Daily Archives 23rd November 2018

Retired British Gorkhas Empowered with CPR session in the UK

London. A large number of retired British ex-Gorkha army personnel gathered in Aldershot, UK benefited by a session on CPR and Heimlich Maneuver. The global health and hygiene committee of Non-resident Nepali Association (NRNA) organized “Learn CPR, Save a Life” in Aldershot, near London that was participated by hundreds of people both in room and via live broadcast. Cardiopulmonary resuscitation or CPR is a performed on a person whose heart has suddenly stopped. CPR ensures blood supply is not interrupted to the brain and vital organs. Automated electrical defibrillator or AED is used if the heart continues to stop after
More

अमेरिकामा काँग्रेस कृयाशिल सदस्यता वितरण

न्यूयोर्क । यही नोभेम्बर १७ तारिख २०१८ का दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेस पार्टीबाट प्राप्त कृयाशिल सदस्यता एक भव्य कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । नेकाका आमन्त्रित केन्द्रीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द बिष्टको प्रमुख आथित्य र महासचिव मुनिन्द्र नेम्बाङको बिशेष उपस्थितीमा वितरण गरिएको उक्त कार्यक्रममा कृयाशिल सदस्यता लिने सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । नेका सोलुका युवा नेता एवं प्रदेश सभाका प्रत्यासी प्रकास सिंह कार्की, सिन्धुपाल्चोकका महासमिति सदस्य जिमी लामा ह्योल्मो र ललितपुर जिल्ला महिलासंधका उपसभापति भगवती शर्मा समेतको बिश्ष उपस्थिति रहेको सो कार्यक्रम न्यूयोर्क शहरको स्थानीय ज्याक्सन हाईटमा आयोजना गरेको थियो ।
More

नेपालमा निर्धक्क लगानी गर्नुस्: परराष्ट्रमन्त्री ज्ञवाली

नारायण रिमाल । टोकियो – जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापानका नीजि क्षेत्रका लगानीकर्ताहरुलाई र्निधक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्। मंगलबार जापानको राजधानी टोकियोमा आयोजित नेपाल ईन्भेष्टमेन्ट सेमिनारलाई सम्वोधन गर्दै मन्त्री ज्ञवालीले वर्तमान सरकारले तिव्रगतिमा विकासका योजनाहरु सार्वजानिक गरेको अवस्थामा सरकारी तथा नीजि क्षेत्रले विनाकुनै संकोच लगानी गर्ने वातावरण निमार्ण गरेको दावी समेत गरे। नेपाल-जापानको लामो समयको घनिष्ट सम्वन्धलाई निरन्तरता दिदै एकआपसमा द्धिपक्षीय परस्पर सहयोगको अवस्थालाई थप मजवुत बनाउने बेला आएको मन्त्री ज्ञवालीले सम्बोधनका क्रममा बताए। वर्तमान सरकारले समृद्ध नेपाल निमार्णका लागि तिव्र विकासका योजना सार्वजानिक गरेकाले कृषिमा आधुनिकिकरण, पूर्वाधार निमार्ण, सूचना प्रविधी, रेलसेवा,
More

बेलायतका नेपाली नर्सको चुनाब, इन्दिरा बस्याल र विनोद सिंखडा मैदानमा

लण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरू यति बेला नयाँ नेतृत्वको चयनमा व्यस्त छन् । भोलि शनिबार सम्पन्न हुने अधिवेशनले “नेपलिज नर्सिंग एशोसिएसन”मा आगामी दुई वर्षका लागि पदाधिकारी चुन्ने छ । उम्मेदवारी मनोनयनको अन्तिम मितिसम्म अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पद निर्विरोध भएका छन् । अध्यक्षमा संस्थापक सचिब इन्दिरा बस्याल (तिवारी) र वर्तमान उपाध्यक्ष विनोदविकास सिंखडाको उम्मेदवारी परेको हो । संस्थाको स्थापनादेखि नै सक्रिय रहेकी इन्दिरा बस्यालले दुई पल्ट सचिब भएर काम गरिसकेकी छन् भने केही समय पदबाहिर रहेर समेत काम गरेकी छन् । बेलायतमा कार्यरत नेपाली नर्सहरूलाई एउटा सूत्रमा गाँसेर समस्याहरूसँग लड्ने तथा सीपविकास र नेपालमा परोपकारी कार्य गर्ने उद्देश्यले संस्थाको
More

देश बुझ्ने नेताको खाँचो छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताउनुभएको छ । पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता आँैल्याउनुभयो । पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत राजनीतिक नेतृत्वलाई सुझाव दिनुभयो । गुट उपगुटको राजनीतिमा नेता डुबेको छ, उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेतृत्व सकारात्मक हुनुपर्छ, आफ्नो छवि सुधार्न तथा हिमाल, पहाड र तराईलाई जोडेर समुन्नत नेपाल बनाउनमा
More

पुस्तक लोकार्पण

राजधानीमा शुक्रबार पूर्वराष्ट्रपति डा रामवरण यादव पत्रकार जगत नेपालद्वारा लिखित बिपीको विद्रोह नामक पुस्तकको लोकार्पण गर्दै । रत्न श्रेष्ठ
More

‘नेमकिपा भक्तपुरको विकास विरोधी’

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाउनुभएको छ । आज भक्तपुरमा एभरेस्ट मिसन डट कमको दोस्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध ग¥यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।” सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष एवं आमसञ्चार डटकमका सम्पादक एवं सूर्यविनायक
More

कांग्रेसको विधानमा पौडेल र सिटौला समूहको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्न निर्माण गरिएको विधान मस्यौदामै विवाद भएको छ । पार्टी सभापतिलाई शक्तिशाली बनाउने गरी विधान तयार गरिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले बिरोध जनाएपछि बिवाद भएको हो । देश संघीय संरचनामा गएको लामो समय बितिसक्दा पनि नेपाली कांग्रेस संघीय संरचनामा जानसकेको छैन् । यो विवाद समाधानका लागि पार्टीले आइतबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विधानलाई संघीय संरचना अनुरुप बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यीय विधान मस्यौदा समिति गठन गर्‍यो । तर, तीन महिना लगाएर समितिले बिधान त ल्यायो तर, सभापतिलाई शक्तिशाली बनाउने गरी बिधान ल्याइएको
More

नेकपाभित्रको चरम असन्तुष्टि छताछुल्ल

काठमाडौं । पार्टी एकता भएको ६ महिना पुग्नै लाग्दासमेत तल्ला तहका एकता नभएको र सरकारको कार्यशैली पनि सन्तोषजनक नभएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्किएको छ । पार्टीका वरिष्ठ नेताहरुले नै सरकारको कार्यशैलीको आलोचना गरिरहेका बेला झन्डै दुई दर्जन केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक नै बोलाउन माग गर्दै अध्यक्षद्वयलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् । यसले पनि नेकपाभित्रको असन्तुष्टि निकै चर्किएको विश्लेषण गरिएको छ । पार्टी एकतापछि नेकपाको केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । महत्वपूर्ण निर्णयका लागि नेकपा सचिवालय बैठक बस्दै आएको छ । जिल्ला तथा स्थानीय समितिहरु भंग भएपनि नयाँ समिति बन्न नसक्दा ती तहका बैठक
More

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई आज पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा रहेको छ । क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पु¥याई पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । बाइवालाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडाँैको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा
More