Daily Archives 4th November 2018

भिसा च्यातिएपछि मन्त्रीको विदेश भ्रमण रद्द

नोभेम्बर ५ देखि ७ तारिखसम्म लडन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको छ । भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालयले जनाएको छ । भिसा च्यातिएको र भिसामा रातो रङको मसीले क्रस गरिएको छ । राहदानीको पृष्ठ १४ मा सन् २०१९ को मे १ सम्मको लागि मल्टिपल भिसामा सी भिजिट लेखिएको छ । नेपाल समाचारपत्र
More

हातेमालो साहित्य संगमको शाब्दिक समारम्भमा सरस्वती र विमल

सरु पौडेल ,काठमाण्डौ – हातेमालो साहित्य संगमको मासिक रचना वाचनको श्रृङ्खला ‘शाब्दिक समारम्भ’ शनिबार सम्पन्न भएको छ । समारम्भमा अतिथि कवि सरस्वती श्रेष्ठ ‘सरु’ र विशेष मुक्तक वाचनमा हातेमालो साहित्य संगमका सदस्य विमल झाले रचना प्रस्तुत गरेका थिए । तीन चरणमा विभाजन कार्यक्रममा करिब ५० जना श्रष्टाहरुले आफ्नो तर्फबाट उत्कृष्ट रचना वाचन पनि गरेका थिए । संगमकी कोषाध्यक्ष विमला दाहालले सञ्चालन गरेको कार्यक्रम वियोगी बुढाथोकीको प्रमुख आतिथ्य र संगमका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
More

३७ किलो चरेससहित तीन पक्राउ

बुटवल – रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको
More