Daily Archives 3rd November 2018

‘खादा र आसन ग्रहण कर्मकाण्ड अन्त गरौ’

जीवा लामिछाने । यता विदेशमा हुने कार्यक्रममा खादा र आसन ग्रहणको कर्मकाण्डबाट हामीले मुक्ति पाउन सकेका छैनौं । राजधानीमा हुने कार्यक्रममा भने अहिले यो अलि कम हुँदै गए झैं लाग्यो । जिल्लातिर भने यसले अझै महामारीको रुप लिंदै जान थालेको हो कि भन्ने भान भयो । दशैँको बेला गैरआवासीय नेपाली साथीहरुको आर्थिक सहयोगमा निर्माण गरिएका केहि परोपकारी योजनाहरुमा सरिक हुने कार्यक्रम तय भएकोले यसपटक म फूलपाती कै दिन चितवन पुगें । एक परोपकारी योजनाको उद्घाटन बिहान ११ बजे सुरु भएर १ घण्टामा समापन हुने पत्र पाएकोले चाड-वाडको बेला त्यस दिन अरु भेटघाट गर्ने योजना बनाएको थिएँ मैले । निर्धारित समयमै
More

चर्चित गायिका कला पंगेनी फेरी लण्डनमा

लण्डन । “पापी घरैमा र चिटिक्कै मलाइ सुहायो” बोलका लोकप्रिय तीज गीतहरुले चर्चित लोक तथा दोहोरी गायिका कला पंगेनी लन्डन आइपुगेकीछन् । गत महिना तीजको कोशेली लिएर वेलायत आएकी पंगेनी तिहार, क्रिस्मस र अग्रेजी नयाँ वर्ष मनाउन फेरी वेलायत आएकी हुन् । बेलायतवासी नेपाली दाजुभाई दिदिबहिनिहरुसंग तीजको रमाइलो गरेर नेपाल फर्किएकी पंगेनीका तीजका गीतमात्र नभएर लोक गीत, रोइला,पन्चे बाजा, रत्यौली लगायतका थुप्रै दोहोरी गीतहरु लोकप्रिय रहेका छन् । स्टेज कार्यक्रमकी सुन्दरी गायिकाको नामले परिचित कला नेपालमा हुने प्रायस् सबैजसो मेला महोत्सवमा व्यस्त रहँदै आएकीछन् । लन्डनवासी मीडियाकर्मी नरेन्द्र बस्नेतको लय शब्दमा रहेका दुई तीज गीतहरु पापी घरैमा बोलको तीज गीत
More

कांग्रेस नेता चन्द्र भण्डारी गरे विद्यावारिधी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विद्यावारिधी सकेका छन् । भण्डारीले नेपालको राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा विद्यावारिधीको सोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा भण्डारीले शनिवारनै आफ्नो सोधको ‘डिफेन्स’ गरेका थिए । ‘डिफेन्स’ सकेसँगै त्रिविका पदाधिकारी तथा विभागका प्रमुखले बधाइ दिएका थिए । राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा भण्डारीको यो सोध सम्भवत विश्वविद्यालयकै पहिलो सोध हो । राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको प्रभावको विषयमा विभिन्न ७ भागमा गरिएको सोधमा विभिन्न कालखण्डको अध्ययन गरिएको छ । २००७ सालको जनआन्दोलन त्यसपछिको कालखण्ड, ३० बर्षीय पञ्चायती कालखण्ड त्यसको अघि र पछिको अवस्था र २०४६ साल देखि
More

काँग्रेस महासमिति बैठक मंसिरभित्रै

काठमाडौं । मंसिर पहिलो साताका लागि तय भएको काँग्रेस महासमिति बैठक सर्ने भएको छ । विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपूग हुने भएपछि मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक नबस्ने भएको हो । महासमिति बैठक मंसिरभित्रै गर्ने गरी सार्न लागिएको पार्टीले हिजो शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री शंसाक कोइरालाले जानकारी दिए । ‘विधान संशोधनको प्रस्तावमा छलफल गर्न १५-२० दिन पर्याप्त हुने भएकाले २५ वा २६ गते महासमिति बोलाउने तयारी भएको बताइएको छ । यो विषयमा तिहार अगाडि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
More

जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : थापा

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष थापाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयोे । देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उहाँको भनाइ छ । शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उहाँको जोड छ । मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति
More

बजार हिस्सा गुमाउँदै उत्कृष्ट कम्पनी

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागेपछि शीर्ष स्थानमा रहेका कम्पनीले समेत बजार पूँजीकरणमा आफ्नो हिस्सा गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको दश उत्कृष्ट कम्पनीमध्ये अधिकाँशले यस साता बजारमा आफ्नो हिस्सा गुमाएका हुन् । नेपाल टेलिकमले यस साता रु एक अर्ब बराबरको बजार पूँजीकरण हिस्सा गुमाएको छ । टेलिकमको यस साता रु एक खर्ब १६ अर्ब २५ करोड बजार पूँजीकरण रहेको छ । साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा नै रहेको छ । गत साता टेलिकमको हिस्सा रु एक खर्ब १७ अर्ब थियो । यस्तै दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु
More

ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

काठमाडौं । वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ । रोजगारदाता कम्पनी र वैदेशिक रोजगार व्यवसायीका बेइमानीका कारण विदेशमा श्रम बेच्न गएका नेपालीले धेरै हण्डर र ठक्कर खाएको सन्दर्भमा कानूनी रुपमा नै वैदेशिक रोजगारीमा जाने प्रणाली प्रवद्र्धन गर्न स्थापना भएको बोर्ड
More

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ । तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरु तयार रहेको निजी क्षेत्रको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले सरकारले वातावरण बनाइदिए आफूहरु आगामी ६ महिनाभित्रै चार्जिङ स्टेशन जडान गरी सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले रासससँग कुरा गर्दै विद्युतीय सवारी साधनप्रति आम नागरिकको चासो बढ्दै गएको सन्दर्भमा सरकारले नीतिगत व्यवस्था र लगानी फिर्ता हुने वातावरण बनाइदिए आफूहरु स्टेशन निर्माणका लागि तयार रहेको बताउनुभयो । “लगानीका लागि हामी तयार छौं, रातको समयमा खेर जाने विद्युत्को
More

काठमाडौंमा सवारीसाधन बढ्दो, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौं । काठमाडौं उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइछ । विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत राजधानीमा परेकाले व्यवस्थापकीय पक्ष कठिन बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त बताउनुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा मुलुकभर ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । तीमध्ये वाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएको
More

झारफुक गर्ने निहुँमा बलात्कार

बर्दिया । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ । उहाँले भन्नुभयो, “रोग निको भइहाल्छ की भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन । तर
More

नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

पशुपतिनगर । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।
More

छ लाखसहित ११ जना जुवाडे पक्राउ

पोखरा । बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने ३० वर्षीय सुनिल प्रसाद, मोतिहारीका ४२ वर्षीय राजुप्रसाद जैसवाल, २८ वर्षीय अमरेन्द्र कुमार, २५ वर्षीय लवकुश कुमार, ३२ वर्षीय रम्भुप्रसाद, ४० वर्षीय धमेन्द्र प्रसाद, २९ वर्षीय पप्पु जैसवाल र भारतकै शिवर जिल्ला घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवनाथ
More

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
More

हिमालको काखमा ताकम

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्र्तगत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर: कमल खत्री
More

पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु: सभापति देउवा

काठमाडौं । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताउनुभयो । उहाँले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गर्नुभयो । काङ्ग्रेसका महामन्त्री डा शशाङ्क
More

प्रधानमन्त्री ओलीलाई एक साता आरामको आवश्यकता

काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी ओलीलाई अझै एक साता आराम गर्न सुझाव दिएका छन् । शुक्रबार साँझ अस्पतालवाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई थप केही दिन आरामको जरुरी रहेको उनको उपचारमा सग्लन चिकित्सकले बताएका हुन् । थप संक्रमणवाट बच्न र औषधिको मात्रा पूरा गर्नका लागि आरामको जरुरी रहेको उपचारमा सग्लन चिकित्सकको भनाई छ । चिकित्सकले ओलीलाई एकसातासम्म बालुवाटार नछाडन र भेटघाट पनि कम गर्न सुझाब दिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली अघिल्लो शुक्रबारदेखि विरामी भएका थिए । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको थियो । उनी पाँच दिनको उपचारपछि शुक्रबार साँझ
More

जनसम्पर्क समिति बेल्जियम (सापकोटा समूह) को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बेल्जियम। वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियम (सापकोटा समूह) ले दशैं तथा तिहार तथा छठ पर्वको उपलक्ष्यमा गत सोमबारका दिन शुभकामना आदान प्रदान तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न गरेको छ । स्थापना काल देखि नै संस्थापक अध्यक्ष धुर्बराज पौडेलको संयोजकत्तवमा हरेक बर्ष मनाउँदै आईरहेको कार्यक्रम यस बर्ष पनि जनसम्पर्क समिति बेल्जियम ले बि.पि ले अँगालेको नीति स्वरूप दशैँ, तिहार तथा छठ पर्व को अवसर परेर शुभकामना आदान-प्रदान तथा मेलमिलाप को रुपमा मनाएको हो । बेल्जियको आन्त्रोपेन शहरमा आयोजित कार्यकमा संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुवराज पौडेलको अध्यक्षता र नेपाली जन सम्पर्क समिती बेल्जियमकी सभापती श्रीमती
More