Daily Archives 18th November 2018

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेकोे बैठकले झूटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार भूकम्पले क्षतिग्रस्त घरबाहेक सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका र एकभन्दा बढी स्थानबाट अनुदान रकम लिएकाहरुले रकम फिर्ता गर्नुपर्नेछ ।
More

नेकपा बैठकमा सरकारका कामको समीक्षा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा नेता सापकोटाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताउँदै नेकपाको सचिवालय र स्थायी समितिको अब बस्ने बैठकमा सरकारले आठ महीनामा गरेका कामका बारेमा समीक्षा हुने जानकारी दिनुभयो । सरकार अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सफल भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो । राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले वर्तमान सरकारले नौ महीनामा चाहेजति काम गर्न नसकेको तथा मुलुकमा उद्योग तथा लगानीको वातावरण बन्न नसकेको पनि विचार राख्नुभयो ।
More

नेविसंघमा फेरि म्याद थप्ने गरी विधान संशोधन

काठमाडौं । म्याद सकिएको नेविसंघको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता दिने कि विगतको परम्पराअनुसार अर्को तदर्थ समिति गठन गर्ने ? भन्ने विषयलाई लिएर गत शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केहीबेर तनाव उत्पन्न भयो । नेविसंघको संकटका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने गरी शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै थियो, तर भित्र बैठक चल्दै गर्दा बाहिर भने कुस्ताकुस्तीको अवस्था सिर्जना भयो । वरिष्ठ नेता रामचन्द्र पौडेल निकटस्थ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकटस्थ विद्यार्थी नेताहरूबीच भएको यो कुस्ताकुस्तीले पार्टी केन्द्रीय कार्यालयको वातावरण केहीबेर तनावग्रस्त भयो । सिटौला पक्ष कुनै पनि हालतमा म्याद नाघेको वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिनुपर्ने पक्षमा उभियो भने पौडेल
More

कोइराला परिवारका हामी तीनै जना नेता एक छौं : महामन्त्री कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने बताउनुभएको छ । विराटनगर कोइराला निवासस्थित जिपी फाउण्डेशन प्रदेश नं १ कार्यालयको आज महामन्त्री कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र फाउण्डेशनका केन्द्रीय सभापति सुजाता कोइरालाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री कोइरालाले पार्टीको उज्ज्वल भविष्य निर्माण गर्न एकताको विकल्प नरहेको र यसैको माध्यमबाट देशको विकास हुने कुरामा जोड दिनुभयो । उहाँले विगतमा काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारबाट धेरै परिवर्तनका काम भएको स्मरण गराउँदै कोइराला परिवारका हामी तीनै जना नेता एक रहेको स्पष्ट पार्नुभयो । केन्द्रीय सदस्य डा
More

रु एक लाखको खुकुरी

बागलुङ । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताउनुभयो । अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आउनुभएको हो । उहाँले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राख्नुभएको छ । विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आउनुभएका विकले भन्नुभयो, “मेला तथा महोत्सव हुँदा ‘स्टल’
More

इतिहासकार प्राडा कमलप्रकाश मल्लकाे अमेरिकामा निधन

काठमाडौं । प्रखर बौद्धिक व्यक्तित्व इतिहासकार, प्राध्यापक डा. कमलप्रकाश मल्लको निधन भएको छ । प्राडा मल्लको पारिवारिक स्राेतकाे अनुसार अमेरिकाको अटलान्टामा गत राति ११:५० मा निधन भएको हाे लामो समयदेखि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतिको ‘अल्जाइमर्स’ बाट ग्रसित थिए ८३ वर्षीय प्राडा मल्ल । १९९३ सालको लक्ष्मी पूजाको दिन काठमाडौँमा जन्मिएका प्राडा मल्ल त्रिभुवन विश्वविद्यालयक पूर्व शिक्षाध्यक्ष हुन् । प्राडा मल्लले भाषाविज्ञान, नेपालभाषासँगै विविध भाषा, नेपाल संवत, संस्कृति र इतिहासमा वैकल्पिक अध्ययन र गहन लेखनलाई धार दिएका थिए । मल्लका दुई छोराछोरी र श्रीमती अमेरिकामा छन्। उनको मंगलबार अमेरिकामै अन्त्येष्टी गरिनेछ।
More

सांस्कृतिक -याली

नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीमा आइतबार बिहान वसन्तपुरबाट निकालिएको सांस्कृतिक -याली । तस्वीर: सौजन्य, नृपेन्द्रलाल श्रेष्ठ
More

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ। नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ। विज्ञान सभ्यताअघिको प्राचीन सभ्यताको पुनःउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो। दुई दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ कार्यपत्र प्रस्तुत गर्दैछन्। पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाटै हुनुपर्ने लक्ष्यसहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि
More

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम पश्चिम – रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उहाँले बताउनुभयो । बुढाले
More

नेकपाको सचिवालय बैठक मंसिर ६ गते बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आगामी शुक्रबार बस्ने भएको छ । कार्तिक पहिलो सातादेखि बस्न नसकेको सचिवालय बैठक मंसिर ६ गतेका लागि बोलाइएको हो । सचिवालय बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला संगठन गठन, केन्द्रीय सदस्यको कार्य विभाजनलगायत प्रस्ताव तयार हुने र लगत्तै स्थायी समिति बैठक बोलाई अनुमोदन गराउने तयारी नेकपाको छ । बैठक बस्न नसक्दा पार्टी एकता प्रक्रिया अलमलमा परेको छ । तीन महिनाभित्र एकता प्रक्रिया टुग्याउने भनेपनि छ महिना वित्दा पनि नेकपाको तल्लो तहसम्मको एकिकरण हुन सकेको छैन । सचिवालय बैठक बस्न नसकेका कारण लामो समयदेखि स्थायी समिति बैठक समेत बसेको छैन । असार २१ गतेपछि
More