Daily Archives 20th November 2018

राजेन्द्र महतो राजपा अध्यक्षमन्डल संयोजक

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमन्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोलाई दिएको छ । राजपा राजनीतिक समितिको मंगलबार राजधानीमा बसेको बैठकले पार्टी नेतृत्व चक्रिय प्रणालीअनुसार गर्ने पार्टीको विधानबमोजिम अध्यक्षमन्डलको संयोजकको जिम्मेवारी महतोलाई दिएको राजपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टी गठनदेखि हालसम्म अध्यक्षमन्डलको संयोजनको जिम्मेवारी बहन गरेकामा महन्थ ठाकुरलाई धन्यवादसमेत दिएको छ । मधेसकेन्द्रित ६ ओटा पार्टी मिलेर २०७४ वैशाख ७ गते राजपा गठन भएको थियो । बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
More

परिचयात्मक बैठकमा भाग लिँदै प्रतिनिधिहरु

मङ्गलबार सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा भाग लिँदै प्रतिनिधिहरु । तस्वीर: सौजन्य प्रधानमन्त्रीको सचिवालय
More

डाक्टरले राजीनामा दिएपछि स्वास्थ्यमन्त्री धर्म संकटमा

काठमाडौं । मुलुककै जेठो र ठूलो बीर अस्पतालका एक वरिष्ठ न्यूरो सर्जनले ‘चाकडी र घुस रकम पु-याउन नसकेको’ भन्दै राजीनामा दिएका छन् । उनले दिएको राजीनामा पत्रले स्वास्थ्य मन्त्तालयको जिम्मेवारी प्राप्त उपप्रधानमन्त्री उपेन्द्र यादवलाई धर्म संकटमा पारेको छ । बीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा. ध्रुबराज अधिकारीले आफ्नो असन्तुष्टि प्रकट गर्दै सोमबार पदबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा पत्रमा विगत एक वर्षदेखि तलवबीहीन अवस्थामा बीर अस्पतालको न्यूरो सर्जरी विभागमा पद रिक्त हुँदा हुँदै पनि र अर्को प्रतिस्पर्धी कोही नभएको अवस्थामा पनि सम्वन्धित पक्षको माग पूरा नगरेकै आधारमा आफ्नो पदस्थापन नगरीएको भन्दै राजीनामा दिएका हुन् । डा. अधिकारीले
More

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । समितिको गत असोज १८ गतेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिको सिफारिशअनुसार आज बसेको समितिको बैठकले आयोगलाई विस्तृत छानबिनका लागि निर्देशन दिने निर्णय गरेको सभापति भरतकुमार शाहले बताउनुभयो । समितिले दशैँअघि चिनीको मूल्य रु ६३ गराउन दिएको निर्देशन अझै कार्यान्वयन
More

‘सरकार परिणामविहीन बन्दै गयो’

प्यूठान । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेट खर्च गर्न नसक्ने वर्तमान सरकार परिणामविहीन बन्दै गएको आरोप लगाउनुभएको छ । बाग्दुलामा प्रेस यूनियनद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएकाले परिणामविहीन भएको हो ।” पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाउनुभयो । संविधानमा उल्लिखित अधिकारहरु कानून बनाएर काम गर्नुपर्नेमा नौ महीना बितिसक्दा पनि विधेयक संसद्मा पेश गर्न नसक्ने सरकारप्रति जनताको आशा घट्दै गएको उहाँको भनाइ छ । यातायातको एकाधिकार, सुनकाण्डजस्ता घटनाको संरक्षणमा सरकार नै लागेको उहाँले आरोप लगाउनुभयो । सबै विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर सरकारले जनवादी
More

आन्दोलनमा ट्रेड युनियन काङ्ग्रेस

काठमाडौं । नेपाल खानेपानी संस्थानका कर्मचारीले तीन दिनदेखि जारी राखेको आन्दोलनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले समर्थन जनाएको छ । ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले आन्दोलनस्थल संस्थानको प्रधान कार्यालयमा आज कर्मचारीलाई सम्बोधन गर्दै मजदुरलाई कमजोर नठान्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्य सञ्जय दाहालले मजदूरमाथि गरिने विभेदले चिन्तित बनाएको बताउनुभयो । कर्मचारीले संस्थानमा क्रियाशील चार युनियनले उठाएको माग पूरा गर्न व्यवस्थापनसँग अनुरोध गरेको संयुक्त सङ्घर्ष समितिका संयोजक रामजी अर्यालले बताउनुभयो । संस्थानले गठन गरेको वार्ता टोलीले सोमबार छलफल गरे पनि सहमति हुन सकेको छैन । संयुक्त सङ्घर्ष समितिले आजदेखि शाखा कार्यालयमा हस्ताक्षर सङ्कलन शुरु गरेको जनाएको छ । संस्थानमा
More

श्रीमान् इजरायलमै बित्नुभो

सीता अधिकारी, प्रमुख, कालिका गाउँपालिका (रसुवा) रसुवाको कालिका गाउँपालिका प्रमुख सीता अधिकारीकोे जीवन संघर्षमय छ । सुरुका दिनमा शिक्षण पेसामा आवद्ध सीता शिक्षण पेसा छाडेर इजरायल पुगिन् । पाँच वर्ष इजरायल बसेपछि उनी राजनीतिमा होमिइन् । नेपाल महिला संघ रसुवाको सचिव, नेपाली कांग्रेस रसुवाको जिल्ला समितिमा रहेर कामसमेत गरिन् । स्थानीय निवार्चन हुने भएपछि एक वर्षका लागि अस्टे«लिया होमिएकी सीता सात महिनामै नेपाल फर्किइन् । स्थानीय निर्वाचनमा कांग्रेसले उनलाई टिकट दिएन । उनलाई एमालेले उम्मेदवार बनायो । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । उनीसँग सिर्जना अर्यालले गरेको कुराकानी : ० गाउँपालिका प्रमुखले केलाई महत्व दिनुपर्दो रहेछ ?
More

ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

वासिङ्टन । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै उक्त आदेश जारी गर्नुभएको थियो । सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिनुभएको हो । राष्ट्रपतिको कार्यकारी आदेश आएलगत्तै अमेरिकी मानव अधिकारवादी समूहहरुले
More

विधान तोडमोड गरेर पार्टी चलाइराखिएको छ

अमृत बोहोरा, नेता नेकपा गतिशील पार्टी एकाएक सुस्ताएको छ, पार्टीले अनुशासन र पद्धति बिर्सेको छ, पार्टी विधान तोडमोड पारिएको आरोप नेकपा नेता अमृत बोहोराले लगाएका छन् । पार्टी सञ्चालनका लागि शीर्ष तहमा एक दुईजना नेतामात्र सक्रिय रहेकाले गतिशील पार्टी एकाएक गतिहीन भएको बोहोराको भनाइ छ । यही विधिले पार्टी सञ्चालन गर्ने हो भने धेरै अगाडि बढ्न नसकिने निष्कर्षमा नेता बोहोरा पुगेका छन् । लामो समयसम्म तत्कालीन नेकपा एमालेमा अनुशासन विभागमा रहेर काम गरेका बोहोरासँग सहकर्मी राज ढुंगानाले गरेको कुराकानी– ० मन्त्रीहरुलाई किन बर्खास्त गर्नुपरेको होला ? – यसका औपचारिक कारणहरु बताउन म सक्दिनँ । किनभने यी कुराहरु मैले सञ्चारमाध्यममा सुनेको
More

सरकारी वकिल अख्तियारको फन्दामा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।
More