Monthly Archives November 2018

एनआरएन युकेको अन्तरक्रिया: एनआरएन नागरिकता सुनिश्चित – उपसभामुख, तुम्बाहाम्फे

लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख शिव माया तुम्बाहाम्फेसंग गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले अन्तरक्रिया गरेको छ । अल्डरसट स्थित एम्पायर हालमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद नवीना लामा, पुर्व संसद तारा राई, राष्ट्रिय जनमुक्ती पार्टीको उपाध्यक्ष कमला थापा लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा प्रमुख अतिथि उपसभामुख शिव माया तुम्बाहाम्फेले गैरआवासीय नेपालीहरु जहाँ बसे पनि एउटै आवाज रहेको बताइन् । उनले नेपालको संबिधान लचकदार भएकोले जनचाहना अनुरुप संबिधानको मूलमर्म नबाझिने गरि संसोधन हुनसक्ने बताइन् । उनले गैर आवासीय नेपालीहरुको नागरिकताको बिषयलाई सम्बन्धित संसदीय समिति सम्म पुराउने बचन दिइन् । उनले गैर आवासीयहरुको अधिकार संबिधानको मर्म अनुरुप नागरिकतामा सुनिश्चित गरिने
More

मिस वर्ल्डमा श्रृंखला ‘टप २०’ मा (भिडियो )

लन्डन । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा टप २० मा छानिएकि छन् । मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा श्रृङखला छानिएकी हुन् । शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। शृङ्खला १३ नम्बरको समुह विजेता हुँदै टप २० मा पर्न सफल भएकी हुन् । मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरको समुहमा मोरिसस, दोस्रो नम्बरमा फ्रान्स, तेस्रो नम्बरमा भेनेजुएला, चौथो नम्बरमा फिलिपिन्स, पाँचौ नम्बरमा नाइजेरिया, छैटौँ नम्बरमा बङ्गलादेश, सातौँ नम्बरमा चिली, आठौँ नम्बरमा लेबनान, नवौँ नम्बरमा मलेसिया र दसौँ नम्बरको समुहबाट
More

नेपालका सबै विमान कम्पनी यूरोप उडानको लागि अझै कालो सूचीमा

लन्डन । यूरोपली यूनियनले नेपालका सबै विमान कम्पनीलाई कालो सूचीमा राखेपछि नेपाली विमानको यूरोप उडान अनिश्ति बनेको छ । यूरोपेली यूनियनले शुक्रबार जारी गरेको कालो सूचीमा नेपाल एअरलाइन्सका साथै नागरि उडड्यन प्राधिकरणले अनुमति दिएका सबै एअरलाइन्स परेका छन् । कालो सूचीमा परेका कारण नेपालले यूरोपेली यूनियनका २८ सदस्य राष्ट्रमा उडान भर्न नपाउने भएको हो । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)कोले नेपाली विमान कम्पनी गम्भीर सुरक्षा चासोमा राखेपछि ईयूले कालो सूचीमा राखेको थियो । गएको साउनमै आईकाओले आफ्नो प्रतिबन्ध हटाए पनि ईयूले भने कालो सूचीमा यथावत राखेपछि नेपालको संकट बढेको हो । यस्तो कालो सूचीमा नेपाली विमान कम्पनी विगतका वर्षदेखि नै
More

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी आइतबार

लण्डन । गुल्मी जिल्ला समाज यूकेले आयोजना गर्ने अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझी लण्डन आइपुगेकी छन् । आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा हुने कार्यक्रमको विशेष अतिथि रायमाझी शुक्रबार सांझ लण्डन उत्रिएकी हुन् । रायमाझीलाई लण्डनको हिथ्रो विमानस्थलमा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष फडिन्द्र भट्टराई, महासचिव शिव भण्डारी, सहकोषाध्यक्ष राम सापकोटा , प्रवक्ता मञ्जु भण्डारी, सदस्य माया केसी , ज्ञान छन्त्याल लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसका अवसरमा हरेक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ । यस वर्षको कार्यक्रममा
More

पोखरा स्काई स्पोर्टस’को ओपनिङमा ग्राण्ड कन्सर्ट हुँदै

‘पोखरा स्काई स्पोर्टस’को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ । पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन् । तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुती हुनेछन् । खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने सम्भवत नेपालकै पहिलो महत्वाकांक्षी परियोजना ‘अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काई स्पोर्टस्’ संचालनमा आउन लागेको हो । बिगत ३ वर्ष अघीदेखी निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा
More

ड्रोन क्यामरा

महेन्द्र नमूना उमावि खलंगामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मनिश जोशीले स्थानीय सामग्रीको प्रयोग गरेर ड्रोन क्यामरा बनाएका छन् । गत वर्ष राष्ट्रिय प्रतिभा पहिचान प्रतियोगितामा बम डिस्पोजल सामग्री बनाएर देशभरमा तृतीय स्थान हासिल गर्नुभएका जोशीले यसपटक विद्यालयमा भएको प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएका छन् । उहाँले सानै उमेरमा विज्ञानमा नयाँ नयाँ खोजी गरिरहेको विद्यालयले जनाएको छ । तस्वीर : नरेन्द्रसिह कार्की दार्चुला
More

सामाजिक सुरक्षा योजना आगामी आर्थिक वर्षबाट मात्रै

काठमाडौं । सरकारले यही मंसिर ११ गते तामझामका साथ सामाजिक सुरक्षा योजना शुभारम्भ गर्‍यो । त्यही दिनदेखि उक्त कार्यक्रम लागू भएको प्रचार पनि गरियो । तर, सो योजना अबको तीन महिनापछिमात्रै लागू हुनेछ भने २०७६ साउनपछि नियुक्त हुने कर्मचारी तथा मजदुर योगदानमा आधारित पेन्सनका लागि योग्य हुनेछन् । सामाजिक सुरक्षा योजनामा सहभागी हुन तीन महिनाभित्र निजी प्रतिष्ठान एवं मजदुर दर्ता भइसक्नुपर्नेछ । यो अवधिमा सामाजिक सुरक्षा कोषले अन्य आवश्यक कार्यहरु पनि सम्पन्न गर्नेगरी काम गरिरहेको कोषले जनाएको छ । सबैभन्दा पहिला कोषमा दर्ता हुनुपर्नेछ भने कोषमा योगदान गर्ने रकम जम्मा गर्न सुरु भएपछिमात्रै यो योजना औपचारिक कार्यान्वयनमा कोषका अध्यक्ष एवं
More

निर्मलाको लागि न्याय माग्दै प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको लागि न्याय माग गर्दै सरकारलाइ दवाब दिन पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।घटना घटेको करिव चार महिना बित्दा समेत अपराधी पत्ता लगाउन नसक्दा चारैतिर आक्रोश बढ्दो छ ।यस्तैमा स्तन्त्र युवाहरुको समूह ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको तस्बिर सहितको पोस्टर टाँसेर प्रदर्शन गर्ने क्रममा पक्राउ परेका हुन् । न्याय माग्दै माइतीघरमा प्रदर्शन गरिरहँदा सामाजिक अभियन्ता प्रितम सुवेदी,भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि, गत सोमबार नयाँ युगको थालनी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर काठमाडौँका अधिकांश सार्वजनिक स्थलमा टाँसिएको थियो
More

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई २० लाख सहयोग

पर्वत । यहाको एक विद्यालयलाई पूर्व विद्यार्थीले २० लाख सहयोग गरेका छन् । महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको महेन्द्रज्योति माविमा २० थान कम्युटर र कम्युटर कक्ष भवन सहित २० लाख बराबरको सहयोग गरेका हुन् । हाल रोजगारीको शिलशिलामा मलेशिया रहेका नारायण अधिकारीको परिवारले विद्यालयलाई कम्प्युटर कोठासहित २० थान कम्प्युटर हस्तान्त्रण गरेका हुन् । विद्यालयमा कम्प्युटर अभावका कारण प्राविधिक शिक्षामा समस्या परेको अवगत भएपछि पूर्वविद्यार्थी नारायण अधिकारी, उनका बाबु लक्ष्मण, आमा लक्ष्मीसहित परिवारले विद्यालयलाई कम्प्युटर कक्ष र ती कम्प्युटरका लागि आर्थिक सहयोग गरेका थिए । आफूले अध्ययन गरेको विद्यालयमा परेको समस्या देखेर सहयोग गरेको र यसले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्नेमा आफु
More

बालकको अपहरणपछि सार्कीले यसरी गरेका थिए हत्या

काठमाडौं । गोङ्गबुका आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखाले आज उनलाई थप कारवाहीका लागि वृत्तमा पठाइएको छ । गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा बालकको हत्या गरेको उनले स्वीकारेको महानगरीय
More

विधान संशोधन मस्यौदामाथि काङ्ग्रेसको छलफल जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल आज पनि जारी छ । काङ्ग्रेसले यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन छलफल जारी राखेको हो । पार्टी केन्द्रीय कार्य समितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुने भएकाले केन्द्रीय समितिमा संशोधित मस्यौदामाथि व्यापक छलफल भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नरहरि आचार्य,
More

नेविसङ्घको ‘मास्क मुभमेन्ट’ अभियान

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ । नेविसङ्घले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर उक्त अभियानको शुरुवात गरेको हो । नेविसङ्घका महामन्त्री कुुन्दनराज काफ्लेले सो अभियानको शुभारम्भ गर्दै धूलोकै कारण उपत्यकामा दैनिक सयौँ मानिस बिरामी हुँदै गएको छ । धूलो हटाउनका लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । “हामीले सरकारसँग केही मागेका छैनौँ, स्वच्छ वातावरणमा बाँच्ने अधिकार राज्यले प्रदान गरोस्,”–उहाँले भन्नुभयो । अभियानका संयोजक एवं नेविसङ्घका केन्द्रीय
More

वंशज बाबुमात्र वा आमा पनि प्रष्ट गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले वंशज भनेको बाबुमात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा जोड दिनुभएको हो । संशोधनकर्ता सांसद बिन्दा पाण्डेले नागरिकतामा वंशज विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो । “वंशजका आधारमा नागरिकता भनिएको छ, वंशज भनेको बाबु मात्रै हो वा आमा पनि हो, यसको परिभाषा स्पष्ट गर्नुप-यो ।” नागरिकतासम्बन्धी नीति संविधानसँग बाँझिएको हुनाले संशोधन गर्न जरुरी भएको र अनाथ बालबालिकाका लागि जसले संरक्षण गरेको हुन्छ उसैले नागरिकता दिने व्यवस्था
More

फ्रान्सकी माएभा कुके र नेपालकी शृखला खतिवडामा के फरक ?

शृखला खतिवडाले मिस वर्ल्ड जितुन् । सबैको चाहना हो यो । एक नेपालीले कुनै टाईटल जित्नु भनेको हामी एकैछिन भएपनि मुस्काउनु हो । यसले लाखौँ नेपालीको ओठमा मुस्कान छर्छ । उनलाई टप ३० भित्र परुन भनेर भोट दिने दिन आज सकिदैछ । भोटको प्रतिशत निकै माथि छ उनको अरुको तुलनामा । हामी गरिब देशको भएकोले हामी चिनिनको लागि मौका पाएका अन्तराष्ट्रिय मन्चहरुको जबरजस्त उपयोग गर्नुपर्छ । किनभने सँसारलाई योगदान दिने कुनै पनि कुरा हामीले आबिष्कार गरेका छैनौँ। नेपाल कसैले सँझन्छ भने कि त हिमाल कि त गरिबीका कारण सँझिन्छ । यदि उनले जितिन् भने कमसेकम सँसारका करोडौँ करोड मानिसले नेपाल
More

‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताउनुभयो । काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उहाँले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको
More

प्रम ओलीबाट पुस्तक उपचार

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार म्यानमाका स्टेट काउन्सिलर आङ सान सु कीलाई पुस्तक उपहार प्रदान गर्दै । तस्वीर: प्रदीपराज वन्त
More

जयतु संस्कृतम् तथा विश्व अध्यात्म केन्द्रद्वारा आयोजित अन्तर्क्रिया सम्पन्न

न्यूयोर्क । जयतु संस्कृतम् नेपाल तथा विश्व अध्यात्म केन्द्र अमेरिकाकाे आयाेजनामा न्यूयाेर्ककाे हिक्सभिल स्थित आशामाई हिन्दु मन्दिरमा संस्तृत भाषा वांमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम बुधवार सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयाेर्कका वाणिज्यदूत कृष्ण सुवेदी ( कृसु क्षेत्री ) ले नेपाललाई संस्कृत अध्ययन-अनुसन्धानकाे केन्द्र बनाउनुपर्ने बताउँदै नयाँ पुस्तालाई संस्कृत भषासाहित्यकाे ज्ञान दिन जयतु संस्कृतम् संस्था नेतृत्वदायी भूमिकाका साथ कम्मर कसेर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयाे ! कार्यक्रममा जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पाेख्रेलले संस्कृत ग्रन्थ प्रकाशन, जयतु संस्कृतम् पुरस्कार वितरण, संस्कृत संभाषण शिविर, प्रभात-फेरी, उत्तरमहाभारत ग्रन्थ रचना आदि संस्थाले गरिआएका गतिविधि तथा भावी याेजना प्रकाश पार्दै विश्व संस्कृत सम्मेलन
More

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार बिहान काठमाडौँ आइपुग्नुभएको हो । सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ ।
More

राष्ट्रपति भण्डारी र सुकी भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः रत्न श्रेष्ठ
More

जोरबिजोर प्रणाली साढे ११ बजेदेखि हटाइयो

काठमाडौँ — गैरसरकारी संस्था युनिभर्सल पिस फेडरेसनले आयोजना गर्ने कार्यक्रमका सहभागीलाई आउजाउ सहज गराउन सरकारले उपत्यकामा ४ दिनका लागु गरेको जोरबिजोर प्रणालीको तिव्र विरोध भएपछि शुक्रबार ११:३० बजेबाट हटाउने निर्णय गरेको छ । एसिया प्यासिफिक समिटका लागि सवारीमा जोरबिजोर प्रणाली लागू गरिएकाले गाडी नपाउँदा बिहीबार काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका यात्रुको लस्कर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत जोरविजोर प्रणााली हटाइएको जानकारी दिएको छ । युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको थियो । मंसिर १३
More