Daily Archives 11th November 2018

सरकारद्वारा केही देशमा राजदूत सिफारिस, परराष्ट्रका कर्मचारीको हानथाप

काठमाडौं । सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतवार राति सम्पन्न बैठकले नेपालबाट प्रबुद्द ब्यक्ति समूह (इपिजी) का सदस्यसमेत रहेका संविधानविद् आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । आचार्य श्रीलंकाका लागि पूर्व नेपाली राजदूत हुन् । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् । यसअघि सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय विवादमा परेपछि त्यहाँ आचार्यलाई पठाउने निर्णय लिएको हो । यस्तै मन्त्रिपरिषद् बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरेको छ
More

डिसी वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर

काठमाडौँ । वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएक एक व्यक्ति आज जेल चलान भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक निरजबहादुर शाहीका अनुसार कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ परेका दाङका दिनेशचन्द्र डिसीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा आजै डिल्लीबजार कारागार चलान भएका हुन् । दाङको त्रिभुवन नगरपालिका–१० का डिसीलाई सर्वोच्च अदालतको २०७३ भदौ ८ गतेको फैसलाअनुसार एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएको थियो । फरार हुँदै आएका डिसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ गरेको थियो । तिहार
More

बोक्सीको आरोपमा कुटपिट

धनुषा । धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूलाई छ जना स्थानीयवासीले बोक्सीको आरोप लगाउँदै निर्ममतापूर्वक कुटपिट गरेको भन्दै जाहेरी दिएकी छन् । स्थानीय रहिमन कवारीकी पत्नी खैतुन खातुन, जुमरात राइनकी पत्नी अजिमा खातुन, ओकराहावाला भन्ने जुमरत राइन, मो हबिब राइन, मो. समिम राइन र अ‍ैलुन राईनलगायतका व्यक्तिले बोक्सी भन्दै आफूमाथि कुटपिट गरेको पीडित खातुनले जाहेरीमा उल्लेख गरेकी छिन् । पीडित खातुनले कात्तिक १३ गते
More

विराटनगरमा उद्योगपति जुवाको खालवाट पक्राउ

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चौकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारीअनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई रहेका छन् । उक्त जुवाको खालबाट प्रहरीले रु एक लाख ९० हजार १४० र १७ बुक
More

क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो

म्याराडाइज । अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् । “आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,” बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताउनुभयो । आगोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले
More

अभिनेता सरोज खनालले गरेआर्थिक सहयोग

चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ । अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई प्रदान गर्नु भएको हो। कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको सस्कृति
More

कोलोराडोमा लक्ष्मी जयन्ती संगै साहित्यकार डा.शिलु सम्मानीत

नातिबाबु भट्ट । कोलोराडो । कोलोराडोमा ११० औं लक्ष्मी जयन्तिको अवसरमा कवी गोष्ठी संगै प्रवासमा रहेर निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउने साहित्यकार डा.शिलु घिमिरे न्यौपानेलाई एक समारोह बिच सम्मान गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार डा.शिलुलाई सम्मान गरिएको हो । महाकवी देवकोटाको फोटोमा मल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा स्वयं देवकोटाको हात सुमसुम्याउने अवशर पाएका साहित्यकार रत्नकाजी तुलाधर, बरिष्ट साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल लगायतका बक्ताहरुले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका
More

अमेरिकामा छक्का पञ्जा–३ ले बनायो नयाँ रेकर्ड

अमेरिका । यति बेला नेपाली सिने क्षेत्रमा चलचित्र छक्का पञ्जा–३ ले एक पछि अर्को रेकर्ड बनाउँदै गएको छ। देशभित्र मात्र नभई विदेशमा पनि चलचित्र छक्का पञ्जा–३ को माग थेगी नसक्ने गरि बढेको छ। नेपाली चलचित्रको सबै भन्दा ठूलो बिदेशी बजार मानिने संयुक्त राज्य अमेरिकामा छक्का पञ्जा-३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ। अमेरिकामा यस अघि रिलिज भएका छक्का पञ्जा, छक्का पञ्जा–२ र लूट–२ को तीन हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पञ्जा–३ ले तोडेको छ। नेपालीहरुको बाक्लो बसोबास हुँदै गरेको अमेरिकाको डालस टेक्सासमा अहिले छक्का पञ्जा–३ ले बिदेशी भूमीमा लगातार १ महिना चल्ने
More

नेकपाभित्र चुलिँदै आन्तरिक किचलो

काठमाडौं। पार्टी एकीकरण भएको छ महिना बितिसक्दा समेत सांगठानिक एकता प्रक्रिया टुंगो लाग्न नसक्दा नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकता घोषणा भएको दिन जेठ ३ गते तीन महिनाभित्र सबै तहको एकता प्रक्रिया टुंगो लगाउने बताइए पनि छ महिना बितिसक्दा समेत एकता प्रक्रियाले गति लिन सकेको छैन । ४४१ केन्द्रीय समिति, प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक अन्य जनसंगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्व दुवै पार्टीका सांगठानिक एकता प्रक्रिया एकसाथ टुंगो लगाउने गरी प्रदेशस्तरीय कार्यादल गठन भएको थियो । कार्यादलले पार्टीका महासचिव विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमाथि सचिवालयको बैठकमा छलफल गर्ने क्रममा पार्टीभित्र विवाद
More

गलत सूचना दिने पक्राउ

बाजुरा – १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । प्रहरीले जनसेवाका लागि टोल फ्रि नं का रूपमा १०० नम्बरलाई जारी गरेको छ । सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छोरा वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो । गलत मानसिकता
More