Daily Archives 19th November 2018

मेची-महाकाली रेल गुड्छ: पूर्व प्रधानमन्त्री माधव नेपाल

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले वर्तमान सरकारले विकासको गतिलाई बढाउदै लैजाने वताएका छन् । उनले नेपालमा रेल संचालन गर्न भारतको जयपुर देखी जनकपुरसम्म लिग जोड्ने काम भैसकेको वताए । प्रबासी नेपाली मन्च युके र नेपाली जनप्रगतिशिल मंच युकेको संयुक्त आयोजनामा आइतबार अल्डरटमा भएको अन्तक्रियामा बोल्दै नेता नेपालले पुर्व मेची देखी पश्चिम महाकाली सम्म रेल गुड्ने दावी गरे । नेता नेपालले रेलका आतिरिक्त पुर्व देखी पश्चिम सम्म ६ लेनको बाटोले जोड्ने तयारी भैरहेको वताए । उनले हुलाकी राजमार्गको काम विस्तारै अगाडि बढेको वताए । उनले राष्ट्रिय महत्वका आयोजनाको काम तिब्र गतिमा बढेको वताए । उनले नेपालीको बर्तमान
More

कोइरालाहरुको एकताले पार्टीलाई फाइदा : सभापति देउवा

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पार्नुभयो । पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उहाँले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनेछ भन्नु्भयो । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गर्नुभयो ।
More

घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
More

मौलिक भेषभुषा

बागलुङ, बडिगाड गाउँपालिकामा जारी प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा मौलिक भेषभुषामा पाहुनाको स्वागतार्थ उभिएका किशोरीहरु । तस्वीर: रामबहादुर थापा
More

सङ्घीयता धरापमा पारियो

फिक्कल । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाउनुभएको छ । इलामको माई नगरपालिका–२ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्ने कार्य हो ।” नेता कोइरालाले सङ्घीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवम् भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैँ सङ्घीयता विरुद्धमा रहेको देखाएको बताउनुभयो । उहाँले अब काङ्ग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दावी गर्नुभयो । कार्यक्रममा काङ्ग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा
More

इञ्जिनियरिङ कलेजको समस्या समाधन गर्न कार्यदल

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा देखिएको समस्या समाधान गर्न समितिका सभापति जयपुरी घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज समितिले कलेजका दुई पक्षलाई बोलाएर गरेको छलफलमा समस्या समाधानका लागि थप अध्ययन गर्नुपर्ने भएकाले घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको समितिका सदस्य मनकुमारी केसीले जानकारी दिनुभयो । ‘‘कलेज निजी वा सामाजिक के हो भनेर अहिल्यै नै छुट्याउन समस्या भयो,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले कलेज निजी वा सामुदायिक के हो । त्यहीअनुसार समस्या समाधान गर्न कार्यदल गठन गरिएको हो ।’’ विसं २०५१ मा स्थापना भएको उक्त कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने र
More

पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया वृद्धालाई

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण सोमबारबाट शुरु भएको छ । गृह मन्त्रालयले पाँचथरको फिदिममा आयोजना गरेको ‘राष्ट्रिय परिचयपत्र वितरण राष्ट्रिय समारोह’ मा प्रमुख अथितिको रुपमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन् । यसअघि पनि १०१ वर्षीया भण्डारीबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन थालिएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले परिचयपत्र वितरणका लागि जिल्लामा ५२ हजारभन्दा बढीको विवरण लिइसकिएको बताए । असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि पाँचथरमा विवरण संकलन थालिएको थियो । एसियाली विकास बैंकको सहयोगमा सरकारले पहिलो चरणमा पाँचथरमा वितरण गर्न
More

पप्पु कन्स्ट्रक्सनलाई कालो सूचिमा

काठमाडौं । सिक्टा नहर निर्माण समयमा पुरा नगरेको भन्दै सरकारले पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कालो सूचिमा राख्नुअघि प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कन्सट्रक्सनसँग तीस दिने लिखित स्पष्टिकरण माग गरेको छ । कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोस्टाल पप्पु जेभी कन्सट्रक्सनलाई कालोसूचीमा राख्नु नपर्ने कारण सहित स्पष्टिकरण माग गरेको हो । स्पष्टीकरण पत्र बुझ्न नमानेको भन्दै सार्वजनिक सूचनामार्फत तीस दिने म्याद दिएको हो । म्याद गुजारे र चित्तबुझ्दो स्पष्टिकरण पेश नगरे पप्पु कालोसूचिमा पर्नेछ । कालोसूचीमा परेको कम्पनीले कुनै पनि ठेक्कापट्टामा भाग लिन पाउँदैन भने आयोजनाको हालसम्म गरेको कामका लागि लिएको
More

दिवंगत छोरा प्रकाशलाई सम्झिँदा थामिएनन् आँशु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको प्रथम स्मृति दिवस आयोजना गरिएको छ । सोमबार ललितपुरको खुमलटारस्थित निवासमा आयोजना गरेको कार्यक्रममा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन गरिएको छ । सभामा छोरा प्रकाशलाई सम्झिएर दाहाल र उनकी पत्नी सिता भक्कानिएका छन् । कार्यक्रमको सुरुदेखि नै भावविह्वल देखिएका उनीहरुले आफ्नो आँशु थाम्न सकेनन् । मन्चमा बसेको बेला सीतालाई छोरीहरुले सम्हालेका थिए । कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्षसमेत रहेका दाहालले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो
More

फुलको डोली नारायणी नदीमा विसर्जन

हरिबोधिनी एकादशीका अबसरमा घरमा पुजा आजापछि सोमबार नारायणगढमा फुलको डोली नारायणी नदीमा विसर्जनका लागि भजन कृतनसहित आएका भक्तजनहरु । तस्वीर: नारायण अधिकरी
More