Daily Archives 13th November 2018

नेकपाको सांगठनिक अवस्था भद्रगोल

काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधि झन्–झन् सुस्त हुँदै गएको छ । नेतृत्वले पार्टीका गतिविधि सन्चालनमा खासै चासो नदिएकोजस्तै देखिएको छ भने सिंगो पार्टी र संगठन भद्रगोल छ । यसको असर सरकार सन्चालनमा पनि परेको छ । तर, यो अवस्था तत्काल अन्त्य हुने सम्भावना पनि देखिँदैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते भएको पार्टी एकता घोषणासभामा शीर्ष नेताहरुले तीन महिनाभित्र सम्पूर्ण एकता प्रक्रिया टुंगो लगाइसक्ने उद्घोष गरेका थिए । तर, एकता भएको ६ महिना बित्न लाग्दासमेत तल्लो तहमा एकता हुन सकेको छैन । सांगठनिक अवस्था भद्रगोल छ । पार्टीको
More

किन हटाइए सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी

काठमाडौं । प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त गरेर कृष्ण सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेका छन् । उनलाई मंगलबार नै पद तथा गोपनीयताको सपथ गराइएको छ । प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएपछि सोही निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित सुवेदी मन्त्री बनेका हुन् । आफै सवार गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर भाग्न खोजेपछि विवादमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका हुन् । प्रदेश मुख्यमन्त्री
More

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा

काठमाडौं । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गर्नुभएको हो । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो । छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी हुनभएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सक्नुभएन । सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु-याउने पाँच जनालाई सम्मान
More

राष्ट्रपति भण्डारीबाट अस्ताउँदो सूर्यको पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त
More

शेयर बजार चौध अङ्कले बढ्यो

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव ८७ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक उल्लेख्यमात्रामा वृद्धि भए पनि कारोवार रकममा भने आशातित वृद्धि हुन सकेन । कूल १५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा कारोवार भएको हो । कारोवार भएका नौ उपसमूहमध्ये आज
More

प्रेमीसँग मिलेर श्रीमानको हत्या

मोरङ । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले ४५ बर्षका पति सोही हेमरमको हत्या गरेकी हुन् । फुलमुनीको मदन मुर्मुसँग प्रेम सम्बन्ध रहेको थाहापाएपछि उनीहरुबीच केही समयदेखि झगडा हुँदै आएको थियो । गत कात्तिक २४ गते पनि विवादले चर्को रुप लिएपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहीलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २६
More

छठ पूजा

छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै महिला । तस्वीर: नारायण ढुंगाना
More

ठगी गर्ने श्रीमान श्रीमती नै पक्राउ

काठमाडौ । विदेशी ब्रान्डका उत्पादनको नाममा नक्कली सामग्री उत्पादन गरेर ठगी गर्दै आएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ । बहुराष्ट्रिय कम्पनीको उत्पादन हेड एन्ड सोल्जर लगायतका सामग्री उत्पादन गर्ने नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेको हो। छापा मार्ने क्रममा कम्पनीमा नक्कली कस्मेटिक ब्रान्डका सामाग्री फेला परेको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जानकारी दिए। ‘विभिन्न ब्रान्डको नाममा नक्कली सामाग्री फेला परेको हो’ उनले भने ‘थप अनुसन्धान भइरहेको छ । श्रीमान श्रीमती मिलेर विदेशी ब्रान्डका बस्तु उत्पादन गर्ने गरेको भेटियो ।’ प्रहरीले श्रीमान श्रीमती दुवैलाई नियन्त्रणमा लिएको छ। उनीहरुले विएमसी मसलाको नाममा समेत मसला उत्पादन
More

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी पदमुक्त

काठमाडौं । आफै सवार गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर भाग्न खोजेपछि विवादमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका छन्। प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी दिएको छैन। उनलाई पार्टीले फिर्ता बोलाएको मात्र बताइएको छ। तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका उनीमाथि जुवाडे छुटाउन प्रहरीलाई दवाव दिएको आरोपसमेत छ। कार्तिक २३ गते राति ९ बजे उनी चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि घाइतेलाई उपचार गराउने प्रयासतिर नलागी भाग्न खोज्दा स्थानीयले रोकेका थिए। कैलालीको गौरीगंगा नगरपालिका – ८ बडैपुरामा उक्त घटना भएको थियो। उनी सवार बा २ झ २१२५ नम्बरको
More

विपक्षी दलको नेताको भूमिका सभापतिले खेल्न सक्नुभएन : वरिष्ठ नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भन्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।” आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “पार्टी निर्वाचनमा के कारणले हा-यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।” वरिष्ठ नेता पौडेलले सोमबार सुजाता निवासमा खाना
More

सभापति देउवाविरुद्ध पौडेल पक्ष जमेर जाइलाग्ने

काठमाडौं । कांग्रेस  सभापति शेरबहादुर देउवाले विधानमै नभएको पदमा कात्तिक २० गते उपसभापति विजयकुमार गच्छदारलाई मनोनीत गरे । विधानले पार्टी उपसभापति गच्छदारलाई चिन्दैन । विधानमा एक जनामात्रै उपसभापति रहने व्यवस्था छ । यो पदमा विमलेन्द्र निधि पहिल्यै मनोनीत भइसकेका थिए । सभापति देउवाकै प्रस्तावमा केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गरिसकेको थियो । देउवाले गच्छदारलाई राजनीतिक निर्णयका आधारमा उपसभापति बनाइएको बताएका छन् । जब कि, विधानले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मात्रै पदाधिकारी बनाउन पाइने व्यवस्था गरेको छ । एउटा मात्रै उपसभापति त्यसमा पनि निर्वाचित केन्द्रीय सदस्यबाट मात्रै प्रस्ताव गर्नुपर्ने विधानको बाध्यात्मक व्यवस्थाकै कारण गच्छदार १३ महिनासम्म आमन्त्रित सदस्यकै हैसियतमा थिए । विधानको अप्ठ्यारो फुकाउने निकाय महासमिति थियो । महासमिति बैठक ढिलाइ हुँदै
More

अस्ताउँदो सूर्यलाई अर्घ दिइ हर्षोल्लासका साथ छठ मनाइँदै

काठमाडौं । छठको मुख्य दिन आज बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा अर्चना गरिँदैछ । अर्घ सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा, मिठाइ, गेडागुडी र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । आजको दिनलाई मूल दिन पनि भनिन्छ । आज बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट ठेकुवा, पुरी एवं भुसुवा बनाईन्छ । घर मै एक पटक पुजा गरेपछि ती सबै सामग्री ढाकीमा राखेर छठको गीत गाउँदै स्नानका लागि पोखरी वा नदी किनारमा जाने चलन छ । त्यसपछि अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा पूजा गरिन्छ । चौथो तथा अन्तिम दिन बुधबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन्
More

प्रचण्ड गलेश्वरमा

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा । प्रचण्ड र थापाले गलेश्वरको महत्व र ऐतिहाँसिक मान्यताको बारेमा जानकारीसमेत लिनुभएको छ । तस्वीर: कमल खत्री
More

बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो । धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । घट्नाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो
More

२४ घण्टा नबित्दै चिकित्सक फिर्ता

सामान्यतया कर्मचारीहरु सरुवा भएर आएपछि दुइ बर्ष एउटा कार्यालयमा काम गर्ने भन्ने सरकारी प्रावधान छ । केही सुरक्षा अधिकारीको बाहेक अधिकांस कर्मचारीको त्यस्तो प्रावधान लागू पनि हुन्छ । तर धौलागिरी अञ्चल अस्पताल त्यस्तो स्थान हो जहाँ हाजिर भएको २४ घण्टा नबित्दै डाक्टर र चिकित्सक फिर्ता हुन्छन् । कतिपयले सरुवा भएर आउने बेलामै काज र फिर्ताको कागज बनाएर आउँछन् । रमानामा सही गर्ने काम मात्र बाँकी रहन्छ । कतिपयले हाजिर गराएकै बेला कार्यालय प्रमुखसँग रमानापत्रमा पनि हस्ताक्षर गराउँछन् । यस्तै उदाहरण बनेका धौलागिरी अञ्चल अस्पतालमा दरबन्दी भएका कन्सल्टेन्ट डा. शुसिलमोहन भट्टराई र कन्सल्टेन्ट फिजिसियन डा.अमर पौडेलको छ । उनीहरु दुवैजना बीर
More

२२ लाखमा ज्यान मुद्दाको मिलापत्र

काठमाडौँ — प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ । कपिलवस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालिका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो । कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ ‘राहत’ दिने र रकम लिएपछि दुवै पक्षले मुद्दामामिला नगर्ने मिलापत्रमा उल्लेख छ । व्यक्तिगत लेनदेनका सिलसिलामा सई कार्कीले कात्तिक १८ गते राति ती व्यक्तिलाई मोटरसाइकलमा लिएर गएका थिए । भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंले उनकी पत्नीलाई श्रीमान् बिरामी भएर वीर अस्पतालमा लगिएको भन्दै भेट्न आउन खबर गरेको थियो । त्यसको केही घण्टामै उनकोनिधन भयो । घटनापछि सई कार्कीविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोज्दा
More

२४ घण्टाभित्र यमनमा करिब १५० जनाको मृत्यु

यमन । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले बताएका छन्। युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ। साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोही विरुद्ध गरेको कारबाहीमा यो हताहती भएको हो। होडेडा शहरमा रातभर भएको यस लडाईंमा ११० जना विद्रोही लडाकू र ३२ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ। साउदी अरेबियाआबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौं पटक हवाई आक्रमण गरेको सैनिक स्रोतले पुष्टि गरेको छ। यमनको बढी
More

चर्चित अमेरिकी लेखक लीको निधन

बीबीसी । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ। सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि द फ्यान्टास्टिक फोरको रचना गरे अनि स्पाइडरम्यान र द इन्क्रेडिबल हल्क शीर्षक अन्तर्गत कमिक लेखे। लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ। लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पप संस्कृतिका पिता लीले पात्रहरूको ब्रह्माण्ड सिर्जना गरेकोमा उनको प्रशंसा गरे। प्रमुख कार्यकारी अधिकृत शेन डफीले लीसँग तुलना गर्न सकिने अर्को व्यक्ति नभएको बताए। लीकी श्रीमती जोआनको ९५ वर्षको उमेरमा सन् २०१७ मा निधन भएको थियो। उनीहरूकी एकमात्र छोरी जेसी
More