Daily Archives 15th November 2018

पूर्व प्रधानमन्त्री माधव नेपाल लण्डनमा

लन्डन । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल लण्डन उत्रिएका छन् । नेपाल वेलायतस्थित नेपालीहरुको पहिलो नेपाली संस्था यती नेपाली एशोसिएसनको आयोजनामा लन्डनमा हुने एक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् । नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यले आयोजना हुने सो च्यारिटी कार्यक्रमका सहभागी हुन् गायक हेमन्त मोक्तान, हांस्य कलाकार मनोज गजुरेल, र मोडल मरिस्का पोखरेल समेत विहीवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा आइपुगे । नेता नेपाल विमानस्थल आइपुग्दा वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर क्षेत्री, प्रवासी नेपाली मंचका निर्वतमान अध्यक्ष रामशरण सिमखडा, कार्यक्रम संयोजक तथा यती नेपाली एशोसियसन युकेका पूर्वअध्यक्ष उमेश मोक्तान, गैरआवासीय नेपाली
More

परराष्ट्र सचिव र वेलायतीमन्त्री बीच गोर्खा आन्दोलन वारे छलफल

लण्डन । वेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीले वेलायतस्थित भूपूगोर्खाहरुको समस्याको वारेमा छलफल गरेका छन् । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार बैरागीले वेलायतका आम्र्ड फोर्सेस राज्यमन्त्री मार्क ल्यांकास्टरसंग बुधवार ल्यांकास्टर हाउसमा सो छलफल गरेका हुन् । एक साता लामो वेलायत भ्रमणमा आएका बैरागीले यहाँस्थित सरकारी उच्चअधिकारीसंगको भेटघाटलाई तिब्रता दिएका छन् । नेपाली दूतावास लण्डनका अनुसार विभिन्न भेटघाटमा उनले द्धिपक्षीय सम्बन्ध, नेपालको आर्थिक विकास, नेपालमा वेलायतको तर्फवाट उच्चस्तरिय भ्रमण, गोर्खा आन्दोलन, दोहोरो कर लगायतका अजेण्डामा छलफल गरेका थिए । Foreign Secretary Mr. Shanker Das Bairagi held a bilateral meeting with the Minister of State for the Armed Forces
More

एनआरएनले देशको समृद्धिका लागि सकृयता देखाउनु पर्छ : संस्थापक अध्यक्ष डा. महतो

कतार । कतार भ्रमणका क्रममा कतार आईपुग्नुभएका एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक डा। उपेन्द्र महतो संग एनसीसी कतारले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । भेटघाट कार्यक्रममा बोल्ने क्रममा संरक्षक डा. महतोले संघको स्थापना कालको संघर्ष, हालसम्मको एनआरएनए अभियान र यसले प्राप्त गरेका उपलब्धिहरू र भावी लक्ष्यबारे संक्षिप्त जानकारी दिए । उनले भने ‘एनआरएनए वास्तवमैं विश्वभरी रहेका नेपालीहरूको साझा संस्था हो र यसको माध्यममबाट आफ्नो देशको समृद्धिका लागि विदेशमा आर्जेका ज्ञान, सीप र पुंजी लगायतका अन्य धेरै कुराहरूलाई सदुपयोग गर्ने साथै एकीकृत गर्न पाउने अवसरको रुपमा संघले कृयाशीलता देखाउनु पर्दछ र देखाईरहेका छन् ।’ कार्यक्रमका सभापति
More

एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा रिहा

लण्डन । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा रिहा भएका छन् । करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको त्यहाँस्थित पत्रकार रवि रोशीले जनाए । रोशीले नेपालब्रिटेन डट कमलाई भने ‘आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ’ । गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिखमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको थियो । यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै शर्माको रिहाईको माग गरेको थियो ।
More

वेलायतमा राजनीतिक संकट (टिप्पणी)

प्रकाश के.सी. । लण्डनबाट दुई वर्ष पाँच महिना बितिसकेको छ, रेफेरेन्डममार्फत् बेलायतमा ५१.९ प्रतिशत जनताले बेलायतलाई युरोपबाट अलग्याउने चाहाना राखेको । यो निकै लामो समयावधि हो । दुई व्यक्ति बीचको सम्वन्धविच्छेद गर्न पनि अनगिन्ति मुश्किलहरुलाई पार गर्नु पर्दछ भने यहाँ एक विशेष संस्थाबाट योभन्दा अगाडि कहिल्यै नभएको र नगरिएको एक देशको सम्वन्ध विच्छेद सजिलो पक्कै नै हुँदैन । ब्रिटेनको युरोपीयन युनियनबाट अलग हुने अवस्थालाई अर्थात् ब्रिटेनको एक्जिटलाई ब्रेक्जिट नामले अहिले सर्वव्यापी रुपमा जानिएको छ, जसले ०१६ मा नै तत्कालीन प्रधानमन्त्री डेविट क्यामरुनलाई प्रशासनको ओहोदाबाट गुमाएको थियो । थरेसा मेईले नेतृत्व सम्हालेपछि भने यो लगभग साढे दुई वषको अवधिमा विदेश मेन्त्री
More

नेपाल हस्तकला महासङ्घ

नेपाल हस्तकला महासङ्घको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगितामा बिक्रीका लागि राखिएका काठका मूर्ति । तस्वीर: रत्न श्रेष्ठ
More

पाँच दिनपछि सार्वजनिक गरिएको मन्त्रिपरिषद्को निर्णयमा के–के छ ?

काठमाडौं । सरकारले आफ्नै दाबी अनुसार मन्त्रिपरिषद् बैठकका निर्णय पाँच दिनपछि सार्वजनिक गरेको छ । ‘परिपक्व’ बनाएर आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आज सार्वजनिक गर्नुभयो । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । बैठकले राजश्व न्यायाधीकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनाका साथै कर्मचारी समायोजन विषयका व्यवस्था गर्न बनेको अध्यादेश २०७५ मा लोकसेवा आयोगको परामर्श माग गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी दिनुभयो । यसैगरी विभिन्न मन्त्रालयमा चालू परियोजनाको काममा तीव्रता दिने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात एवं श्रम रोजगार तथा
More

काङ्ग्रेस बैठक शनिबार, नेविसङ्घको विधान पारित गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते बस्ने तय भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान पारित गर्ने कार्यसूची रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेविसङ्घको वर्तमान कार्यसमितिको समयावधि गत भदौमा समाप्त भएर तीन महीना थप गरिएको समय पनि आगामी मङ्सिर २ गते सकिँदैछ । दुईवर्षे कार्यकालका लागि सङ्घको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो । बैठकले सङ्घको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ । यसबाहेक पार्टीको
More

टेक्सासमा एक जनालाई दिइयो मृत्युदण्ड

वासिङ्टन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चा सहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो । रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी छुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो । विगत २५ वर्षसम्म वकीलहरुले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल
More

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु: महानिरीक्षक खनाल

साँखु। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन्। काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।” खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताए। गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उद्घान गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गरेका थिए। डिसी नेपाल
More

पूर्वयुवराज पारसको चितवनमा भव्य स्वागत

चितवन । पूर्वयुवराज पारस शाह पश्चिम चितवनका पर्यटकीय क्षेत्रहरुसहित पूर्वी चितवनका सौराहालगायतका स्थानको भ्रमणमा हुनुहुन्छ । उहाँ सौराहा पुग्दा त्यहाँका पर्यटन व्यवसायीर स्थानीयले बाजागाजा, भजनकीर्तन र थारु सांस्कृतिक कार्यक्रमसहित सौराह परिक्रमा गराएका थिए । शाहले स्थानीयको विशाल शोभायात्रा र झाँकीसहित सौराहाको हात्तीचोक हुँदै राप्ती किनारा साईटसम्म पैदल यात्रा गर्नुभएको थियो । त्यस्तै उहाँले सडक बालबालिकाले आश्रय लिएको स्थान मंगलपुरमा पुगेर उनीहरुसँग फुटबल समेत खेल्नुभयो । हिन्दू धर्मको बहस उठिरहेको अवस्थामा पूर्व राजपरिवारका सदस्यहरुले अहिले देश-दौडाहा गर्दै नागरिकहरुसँग साक्षात्कार गरिरहेका छन् । पूर्व युवराज्ञी हिमानी शाहले पनि देशका विभिन्न भागको भ्रमण गर्ने क्रमलार्इ दिन थालेको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी
More

लाइसेन्सको आवेदन मंसिर ७ गतेबाट अनलाइन फाराम खुल्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन नपाएर तनावमा हुनुहुन्छ भने अब त्यो तनावलाई छोड्दिनुस् । यातायात व्यवस्था विभागले दशैंअघिबाट बन्द गरेको लाइसेन्सको आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ । यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालका अनुसार मंसिर ७ बाट अनलाइन फाराम खुल्ला गरिने भएको छ । विहान १० बजेबाट नै अनलाइन फाराम खुल्ने पनि उनले जानकारी दिए । उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो र्भयाङ, चावहिल सुकेधारा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन आवेदन भर्न सकिने उनले बताए । अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ । बाइक, स्कुटर र कार र जीपका लागि आवेदन दिन सकिने छ ।
More

श्रम स्वीकृति गराउन लाइनमा

वैदेशिक रोजगारमा जाने कामदारहरु श्रम स्वीकृति गराउन लाइनमा बसेका युवायुवतीहरु । तस्वीर:  भगवती थापा ‘चन्द्रकला’
More

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

साँखु । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुग्नुभएका खनालले भन्नुभयो, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।” खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उद्घान गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गर्नुभएको
More

प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ। वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई बुधबार दिउँसो पक्राउ गरेको हो। तामाङले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई रु एक हजार घुस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रवक्ता पूजा सिंहले जानकारी दिए। यसैगरी मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीलाई घुसदिने ना५ख ७१८१ नंको ट्रक चालक मुरतुजमिया चुरियालाई आज पक्राउ गरेको छ। चुरियाले रुट प्रमिट कागजकोभित्र रु २०० प्रहरीलाई दिन खोज्दा पक्राउ गरेको हो। दुवै चालक र
More

बालिका हत्याको आरोपमा दुई पक्राउ

गाईघाट । बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको बयान प्रहरीलाई दिइएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । बाख्रा चराउन गएकी
More

बस दुर्घटना, १६ जना घाइते

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दाङबाट काठमाडौँका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए। डिसी नेपाल
More

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ। महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ। विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो। आव २०७३÷७४ मा १३ हजार २२७, आव २०७४÷७५ मा दुई हजार ७१६ र आव २०७५÷७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन
More

हुम्लाको नाम्खा गाउँपालिकालाई चिनियाँ सहयोग

हुम्ला । हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ । चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । आफ्ना भू–भागसँग सिमाना जोडिएका नेपाली जिल्लाका लागि हरेक वर्ष विभिन्न किसिमका सहयोग दिँदै आइरहेको चीन सरकारले यस वर्ष पनि वस्तुगत सहायताअन्तर्गत गाउँपालिकामा स्वास्थ्य भवन निर्माणका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तारलगायतका सामग्री उपलब्ध गराएको हो । नाम्खा गाउँपालिका, सिमकोट खार्पुनाथ गाउँपालिकासमेत तिब्बतसँग जोडिएका गाउँपालिका भएकाले हरेक वर्ष स्वाथ्य, शिक्षा, भौतिकलगायत सहयोग गर्दै आएको छ । तिब्बतको ताक्लाकोटमा चिनियाँ प्रतिनिधिमण्डल, हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा
More

कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु

काठमाडौं । आप्रवासी श्रमिकको हकहितको पक्षमा साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता छ । कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आबद्ध छन् । बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल हुने बताइएको छ । राजधानीको सोल्टी होटलमा जारी आजको बैठकमा सचिवलगायतका उच्च पदस्थ अधिकारीहरु सहभागी छन् । बैठकको दोस्रो दिन भोलि मन्त्रीस्तरीय बैठक हुने बताइएको छ ।
More