Daily Archives 21st November 2018

प्राध्यापक सूर्य सुवेदी चीनको उच्च निकायमा

लण्डन । प्राध्यापक सूर्य सुवेदी चीन सरकारको एक उच्च निकायमा नियुक्ती भएका छन् । सुवेदी चीनको अन्तराष्ट्रिय आर्थिक तथा व्यापार मध्यस्थता आयोगको प्यानलमा नियुक्ती भएका हुन् । सो आयोगले चीनमा अन्तराष्ट्रिय लगानी तथा व्यापार कानुन सम्वन्धि विषयमा आएका समस्याहरु निरुपण गर्ने काम गर्छ । प्राध्यापक सुवेदी अन्तराष्ट्रिय लगानी र व्यापार कानुन सम्वन्धि विशेषज्ञका रुपमा परिचित छन् । उनको अन्तराष्ट्रिय लगानी कानुन सम्वन्धि वेलायतबाट प्रकाशित एक ग्रन्थ दुई वर्षअघि चीनीया भाषामा अनुवाद भएको थियो । चीनको एक ठूलो प्रकाशन गृहले सो ग्रन्थ प्रकाशन गरे पछि उनी चीनमा एकाएक चर्चामा आएका थिए । यसअघि सुवेदीले जेनेभास्थित डाभोस फोरम भनेर चिनिने विश्व आर्थिक
More

सरकारले सत्ताकब्जा गर्नसक्ने देउवाको आशंका

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रहरी र सेना कब्जा गरेर अगाडि बढ्नसक्ने आशंका व्यक्त गरेका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुरक्षा निकायलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने बताए । सत्तारुढ दलले स्वतन्त्र न्यायपालिकालाई धरापमा पार्ने कामसमेत गरेको भन्दै देउवाले विपक्षीको कुरालाई बुझेर प्रजातन्त्र जोगाउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कानुन व्यवसायीहरुले अहिले न्यायालय लेनदेनमा र राज्य सौदाबाजीमा चलिरहेको आरोप लगाउँदै दुईतिहाइको दम्भले संसदीय र न्यायिक सर्वोच्चताको धज्जी उडाइएको बताएका थिए ।
More

देउवाले चित्त बुझ्दो काम गर्नुभएन : नेता सिंह

रुपन्देही । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताउनुभयो । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उहाँको भनाई थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाउनुभयो ।
More

राजदूत नियुक्तिको मापदण्ड माग्ने निर्णय

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको छ । सरकारले भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदूतमा क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो । समितिले उहाँहरुको संसदीय सुनुवाइ गर्नुअघि राजदूतका योग्यता लगायतका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पछिल्लो समय बनाएको मापदण्ड अध्ययनका लागि सरकारसँग माग गर्ने निर्णय पनि गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । गत असारमै मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त मापदण्ड सरकारले सार्वजनिक भने गरेको छैन ।
More

नेकपा : केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा आज पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो । उहाँले बिहीबार बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न माग गरिएको बताउनुभयो । ‘‘पार्टीको माथिल्लो तहमा एकीकरण भए पनि तल्लो तहसम्म भएको छैन,’’ उहाँले भन्नुभयो, ‘‘जसले गर्दा तल्ला तहका नेता कार्यकर्तामा निराशा छाएको छ, त्यसैले केन्द्रीय कमिटी वैठक बसाएर तत्काल पार्टी एकतालाई टुङग्याउनुपर्दछ ।’’ उहाँले बैठक बोलाएर केन्द्रीय कमिटीको कार्यविभाजनसमेत गर्नुपर्ने बताउनुभयो । पार्टी
More

पञ्चशील क्षेत्र घोषणा कार्यक्रम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी बुधबार लुम्बिनीमा आयोजित पञ्चशील क्षेत्र घोषणा कार्यक्रममा मन्तव्य गर्दै । तस्बिर : निरु गौतम
More

‘काङ्ग्रेसले पार्टीभित्र परिवर्तन खोजेको छ’

भक्तपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीले अहिले आफैभित्र परिवर्तन खोजेको बताउनुभएको छ । यहाँ आज पूर्वकर्मचारी समाज नेपालको प्रथम वार्षिकोत्सवमा उहाँले काङ्ग्रेस पार्टी लथालिङ्ग हुँदै गएको टिप्पणी गर्दै सङ्क्रमणबाट गुज्रिरहेको पार्टीलाई महासमिति बैठकले मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले तोकिएको मितिबाट महासमिति बैठक स-यो भने पार्टीलाई ठूलो नोक्सान हुने बताउनुभयो । कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर जान नहुने सुझाव दिँदै सरकारले जे ग-यो त्यो कानून हो भन्ने बुझाइ त्याग्न आग्रह गर्नुभयो । कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य एवंपूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीभित्रका गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
More

बसले ठक्कर दिँदा एकजनाको मृत्यु

टीकापुर : कैलालीको बर्दगोरिया गाउँपालिका १ बौनिया चौकमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ६३५५ न को बसले ठक्कर दिँदा पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुने पैदल यात्री कैलालीको भजनी नगरपालिका ६ महादेउलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए । पैदल यात्रीलाई बसले पछाडिबाट ठक्कर दिएको हुन सक्ने शाहीले बताए । बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको छ। अन्नपूर्ण पोष्ट
More

आतङ्कवादी योजना बनाएको अभियोगमा तीन जना पक्राउ

मेलबोर्न – अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी छुरा प्रहार गरी दुई जनाको हत्या भएको दुई साता नबित्दै पछिल्लो घटना सार्वजनिक भएको हो । पक्राउ परेकामा टर्केली मूलका अस्ट्रेलियाली रहेका छन् । मेलबोर्नको भिडभाड इलाकामा आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरु इस्लामिक स्टेट समूहबाट प्रभावित रहेको पाइएको बताएको छ । प्रहरीका प्रमुख आयुक्त ग्राहम एस्टोनले भन्नुभयो, “तर उनीहरु कुन समूहमा आबद्ध छन् भन्ने अझै खुलेको छैन ।” गत मार्चदेखि नै
More

बेहुलीको कपडा हेर्दै

काठमाडौँको न्युरोडको एक पसलमा मङ्सिर लागेसँगै बेहुलीको कपडा हेर्दै ग्राहक । तस्वीर : भगवती थापा
More