Daily Archives 5th November 2018

मिर्गौलापीडितलाई बेलायतबाट सहयोग

दमौली । दुवै मिर्गौला बिग्रिएर उपचार गराइरहनुभएका तनहँुको व्यास नगरपालिका–७ छापथोक निवासी २७ वर्षीय सुमन गुरुङलाई बेलायतमा रहेका तनहुँवासीले रु चार लाख ३७ हजार ५५० सहयोग गरेका छन् । जिल्लाको क्यामिन, रिस्ती, सतिस्वाँरा र पुर्कोट घर भई हाल रोजगारीको सिलसिलामा बेलायतमा रहेका तनहुँवासीको संस्था तीन दोभान समाज बेलायतमा आबद्ध सदस्यले मिर्गौलापीडित गुरुङको मिर्गौला प्रत्यारोपणका लागि उक्त रकम सहयोग गरेका हुन् । समाजमा २५० सदस्य आबद्ध छन् । समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले आज दमौलीमा गुरुङका आमाबिना गुरुङलाई रकम हस्तान्तरण गर्दै गुरुङको अवस्थाका बारेमा जानकारी पाएलगत्तै समाजका सदस्यसँग रकम सङ्कलन गरिएको बताउनुभयो । समाजका सल्लाहकार सुन्दर गुरुङले पीडितको उपचारका लागि थप सहयोग
More

नेपाल र बेलायतबीच शैक्षिक सहकार्य

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच सोमबार सिंहदरबारमा भेटवार्तापछि । तस्वीर: प्रकाश सिलवाल
More

पौडेल समूहको बैठक तीन घण्टा

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सर्ने निश्चित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सोमबार बिहान पौडेल निवास बोहराटारमा बसेको छ । मंसिर ५ देखि ९ सम्मको महासमिति बैठक स्थगित भएपछि नयाँ मिति तोक्नका लागि मंगलबार केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। त्यसैको तयारीको लागी संस्थापन पक्षबाहेकका पौडेल समूहका नेताहरु आफ्नो रणनीति तय गर्न तीन घण्टा बैठक बसेका हुन् । मंगलबारको बैठकमा आफ्नो समूहको समान धारणा बनाउनका लागि नेताहरु आन्तरिक तयारीमा जुटेको बताइएको छ। बैठकमा पौडेलसहित प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापा, नवीन्द्रराज जोशी, अमरसिंह पुन लगायतका नेताहरु सहभागी थिए। मंगलबार डाकिएको केन्द्रीय समिति बैठक, विधान र नेविसंघका विषयमा छलफल
More

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

काठमाडौं । भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो । गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इण्डियाले गत कात्तिक ६ र ७ गते उद्धार गरेको थियो । उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि आज नेपालगञ्ज ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । भारतीय प्रहरीको सुरक्षामा उनीहरूलाई नेपालगञ्ज पु-याइएको थियो । उद्धार गरिएकामा झापाका सबैभन्दा धेरै १०
More

माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने मङ्गलबार प्राप्त हुने कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ । कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको
More

जबर्जस्ती करणीको आरोपमा घिमिरे पक्राउ

पोखरा । पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मीनुराज घिमिरेलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । शनिबार सोही स्थान बस्ने एक महिलाको शयनकक्षमा गएर जबर्जस्ती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले मौखिक उजूरीका आधारमा घिमिरेलाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त घिमिरे मादी गाउँपालिका ५ मिजुरे घर भई ढुङ्गेपाटन बस्दै आएका थिए ।
More

नेकपा असन्तुष्ट पक्षको भैसेपाटीमा गम्भीर छलफल, खुलेरै सरकारविरुद्ध लबिङ

काठमाडौं । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष तहका नेताहरु नै एकआपसमा बाझिने भाषणवाजी गर्दै हिडेपछि उनीहरुबीच अन्तरविरोध सतहमा देखिन थालेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको समर्थनमा अभिव्यक्ति दिइराख्दा सचिवालय सदस्य वामदेव गौतम भने सरकारको विरोधमा उत्रिएपछि उनीहरुबीचको अन्तरविरोध सतहमा देखिएको हो । विराटनगरमा अध्यक्ष दाहालले सरकारले अब गियर चेन्ज गरेर सरकारले अब समृद्धिको बाटोमा जाने बताईरहदाँ गौतमले भने सरकारकै विरुद्धमा लबिङ सुरु गरेका हुन् । उनले नेकपाका केही नेतामा दुई तिहाइको दम्भ रहेको दाबी गर्दै आफू पक्षीय सांसदहरुलाई भित्रैदेखि सरकारविरुद्ध लबिङ गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि चौतर्फी आक्रमण भएकाले
More

डोल्पा जीप दुर्घटना : मृत्तक सबैको सनाखत

डोल्पा । ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिनुभयो । घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का
More

मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

काठमाडौं । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् । स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका
More

सरकार तीव्र गतिमा : अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भन्नुभयो । अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको हो भन्नुभयो । केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझावअनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उहाँले पार्टीका दुवै अध्यक्षबीच
More

भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि पूर्वराजा ज्ञानेन्द्र शाह !

काठमाडौं । नेपाली राजनीतिमा पर्दा अगाडि थोरै र पर्दा पछाडि धेरै खेल हुन्छ । पर्दा पछाडिको खेलले नै नेपाललाई सधैं राजनीतिकरुपमा अस्थिर बनाएको जगजाहेर छ । अहिले पनि पर्दा पछाडि निकै खतरनाक खेल भइरहेको झलक देखिन थालेको छ । यस्तो खेलको एउटा संकेत भारतको चर्चित मिडिया ‘फस्ट पोष्ट’ ले खुलासा गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सो दिन राजधानी दिल्लीमा भव्य समारोह आयोजना गरिन्छ । सो समारोहमा विशिष्ट विदेशी पाहुनालाई प्रमुख अतिथि बनाउने गरिएको छ । यो वर्षको २६ जनवरीमा ६९ औं स्वतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउन भारतले प्रस्ताव गरेको
More

नगर प्रमुख दाहाल सरसफाइमा

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सोमबार भरतपुरको सरसफाइ अभियानमा जुट्दै । तस्वीर: नारायण अधिकारी
More

आगलागीबाट एकको मृत्यु

मेलम्ची – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिनुभयो । राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ ।
More

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

पोखरा। इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन्। आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले जानकारी दिए। नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको थियो। पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेको छ। भ्रमण दलका सदस्य तथा
More

‘प्राज्ञिक क्षेत्रमा जातीय भेदभाव घटदै’

लण्डन- नेपालका विश्वविद्यालयहरुमा दलित विद्यार्थी तथा प्राध्यापकहरुप्रति जातीय आधारमा गरिने भेदभाव घट्दै गएको एक अनुसन्धानले देखाएको छ। जर्मनीको बिलफेल्ड विश्वविद्यालयमा सोसल एन्थ्रोपोलोजीकी प्राध्यापक जोआना फाफ जार्नेकाले गरेको एक अध्ययनले त्यस्तो देखाएको हो। ब्रिटेन-नेपाल प्रज्ञा परिषदले बिहीवार लण्डनको सोआसमा आयोजना गरेको १६ औं वार्षिक नेपाल प्रवचन श्रृंखलामा “प्राज्ञिक संस्थाहरुसंगको आबद्धता? उच्च शिक्षा, असमानता तथा विकास” विषयमा बोल्दै प्राध्यापक जार्नेकाले नेपालमा गत एक दशकमा प्राज्ञिक संस्थाहरुको नाटकीय विस्तार भएको तथा विद्यार्थीको संख्या पनि बढेको तर दलित विद्यार्थीको संख्या केही मात्रामा बढेको भएतापनि दलित प्राध्यापकहरुको विकास र सहभागिता खासै बढ्न नसकेको बताइन्। तर उनले भारतीय शैक्षिक संस्थाहरुको तुलनामा नेपालका उच्च शैक्षिक संस्थाहरुमा शिक्षक
More

चापाकोटका मेयरमाथि कुटपिट

स्याङ्जा । चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट रारा भ्रमणका लागि निस्किएको थियो । रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् । झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए । जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारीचालक सुनिक एसकेको उपचार भईरहेको छ ।
More

हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक शुरु

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । पहिलो दिन काग तिहार यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ ।
More

रत्नपार्कमा ‘काग’ सम्मेलन

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा करीब ३०० सङ्ख्यामा काग बोलाएर १५ औँ काग सम्मेलन गर्नुभयो । दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आउनुभएको छ । “मैले संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरेको छु, भारतले नेपालमा नाकाबन्दी
More

टोकन सिस्टममै अनियमितता भएको गुनासो;;अनलाइनमार्फत श्रम स्वीकृत लिनसमेत घण्टौँ लाइन

काठमाडौं। वैदेशिक रोजगारकालागि जाने नेपाली कामदारले श्रम स्वीकृतिकालागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति अनलाईन प्रणालीमार्फत नै गर्ने व्यबस्था गरिसकेको छ। तर केही दिनयता अनलाइन प्रणालीमार्फत श्रम स्वीकृत लिन समेत वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राही घण्टैँँ लाइन बस्नुपर्ने समस्या बल्झिएको छ। दशैँ मनाउन वैदेशिक रोजगारबाट नेपाल फर्किएका कामदार र नजिकिएको तिहार तथा छठ मनाउन परदेशबाट फर्किएका कामदार प्रायः श्रम स्वीकृतिकालागि एकैचोटी विभागमा आउने गरेकोले विभागमा पूर्व, अन्तिम तथा पुनः श्रम स्वीकृति लिने सेवाग्राहीको चाप अत्याधिक बढेको विभागले जनाएको छ। वैदेशिक रोजगार विभाग ताहचलका कार्यालय प्रमुख युवराज खतिवडाका अनुसार वैदेशिक रोजगार विभागमा दशैँ मनाएर विदेश फर्किने नेपाली कामदार
More