Daily Archives 4th November 2018

मन्त्रीको भिसा च्यात्ने माथि कारवाही गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार

लण्डन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको भिसा च्यात्ने माथि कारवाहीको लागि प्रक्रिया अगाडी बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतवार परराष्ट्र मन्त्रालयमा मुचुल्का सहित पत्राचार गर्दै दोषी माथि कारवाही गर्न सिफारिस गरेको हो । सोमवार देखि लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको थियो । मन्त्री अधिकारीको राहदानी संकलन गर्न शुक्रवार काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाएका थिए । भिसा रद्द भएको अवस्थामा भेटे
More

लम्साल र बरालको तिहार धमाका आज साँझ

लण्डन । कलाकारद्धय कला लम्साल र बालचन्द्र बरालले तिहारको अवसर परेर बिशेष प्रस्तुति दिने भएका छन् । नारीहरुको महान पर्व हरितालिका तीजको रौनक दिएर चर्चा कमाएकी कला लम्साल र लोक गएक बालचन्द्र बरालले १५ नोभेम्बर बिहिवार लन्डन स्थित हिमालय क्लवमा तिहार धमाका गर्न लागेका हुने । लोक तथा गायिका कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम हो । तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् । कलाका ९ वटा एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज
More

लामिछाने विश्वका १० उत्कृष्ट व्यक्तिमा छनोट

लन्डन । जापानको चुकुबा विश्वविद्यालयमा कार्यरत सहप्राध्यपक डा. कमल लामिछानेले एक अन्तराष्ट्रिय सम्मान प्राप्त गरेका छन् । विश्वका १२५ राष्ट्रमा आफ्नो संजाल रहेको र मानविय क्षेत्रमा कृयाशिल जुनिअर चेम्बर इन्टरनेश्नल (जेसिआइ) ले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिहरूको छनोटमा लामिछाने परेका हुन् । सो सम्मान पाउने डा. लामिछाने पहिलो नेपाली हुन् । “यो सम्मान नेपाल र नेपालीहरूमा समर्पित गर्न चाहान्छु । यो सम्मानबाट मानिसहरूमा थोरै नै भएपनि अपांगताप्रति जनचेतना जगाउन सकियो र सँगसँगै आगामी दिनहरूमा नेपालबाट जेसिआइलगायतका मन्चमा हाम्रो प्रतिनिधित्व धेरै भन्दा धेरै हुन सक्यो भने आफ्नालागि त्यो नै ठूलो सन्तुष्टि हुनेछ लामिछानेले भने । लामीछानेले
More

प्राधिकरणमै तास खेल्छन् कर्मचारी

भक्तपुर । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इञ्जिनीयरद्वय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरिएको र पछि रिहा गरिएको प्रहरीले जनाएको छ । शाखाका प्रमुख प्रज्वलमान श्रेष्ठले ती कर्मचारी नहुँदा सेवा प्रवाहित हुने भनी अनुरोध गरेपछि छाडिएको हो । प्रमुख श्रेष्ठले शनिबारको दिन आफू कार्यालय
More

राप्रपाका तीन समूहबीच एकता प्रयास

काठमाडौं । दक्षिणपन्थी विचारधारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीनै समूहका नेताहरुले फेरि पार्टी एकताका लागि आन्तरिक छलफल सुरु गरेका छन् । पटक–पटक विभाजन हुने र जुट्ने काममा ‘रेकर्ड’ बनाएको राप्रपाका विभिन्न समूहबीच एकताका लागि यसपटक दोस्रो तहका नेताहरु सक्रिय देखिएका छन् । प्रजातन्त्रको पुनःस्थापनापछि राष्ट्रवादी नारामा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले तीन समूहमा विभाजित छ । तीन समूहमध्ये राप्रपाको नेतृत्व कमल थापा, राप्रपा प्रजातान्त्रिकको नेतृत्व पशुपतिशमशेर जबरा र राप्रपा राष्ट्रवादीको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरिरहेका छन् । राप्रपा सैद्धान्तिक विमतिले नभइ नेताहरुको व्यक्तिगत स्वार्थका कारण पटक–पटक टुट्दै र जुट्दै आएको हो । पछिल्लोपटक राप्रपाले २०७३ सालमा एकता
More

कांग्रेसको केन्द्रीय समिति बैठक म‌ंगलबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २० गते म‌ंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेसको महासमिति बैठक, नेविसंघको महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। बैठकमा विधान मस्यौदा समितिले तयार पारेको पार्टीको विधान मस्यौदामा पनि छलफल हुन सक्ने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘मस्यौदा समितिले विधानलाई मंगलबारसम्म सक्ने भनेको छ’, उनले भने, ‘मस्यौदा समितिले काम सके छलफल पनि प्रारम्भ हुनेछ।’ कांग्रेसले महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म बोलाएको छ। तर यो समयमा बैठक गर्न निकै मुस्किल छ। महामन्त्री डा. शशांक कोइरालाले बैठक सर्ने यसअघि नै बताइसकेका छन्। केन्द्रीय समिति बैठकले महासमिति
More

नेपालमा कुद्न थाल्यो रेल

पथरी । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिनुभयो । परीक्षणका क्रममा आज रेलको इञ्जिनको डिब्बा ल्याइएको हो । आगामी मङ्सिर २६ गतेदेखि नियमितरुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । सो मार्गका चल्ने रेल भने यात्रुवाहक होइन । कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीले प्रयोग गर्नेछन् । बथनाहा–कटहरी १८ किमी दूरीको रेलमार्गमध्ये बथनाहा–बुधनगरको आठ
More

समीरमानको श्रीमती मायालाई किन पक्राउ ग-यो प्रहरीले ?

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको भन्दै हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेपछि मायाको पनि संलग्नता खुलेकोे हो । पक्राउ परेकाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिएका थिए । उनीहरुको बयानको आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको हो । समीरमानकी श्रीमती मायाको गौचन हत्या, गुण्डा नाइके दावा लामामाथि
More

तुलाधरको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने

काठमाडौं । वाम बुद्धिजीवी एवं मानवअधिकारकर्मी पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् । उनको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२:४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, “नेपाल संवतलाईई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।” नेतृ हिसिला यमीसहित अस्पताल पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथा सबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिए। उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न
More

तुलाधरप्रति श्रद्धाञ्जलि

काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएका नेपाल भाषा आन्दोलनका अग्रणी, मानवअधिकारवादी नेता एवम् पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्न जाने क्रममा अस्पताल परिसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रत्न श्रेष्ठ
More

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले युगज्योति माध्यमिक विद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुङ्गानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
More

वाम बुद्धिजीवी तुलाधर रहनुभएन

काठमाडौं । बाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज आइतबार निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो । उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।
More

सत्तारुढ दलकै कर्मचारी विरोधमा उत्रिएपछि ऐन ल्याउन सरकारलाई सकस

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मौजुदा कर्मचारी समायोजन ऐन खारेजी पछि अध्यादेशबाट कर्मचारी समायोजन ऐन ल्याउन प्रयासरत छ । स्थानीय र प्रदेशमा जाने कर्मचारीलाई एक तह बढुवा गरेर समायोजनको तयारी गरिरहेको भएपनि सरकारका लागि यो मामला अघि बढाउन हम्मेहम्मे पर्ने भएको छ । स्थानीय तहमा क्रियाशील विपक्षी दलका कर्मचारीसँग काँध मिलाउँदै सत्तारुढ दलकै कर्मचारीहरु पनि यसको विरोधमा उत्रिएका छन् । एक तह बढुवा गरेर कर्मचारी समायोजनको तयारीबारे चर्चा भइरहेका बेला स्थानीय तहमा कार्यरत सबै पार्टीनिकट कर्मचारी युनियन आन्दोलनको मुडमा देखिएका छन् । हरिकुमार श्रेष्ठ नेतृत्वको स्थानीय तह कर्मचारी संघ नेपाल, सुजिन्द्र महर्जन नेतृत्वको नेपाल राष्ट्रिय कर्मचारी संघ–स्थानीय
More

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

चिप्लेढुङ्गा । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ। आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो। सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन्। प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको आयोजना गरिएको थियो। वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ जना खेलाडी छनोट गरेको हो। सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला त्रिकेटरको सहभागी हुन लागेको
More

पञ्चकोट धाम पर्यटकीय गन्तव्यमा नपरेकोमा बाग्लुङबासीको गुनासो

सरु पौडेल ,काठमाण्डौ – संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन प्रबर्धन र विकासको लागि पहिचान गरिएका गन्तव्यहरुको नामावली सार्वजनिक गरेको छ । पर्यटकीय गन्तव्यमा परेका १०० गन्तव्यको नामावली सार्वजनिक गरेसँगै बाग्लुङमा रहेका कालीका भगवती मन्दिर साथै नयाँ विकास गरिनुपर्नेमा भकुण्डे भैरवस्थान गाजाको दह , ढोरपाटन सिकार आरक्ष र निसीखोला गाउँपालिका परेका छन् । तर अत्यन्त सुन्दर पञ्चकोट धाम पर्यटकीय गन्तव्यमा नपरेको भन्दै बाग्लुङबासीहरुले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । पत्रकार कोपिला कँडेलले साँसदले नै आवश्यक नदेखेका हुन् कि भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटससहित पञ्चकोटको फोटो पोष्ट गरेकी छिन् । त्यस्तै राजेशचन्द्र राजभण्डारीले सरकारको नजरमा नपरेको पर्यटकीय केन्द्र भन्दै फेसबुकमा
More

हुम्लामा हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो । यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताउनुभयो । आइतबार सिमकोटको तापक्रम
More

निर्मलाका हत्यारालाई गृहमन्त्रीको संरक्षण : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई गृहमन्त्रीले संरक्षण दिएको आरोप लगाएका छन् । हिजो शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले नै अपराधीको संरक्षण गरेको आरोप लगाएका हुन् । बर्तमान सरकार हिंसा, हत्या, बलात्कार लगायतका घटनालाई रोक्न पूर्ण असफल भएको सभापति देउवाको भनाइ छ । उनले राष्ट्रवादको नारा लगाउने सरकारले विदेशी मुलुकसँग भने घुडा टेकेको टिप्पणी समेत गरे । कांग्रेसलाई पहिलो पार्टी बनाएर मात्र आफुले बिश्राम लिने सभापति देउवाको भनाइ थियो । कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टीलाई पहिलो बनाउन आन्तरिक एकताको आवश्यकता ओंल्याए । कार्यक्रममा सहभागी अन्य कांग्रेस नेताहरुले पार्टी नेतृत्वले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न
More

तिहारपछि नागरिकको हातमा राष्ट्रिय परिचयपत्र

काठमाडौं । सरकारले तिहार पछि नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । तयारी थालेको आठ वर्षपछि सरकारले राष्ट्रय परिचयपत्र वितरण गर्न लागेको हो । तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्च पदस्थ कर्मचारीलाई बायोमेट्रिक विवरणसहितको चिप प्रविधियुक्त परिचयपत्र वितरण गर्न लागेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले जानकारी दिनु भयो । गएको विहिबारदेखि परिचयपत्र छाप्न सुरु भएको छ । उनका अनुसार पाँचथरबाट परिचयपत्र वितरण सुरु हुनेछ । परिचयपत्रमा दश औँलाको औँठाछाप हुने र कार्ड मेसिन रिडएबल प्रविधिको हुने काफ्लेले बताउनु भयो । कार्डमा स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबुबा, श्रीमान्, श्रीमतीको नामसहित व्यक्तिगत सबै विवरण हुनेछ । यस्तै,
More

कानुन मिचेर २७ करोड खर्च

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सञ्चालन हुने तालिममा चरम अनियमितता भएको भेटिएको छ । प्रधानमन्त्रीमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा कोषको २७ करोड ६२ लाख १४ हजार सात सय रुपैयाँ अनियमित रूपमा खर्च भएको पाइएको हो । ‘नेपाल उद्योग वाणिज्य महासंघलाई तालिम तथा प्रशिक्षणका नाममा ४४ लाख ४७ हजार एक सय रुपैयाँ तथा महासंघ र मातहतका ९१ संस्थालाई २७ करोड १७ लाख ६७ हजार ६ सय रुपैयाँ गैरकानुनी रूपमा दिएको देखिन्छ,’ केन्द्रको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । ठूलो रकम अनियमितता भेटिएपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पठाइएको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले बताए
More

विधान र उमेरहदबारे विवाद हुँदा नेविसङ्घको महाधिवेशन अन्योलमा

काठमाडौं । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो । नेविसङ्घ केन्द्रीय समितिको बहुमतको आधारमा उमेरहद हटाउने प्रस्ताव ल्याए पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले उमेरहद लगाउने निर्णय गरेपछि पार्टीका वरिष्ठ नेता
More