लण्डन । नेपालिज नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा विनोदविकास सिंखडा बिजयी भएका छन् । शनिवार लण्डनमा सम्पन्न निर्वाचनमा ६ं० मत प्राप्त गर्दै सिम्खडाले अध्यक्षको पद सुरक्षित गरेका हुन् । अध्यक्ष पदको लागि उम्मेदवार इन्दिरा बस्याल (तिवारी) ले ३३ मत प्राप्त गरिन् । हयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले सिंखडाको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति निर्बाचित भएको हो । यसै गरी एशोसिएसनको नयां कार्यसमितिको उपाध्यक्ष पदमा सुनिता गौतम (थापा) बिजयी बनेकी छिन् । यसअघि महासचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएका थिए । महासचिवमा रस्मिता दर्लामी,कोषाध्यक्ष बिनु लामिछाने, सांस्कृतिक सचिव राफी श्रेष्ठ, सहकोषाध्यक्ष आज्ञा खनाल तथा सदस्यहरु अञ्जना सापकोटा, रञ्जना केसी
More
Daily Archives 24th November 2018
नेपालीले नै नेपाललाई समृद्ध बनाउन सक्छ : डा. महतो
पर्सा । गैर आवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताउनुभएको छ । निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले आज वीरगञ्जमा आयोजना गरेको अन्तर विद्यालय टी ट्वान्टी नकाउट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाललाई समृद्ध बनाउन विदेश चाहिँदैन, नेपालीले सङ्कल्प गरेपछि मुलुकको विकास गर्न सकिन्छ ।” वरिष्ठ उद्योगपतिसमेत रहनुभएका डा महतोले नेपाललाई स्वास्थ्य, शिक्षा र खेलकूदको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने उल्लेख गर्दै नेपालजस्तो प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधतायुक्त मुलुक विश्वमा थोरै मात्र रहेकाले आफ्नो शक्तिको सदुपयोग गरे नेपाल छिटै नै समृद्धि हासिल गर्ने बताउनुभयो । प्याब्सन पर्साका अध्यक्ष हरिशङ्कर साहको अध्यक्षतामा भएको
More
नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको हो । केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायतको
More
सरकार एनजीओको नियन्त्रणमा: कांग्रेस प्रवक्ता शर्मा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार ‘एनजीओ’को नियन्त्रणमा रहेको आरोप लगाएको छ । आज पत्रकार सम्मेलन गरेर कांग्रेसले एसिया प्यासिफिक सम्मेलन २०१८ को नाममा सरकार सहआयोजक बन्नुले एनजीओको नियन्त्रणमा रहेको पुष्टि भएको कांग्रेसको आरोप छ । मंसिर १६ र १७ गते काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक रहेको छ । यसको प्रमुख आयोजक युनिर्भसल पिश फ्रेडिएशन रहेको छ । यो एकनाथ ढकाल आवद्ध रहेको संस्था हो । यो संस्था क्रिश्चियन धर्म प्रचारमा सक्रिय रहदै आएको छ । कांग्रेसले धर्म निरपेक्ष मुलुकको सरकार निश्चित धर्मको प्रचारमा लाग्दा मुलुककै स्वाभिमानमा आँच आउने आरोप नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लगाउनु
More
कपिलवस्तु हत्या प्रकरण : सवारी साधनमा तोडफोड र आगजनी
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ लवनीमा स्थानीय ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजबाबु)को गोली हानी हत्या गरिएको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले केही सवारी साधनमा तोडफोड र आगजनी समेत गरेका छन् । विरोध प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गर्नु परेको छ । युवा राजनीतिज्ञ समेत रहेका चौधरीलाई घर नजिकै राती दश बजेतिर गोली प्रहार गरी हत्या गरिएको थियो । टाउकोमा गोली लागि गम्भीर घाईते भएका उनको उपचार गराउन भैरहवा लैजादै गर्दा मृत्यु भएको हो । कपिलवस्तुको लवनी चौराहबाट मोतीभारी घरतर्फ जाँदै गरेका कुर्मीलाई मोटरसाइकलमा आएको समूहले गोली प्रहार
More
राष्ट्रपतिको गाडी किन्न युवाहरुले भिख मागे
काठमाडौं । युवाहरुले राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने सरकारी निर्णयको विरोधमा राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा आज भिख मागेका छन् । जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् । युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै पशुपति बनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका, बुढाबुढी सबैसंग भिख मागेका थिए । १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि सवारी साधन किन्नु गलत भएको सन्देश दिन सांकेतिक रुपमा भिख मागिएको कार्यक्रममा सहभागी युवाहरुले बताएका छन् । युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने तयारी गरेका छन् ।
More
जनचाहनाअनुरुप काम गर्न सुझाव
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले परिवर्तित सन्दर्भमा जनचाहनाअनुरुप सरकारले राष्ट्रिय हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । पार्टी पुनःगठनको पाँचौ वर्षगाँठको सन्दर्भमा भृकुटिमण्डपमा आज आयोजित जनसभामा बोल्दै उहाँले दुई तिहाई जनादेश पाएको सरकारले जनआकांक्षाअनुरुप काम गर्न नसकेपनि अवसर र चुनौतिको सम्भावनालाई समयमै बुझेर अघि बढ्न सुझाउनुभयो । मुलुकमा व्याप्त महङ्गी र भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेको र शान्ति सुरक्षा कायम गर्न सरकारको पहल सार्थक नभएको भन्दै प्रवक्ता विश्वकर्माले जनताको परिवर्तनको पक्षमा लड्ने आफ्नो शक्तिले सङ्गठन विस्तार तथा विभिन्न सुधारका कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो । समाजका विकृति विसङगतिलाई चिर्दै विद्यमान असमानताको खाडल
More
एनआरएन संस्थापक अध्यक्ष डा. महतो सम्बोधन गर्दै
पर्साको आयोजनमा शनिबारदेखि वीरगन्जको नारायणी रंगशालाको क्रिकेट खेल मैदानमा सुरु भएको अन्तर–विद्यालय टी–ट्वान्टी नकाउट क्रिकेट टुर्नामेन्टको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गैरअवासिय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायत अथिति । उहाँले नेपालीले संकल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ । तस्वीर: बिजय कुमार महतो
More
सभापति निरङ्कुश बने : काङ्ग्रेस नेता केसी
रुपन्देही । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङ्गबाट नभई निरङ्कुश ढङ्गबाट चलेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रष्ट पार्नुभयो । पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उहाँले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी सङ्घ पनि संस्थागत हुन नसकेको दाबी गर्नुभयो । उहाँले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्ने बताउनुभयो । नेता केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत
More
दश महिनामा ११ लाखले लुम्बिनी भ्रमण गरे
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी भ्रमणमा नेपालीको सङ्ख्या अत्याधिक रहेको छ । दश महीनाको अवधिमा आठ लाख ९२ हजार ३६१ जनाले लुम्बिनीको भ्रमण गरेका छन् । यस्तै एक लाख ३२ हजार १८२ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । तेस्रो मुलुकका एक लाख २३ हजार ९३९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीमा ९५ हजार ८२३ नेपालीले लुम्बिनी भ्रमण गर्दा १२ हजार ९८८ भारतीय र अन्य देशका नौ हजार ७१४ जनाले भ्रमण
More
पार्टी पुनर्गठन दिवस–जनसभा
काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी मार्गमा शनिबार पार्टी पुनर्गठन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (विप्लप )द्वारा आयोजित जनसभामा सहभागी पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीलगायत सहभागीहरु । तस्बिर: प्रदीपराज वन्त
More
कपिलवस्तुमा स्थानीय नेता राजाबाबुको गोली हानी हत्या
तौलिहवा : कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो । नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा शुक्रबार राति १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा गोली लागेका उनको घटनास्थलमै ज्यान थियो । जिल्लामा राजाबाबु भनिने चिनिने चौधरी गतसालको स्थानीय तह निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । यस्तै उनी स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सांसदमा उठेका थिए । तत्कालीन फोरम लोकतान्त्रिकका नेतासमेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहँदै आएका थिए
More
जडीबुटी प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने
काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका बाँसजन्य उद्योग र जडीबुटीको उत्पादन तथा प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने बताएका छन्। नेपालका लागि चिनियाँ राजदूत यू होङले शुक्रबार उनीसँग गरेको बिदाई भेटका अवसरमा मन्त्री बस्नेतले लगानीका लागि नेपाल उपयुक्त स्थान भएको र सकारात्मक वातावरण बनेको बताएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए। सो अवसरमा राजदूत होङले पछिल्लो तीन वर्षमा नेपालमा चिनियाँ लगानी ६३५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क उल्लेख गर्दैे चिनियाँ कम्पनीका लगानीमा निर्माणाधीन विकास आयोजनाका काममा सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराए। राजदूत होङ दुईवर्षे कार्यकाल पूरा गरी यसै महीना चीन फर्कंदै छन्। डिसी नेपाल
More
बस दुर्घटनामा पाँचको मृत्यु
राजविराज – भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । सो दुर्घटनामा परी तीन दर्जन यात्रु घाइते भएका र घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिँदै उहाँले गम्भीर घाइते आधा दर्जन यात्रुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र अन्य घाइतेको राजविराजस्थित गजेन्द्र नारयाणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोे बताउनुभयो
More