए। तत्काल नगरपालिकाका सबै वडामा मदिरा र जुवातास नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने उनको भनाइ छ। “अभियानलाई
More

युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौँ – युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ” आधिकारिक रुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवम् सोचाईमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, समाजिक तथा व्यवहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा सो सङ्गठनले परिभाषित गरेको छ । मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाई र व्यवहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार
More