Daily Archives 16th November 2018

बेलायतमा मन्त्रीहरूकाे राजीनाको लहर

लन्डन – युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतमा कैयौं मन्त्रीले राजीनामा दिएका छन्। प्रधानमन्त्री थेरेमा मेले बुधबार प्रस्तुत गरेको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले राजीनामा दिएको छन् । मन्त्री राबले राजीनामा दिएको एक घण्टाभित्रै रोजगार तथा पेन्सन मन्त्री यस्थर म्याकभेले पनि राजीनामा दिएका छन्। राब र म्याकभेले राजीनामा दिनुअघि ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै उत्तरी आयरल्यान्डका राज्यमन्त्री सैलेस वाराले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसैगरी बे्रक्जिट राज्यमन्त्री सुयल्ला ब्राभरम्यान र संसदीय निजी मन्त्रीहरु याने–मारी ट्रेभेल्यान र रनिल जयावर्देनाले समेत पदबाट राजीनामा दिएको बिबिसीले जनाएको
More

बेलायतको मूद्राको मूल्यमा सकारात्मक प्रभाव

लण्डन । बेलायतको मन्त्रीपरिषद्ले ब्रेजिक्टसम्बन्धी सम्झौताको मस्यौदा पारित गरेपछि त्यसले अर्थतन्त्रमा समेत असर पारेको छ । मुलुकको मुद्रा मूल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ । शुक्रबार बेलायती मुद्रा पाउण्डको मूल्यमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी तेलको मूल्य पनि फेरी एक पटक बृद्धि भएको छ, तर शेयर बजारमा भने भिन्नभिन्न नतिजा देखिएको छ । सरकारी अधिकारीहरुले झण्डै ०.३५ प्रतिशतले मुद्राको मूल्यमा वृद्धि भएको जनाएका छन् । यो उतारचढाव विगत दुई बर्ष यताकै सवैभन्दा धेरै भएको बताइएको छ । सरकारले पारित गरेको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका मन्त्रीहरुले नै राजीनामा दिइरहेका बेला मुद्रा मूल्य भने बढेको हो । ब्रेक्जिट मामिला मन्त्री
More

राष्ट्रियसभा सदस्य पासमान माथि कुटपिट

सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि आज उहाँकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उहाँले बताउनुभयो । उहाँको शरीरमा चोट लागेको बताइएको छ । राष्ट्रियसभा सदस्य पासमान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई
More

शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मद राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै । तस्बिर, सौजन्यः राष्ट्रपतिको कार्यालय
More

‘शिशु जन्मिए सहकारीमा रु पाँच हजार’

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ । बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्षअनुरुप गाउँपालिकाले महिला सहकारीमार्फत ‘जीवन सुरक्षा कोष’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । सो कार्यक्रमअन्तर्गत बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले बच्चाको नाममा रु पाँच हजार सहकारीमा जम्मा गर्नु पर्नेछ । गाउँपालिकाले रु पाँच हजार र बच्चाको अभिभावकले रु दुई हजार रकम सहकारीमा जम्मा गर्नुपर्ने प्रावधान तयार पारेको गाउँपालिकाका प्रमुख खेमराज ओलीले जानकारी दिनुभयो । बर्थिङ सेन्टरमा जन्मिएको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्रका आधारमा उक्त रकम सहकारीमा जम्मा गरिनेछ । सहकारीमा जम्मा भएको रकम स्थानीयस्तरमै उद्यम गर्ने व्यक्तिलाई वार्षिक १५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिने
More

प्रहरीमाथि खुकुरी प्रहार

लमही । दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो । जवान वलीको टाउकोमा १० टाँका लागेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी थप दुई जना समेत घाइते छन् । सोही ठाउँका विशाल रोका र नैनबहादुर नेपालीको टाउकामा सामान्य चोट लागेको बताइएको छ । रोका र नेपालीको समूहबीच आपसी विवादपश्चात झडप भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारको आरोपमा अमुवाका २५ वर्षीय चन्द्रवहादुर नेपाली, २० वर्षीय नैनसिंह नेपाली, २२ वर्षीय सुकलाल नेपाली र १६
More

सातमहिने नाबालिका हिरासतमा

बाजुरा । गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सातमहिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ । सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् । नेपालको संविधानले १० वर्षमुनिका बालबालिकालाई यातना दिन नपाइने अभिवक्ता हर्क खडायतले बताउनुभयो । प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले नाबालिकाकी आमा कमला रोकायालाई सोही वडाकी सङ्गीता रोकायाले ठगी मुद्दा दायर गरेपछि महिला प्रहरीको सेफ हाउसमा राखिएको जानकारी दिनुभयो । उहाँले सो वडामा रहेको बालविकास केन्द्रमा कर्मचारी राख्ने विषयमा विवाद हुँदा ठगीको उजुरी परेपछि पक्राउ गरिएको बताउनुभयो । नाबालिकालाई एक सातादेखि हिरासतमा राख्दासमेत जिल्लामा बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा अधिकारकर्मीले
More

प्रधानन्यायाधीश मिश्र रारा शयरमा

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र शुक्रबार बिहानै उच्च अदालतको इजलासको निरीक्षण भन्दै परिवारसहित हेलिकप्टर चढेर रारा घुम्नमा गएका छन् । उनले उच्च अदालत सुर्खेत र जुम्ला इजलास निरिक्षण भन्दै श्रीमती, छोरी, ज्वाइँ र भतिजो र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको परिवारलाई लिएर घुम्न निस्किएका हुन् । अदालत अनुगमनका लागि परिवारसाथै आफु नजिकका मान्छेलाई लिएर जाने चलन नभएपनि प्रधानन्यायाधीश मिश्र परिवारसहित रारा भ्रमणमा निस्किएका हुन् । जिल्ला अदालतहरुको भ्रमणका लागि प्रधानन्यायाधीश, अदालतका कर्मचारी र मातहत उच्च अदालतमा न्यायाधीश सानो संख्यामा जाने चलन थियो । तर मिश्रले १६ जनाको जम्बो टोली बोकेर सर्वोच्च अदालतको खर्चमा घुम्न निस्केका हुन् । हुन त
More

विधानविपरीत गच्छदारलाई उपसभापति : नेता केसी

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा एक जना मात्र रहने व्यवस्थाविपरीत विजयकुमार गच्छदारलाई मनोनित गरेर उपसभापति बनाएको आरोप लगाउनुभएको छ । “गच्छदारलाई मनोनित गरेकामा म सहमत छु, तर मनोनित गर्ने प्रक्रिया गलत भयो” उहाँले भन्नुभयो, “विधान संशोधन गरेर मनोनित गरेको भए हुन्थ्यो ।”नेता केसीले भोलिबाट बस्ने केन्द्रीय कार्यसमितिको बैठकको कार्यसूचीबारे आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले आफूले बैठक बस्नुभन्दा अगाडि कार्यसूची सबै केन्द्रीय समितिलाई दिनुपर्ने भनेर पटकपटक भन्दा पनि नदिएको बताउनुभयो । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा केसीले भन्नुभयो, “भोली केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ, तर कार्यसूची के हो भनेर थाहा छैन” उहाँले भन्नुभयो, “कार्यसूची
More

हिंसापिडित महिलाले पाइन १७ वर्षपछि नागरिकता

पर्वत । श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाएका छन्। परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्। पीडित परियारले आफू श्रीमानबाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिएका थिए। उक्त निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ शर्मा र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटकपटक आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए। नागरिकता प्राप्त गरेपछि
More