Daily Archives 14th November 2018

भैलो खेलेर १० लाख संकलन, नेपाली भाषा कक्षा संचालन गरिने

लण्डन । शान्ति नेपाली समाज बेलायतले भैलो खेलेर संकलन गरेकोे रकमले नेपाली भाषा कक्षा संचालन गरिने भएको छ । समाजकी प्रवक्ता अन्जु पाठकका अनुसार समाजले ६ नोभेम्वर देखि समाजमा रहेका बाल बालिकाहरूलाई नेपाली भाषा सिकाउने कक्षा संचालन गर्ने उद्देश्यले भैलो खेलेको थियो । भैलो खेलेर ७ हजार १ सय ७१ पाउण्ड ( १० लाख रुपैयाँ) संकलन) भएको छ । समाजले बर्मिघम, वेष्ट र्वमिनवीच, ग्रेट बरर, किंग्सट्याण्डीगं, यार्रली क्षेत्रमा १ सय ५० घर धुरीमा भैलो खेलेको थियो । प्रवक्ता पाठकले बुधवार एक विज्ञप्ति जारी गर्दै बर्मिङ्घममा रहनुहुने संपूर्ण आमा बुवा ,दाजुभाई ,दिदी बहिनि ,साना नानी बाबु ,महिला ,बृद्ध ,समाजसेवी संस्थाका संस्थापकहरू
More

प्रहरीलाई घुस दिने दुई सवारी चालक पक्राउ

काठमाडौं । प्रहरीलाई घुस दिने दुई जना सवारी चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकका चालकले दुई सय रुपैयाँ घुस दिन लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले रूट प्रमिट कागजको भित्र नगद दुई सय रुपैयाँ घुस राखेर कागजात देखाएको प्रहरीले जनाएको छ । यसैगरी, महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङले एक हजार रुपैयाँ घुस दिएपछि उनलाई पक्राउ गरिएको हो । दुबै चालकमाथि अनुसन्धान भइरहेको प्रहरीले
More

अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी

बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी। तस्वीरः निरु गौतम
More

विशेष अदालतमा आरोपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग रु. ५०–५० हजार घुस लिएको अवस्थामा पक्राउ परेका अभियुक्तत्रयलाई बिगो रु ५० हजार कायम गरी जरिवाना र कैद सजाय हुन मागदावी लिइ आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । यसैगरी आयोगले महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईविरुद्ध पनि रु. एक लाख चालीस हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गर्दै सोही
More

‘प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताउनुभएको छ । पार्टीको प्रवास विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणका साथै निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । पार्टी सङ्गठनलाई महत्व दिई उच्च मनोबलका साथ सङ्गठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टीको नीति तथा कार्यक्रमलाई देशव्यापी अभियानमा लैजानु अहिलेको मुख्य कार्यभार भएको विचार व्यक्त गर्नुभयो । अध्यक्ष थापाले हिन्दू राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतीकका रुपमा रहेको ‘गाई’लाई चुनाव चिन्ह्का रुपमा पार्टीले छाड्न नसक्ने प्रष्ट पार्नुभयो । पार्टी एकताका निमित्त सदैव ढोका
More

लण्डन दूतावासमा नेपालको विकास बारे सम्मेलन, वेलायतले दोहोरो कर हटाउने

ब्रिटेन इयुबाट बाहिरिए पछि नेपालसंगको व्यापारमा कुनै असर पर्दैन: वेलायत लण्डन । नेपालका लागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले ब्रिटेन इयुबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने जनाए। मंगलबार बेलुका लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित चौथो नेपाल विकास संमेलनलाई संबोधन गर्दै उनले नेपालसंग दोहोरो कर हटाउने सन्ध‌ि गर्नेबारे गृहकार्य भैरहेको जानकारी पनि दिए। कार्यक्रममा, बेलायतको भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालमा व्यापार र लगानी बढाउन ब्रिटिश व्यवसायीहरुलाई आह्वान गरेका थिए। बैरागीले भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीकालागि उपयुक्त स्थल रहेको बताए। उनले नेपालका सबै राजनीतिक दलहरु देशमा व्यापार र लगानीका लागि राम्रो वातावरण बनाउन प्रतिबद्ध रहेको पनि
More

धन्यवाद दिन बाग्लुङे टोली ढकाल निवासमा (फोटो फिचरसहित)

काठमाडौं । बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद र बाग्लुङ नगरपालिका वडा नं. १२ का वडाध्यक्षसहितको एउटा टोली बुधबार उद्यमी चन्द्र ढकालको निवास पुग्यो । धन्यवाद दिन उक्त टोली ढकाल निवास पुगेको हो । अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालय निर्माणमा योगदान दिएकाले उद्यमी ढकाललाई जनप्रतिनिधि र वडावासीले धन्यवाद दिएका हुन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले ५ करोड रुपैयाँ खर्चेर सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । विकासका अन्य सम्भावनाबारे छलफल गर्न बाग्लुङका जनप्रतिनिधिसहितको टोली ढकाल निवास पुगेको जानकारी सांसद डा. सूर्य पाठकले दिए । राष्ट्रियस सभामा नेकपाका नेता दीनानाथ शर्मा, सांसद डा. सूर्य पाठक, देवेन्द्र पौडेल, तथा बाग्लुङ
More

विश्व मधुमेह दिवस

विश्व मधुमेह दिवसको अबसरमा बुधबार भरतपुरमा आयोजित सचेतना कार्यक्रममा सहभागीहरु । तस्वीर : नारायण अधिकारी
More

प्रधानमन्त्रीलाई बेलायतबाट गाउँलेको पत्र

नारायण गाउँले आदरणीय प्रधानमन्त्रीज्यू, गत एक-दुई महिनाभित्र मात्रै पचासभन्दा बढ़ी उच्च सरकारी अधिकारीहरू बेलायतमा भेटिए । उपप्रधानमन्त्री उपेन्द्र यादव, शक्ति बस्नेत र थममाया पुनजस्ता मन्त्रीदेखि न्यायाधीशसम्म र उपसभामुखदेखि मन्त्रालयका सचिबसम्म धेरै व्यक्ति लामो समय यतै बरालिए । भिसा नपाइएकाले यो सूचीमा रवीन्द्र अधिकारी परेनन् । अहिले पनि यादव देशबाहिरै छन् । मुख्यमन्त्री शेरधन अमेरिका छन्, काठमाडौंका मेयर र उपमेयर चीनतिर छन् । युकेदेखि कतारसम्म र मन्त्रालयका अधिकृतदेखि गाउँपालिकाका प्रमुखसम्मको नाम जोड्दा यस्तो सूचीमा हजारौंको नाम आउँछ । देश गरिब छ । साधनस्रोत सीमित छन् । गर्नुपर्ने धेरै छ । मन्त्री र कर्मचारीलाई एक मिनेट फुर्सत नहुनु पर्ने हो । विश्वका
More

सन् २०१७ को भाषा परीक्षा उतीर्णलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् । इपिएस पीडित नेपाल समूह गठन गरी उनीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । आज शान्तिवाटिकामा आयोजित कार्यक्रममा पीडित समूहका अध्यक्ष लेखराज कार्कीले सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिको कोरिया जाने प्रक्रिया तत्काल अगाडि बढाइनुपर्ने बताउनुभयो । सन्
More