Daily Archives 1st November 2018

पर्यटन मन्त्री अधिकारी लण्डन आउने, उच्चस्तरीय समिति गठन हुने

लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लण्डन आउने भएका छन् । मन्त्री अघिकारी लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागिता जनाउन वेलायत आउन लागेका हुन् । नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने पर्यटन मेलामा विश्वभरका पर्यटन व्यवसायीहरुको सहभागि हुने आर्या भिलेज ट्राभल्सकी निर्देशक सरला सापकोटाले जनाइन् । सापकोटाका अनुसार नेपालका ३१ पर्यटन व्यवसायीले सो मेलामा आआफ्नो स्टल राख्ने तयारी गरेका छन् । यस्तै बीच लण्डनस्थित नेपाली दुतावासले मन्त्री अधिकारी र उपसभामुख शिवमाया तुम्वाहाम्फेको उपस्थितमा नेपाली दुतावासमा १० नोभेम्वरका दिन एक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । सोही अवसरमालण्डनमा नेपाल भ्रमण
More

बिमएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबलाई

मेलबर्न । नेपालले क्रिकेटको क्षेत्रमा अन्तरास्ट्रिय स्तरमा नै सम्मानजनक उल्लेखनिय उपलब्धी हासिल गरिरहेको बेला अस्ट्रेलियाको मेलबर्नमा पनि क्रिकेट खेलप्रति खेलाडिहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले दुई हजार डलरको बिमएमडब्लू कपको शुरुवात गरिएको छ र सेप्टेम्बर ९ बाट शुरु गरी करिब दुई महिना लगाइएको दुई हजार डलर राशीको बिएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबले हात पारेको छ । फाईनल प्रतिस्पर्धामा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै उपाधिमाथि सगरमाथाले कब्जा जमाएको हो । रोयल राईनोजलाई १ सय २८ रनको चुनौती दिएको सगरमाथा क्लबलाई पछ्याउँदै रोयल राईनोजले २० ओभरमा मात्र १ सय २४ रन बनाउन सफल भएको थियो । प्रमुख अतिथिको रुपमा
More

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष काङ्ग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५
More

माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

काठमाडौँ। माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) बिहीबारदेखि बिक्री शुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ। बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो। कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९ गतेसम्म तथा बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ। कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन्। कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले
More

मन्त्री स्थापितलाई हटाउने तयारी

हेटौंडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले दोस्रो वरीयताका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई हटाउने तयारी गरेको बुझिएको छ । ३ नम्बर प्रदेशको मन्त्रिपरिषदको सल्लाहमा स्थापितलाई हटाउन लागिएको हो । मुख्यमन्त्री पौडेलको निर्देशन नमान्ने, मन्त्रालयमा नबस्ने, कामप्रति ध्यान नदिने, मन्त्रिपरिषदमा अभद्र व्यवहार गर्नेलगायतका आरोप मन्त्री स्थापितमाथि लाग्दै आएको छ ।
More

सहकार्य विस्तार गर्दै साझा यातायात

ललितपुर । साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले पनि साझासँग सहकार्य गर्न इच्छा देखाएको छ । अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेका छन् । उहाँले भन्नुभयो, “हामीले नगरपालिकालाई शेयर दिने र त्यहीँबाट बस किनेर सञ्चालन गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाले रु १५ करोड, ललितपुर महानगरपालिकाले
More

राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कँदै

कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कँदै हुनुहुन्छ । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनुभएको हो । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत यहाँका सरकारी उच्च अधिकारीको भेटवार्ता भएको थियो । उहाँले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ उहाँसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कँदैछ ।
More

शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । लामो समयदेखि अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना सङ्कलन गरी पठाएका छौँ उहाँले भन्नुभयो, “नमूना सङ्कलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन ।” अन्य शङ्कास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उहाँले बताउनुभयो । हत्याको घटनाको गहनरुपमा अनुसन्धानको
More

पोखरा प्रिमियर लिग

पोखरामा बिहीबार भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौँ रोयल्स र चितवन राइनोजबीच खेल हुँदै । तस्वीर: रोशन सापकोटा
More

गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न माग

काठमाडौं । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ । गेसोले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी बेलायत सरकारले गोरखा सैनिकमाथि विभेद र असमानता भएको स्वीकार गर्दै एक महीनाभित्र वार्ता समिति निर्माण गरेर समस्या समाधान गर्ने भनिएको छ महीना बितिसकेको हुनाले नेपाल सरकारले वार्ता समिति निर्माण गरी कूटनीतिक पहल शुरु गर्न माग गरेको हो । सेवा निवृत्त भूपू गोरखा सैनिकको निवृत्तिभरण (पेन्सन)लगायतका मागका सम्बन्धमा सन् २०१७ मार्च २० मा बेलायती सेनाबाट सेवा निवृत्त गोरखा सैनिकको समस्या
More