Daily Archives 25th November 2018

तेह्रथुम समाज यूकेको बैठक सम्पन्न

सुरेन्द्र इङ्नाम– केन्ट । गत २५ नोभेम्बर २०१८ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठक साथै उप–सभामुख डा. शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यकम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो चरणः यस संस्थाका संस्थापक अध्यक्ष चित्राज लिम्बुले सन २०११ मा उक्त सहयोगको सुरुवात गरेर पुर्बाध्यक्ष सुर्य खापुङ्ले शसक्त रुपमा लागी परेपछि धेरै सहयोग जुटाएर बर्तमान कमिटीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त भवन निर्माण सहयोगलाई अध्यक्ष डम्मर सिङ्गकले अन्तिम निर्णय लिन आज बैठक राखि भवन निर्माणको लागी स्विकृति लिने र दिने जस्मा भवनको एक छेउको ३ तले (एक एक कोठा पत्येक तलामा) साथै अन्य विविध कार्यको
More

एनआरएन युके र नेपालब्रिटेन डट कमद्धारा संकलित ८ लाख रुपैयाँ आइना बार्कालाई हस्तान्तरण

लन्डन । गैरआवासीय नेपाली संघ युके र नेपालब्रिटेन डट कमको सकृयतामा संकलित ८ लाख रुपैयाँ स्पेनिस समाजसेवी आइना बार्कालाई हस्तान्तरण गरिएको छ । हेटौंडामा ‘आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र’ स्थापना गरि अपांग बालबालिकाको पालन पोषण गरिरहेकी बार्काले नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा उपस्थित भएर आफ्ना योजना सार्वजानिक गरेकी थिइन् । आइतबार लण्डनमा एक कार्यक्रमको आयोजना गरि नेपालब्रिटेन डट कमका पुर्व सल्लाहकार कुल आचार्य, पुर्व अध्यक्ष चिरन्जिवी ढकाल, सम्पादक नारायण गाउँले संयुक्त रुपमा उक्त रकमको चेक बार्कालाई हस्तान्तरण गरे । कार्यक्रममा व्यवसायी काशीराज बोहोरा, डा. राजेन्द्र थापा, समिरनाथ प्याकुरेल, हिमाल प्रसाईं, बालकृष्ण भुषाल, कृष्ण तिवारी, नायक ध्रुव दत्त लगायतको
More

प्रमोद खरेलको ‘तिनिन उनैले’ रिलिज

काठमाडौं : गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत ‘तानिन उनैले’ बोलको गीत सार्वजनिक गरिएको हो। मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ। गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन्। उनी भन्छन्, ‘मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ। यस गीतमा पनि उहाँहरुको साथ पाउनेमा म विश्वस्त छु।’ प्रमोद अहिले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचका रूपमा काम गरिरहेका छन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नम्रता श्रेष्ठ र सुधिर खनालको अभिनय रहेको छ। रजिव समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नम्रता
More

सांसद डा. पाठकको महाप्रवन्ध कंसाकारलाई प्रस्न , महालेखा परीक्षकको प्रतिवेदन गलत हो ?

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै सत्तारुढ दलका सांदहरुले कारबाही सिफारिस गर्न माग गरेका छन् । लेखा समितिको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेको र निगमका महाप्रवन्ध सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको भन्दै कारबाहीका लागि सिफारिस हुनुपर्ने बताए । सांसद सूर्य पाठकले ‘के त्यसो भए महालेखा परीक्षकको प्रतिवेदन गलत छ त ? ठोस जवाफ दिनुहोस्’ भने पछि महाप्रवन्धक कंसाकारले महालेखा जस्तो निकायले गलत प्रतिवेदन दिएको आफूले भन्न नसक्ने बताएका छन् । नेकपाकै अर्का सांसद अमनलाल मोदीले पनि भ्रष्टाचार भएको
More

शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ विन्दुले घटेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत तीन दशमलव शून्य आठ विन्दुले घटेर २४७ दशमलव ९८ विन्दुमा झरेको छ । स्टकका अनुसार कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये
More

एनआरएनए अध्यक्ष भट्टलाई पितृशोक

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । भट्टका पिता यदु भट्टको स्थानीय समयअनुसार ३ बजे जापानमा निधन भएको हो । उहाँको शव पर्सी मंगलबार नेपाल ल्याउने कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ । भट्ट मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । पूर्वमन्त्रीसमेत रहेका भट्टका तीन छोरा छन् । एनआरएन अध्यक्ष भवन यदुका माइला छोरा हुन्  भने जेठा शिशिर र कान्छा सुशील भट्ट हुन् । पूर्वमन्त्री भट्टको निधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष भट्टप्रति समवेदना व्यक्त गरेका छन् । अध्यक्ष थापाले टुइटरमा लेखेका छन्, ‘पुर्वमन्त्री यदु भट्टको निधनको खबरले अत्यन्त दुस्खित भएको छु।उहां एक
More

दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुने सम्भावना कम : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले दुई महिना भित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आज पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् । नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि गर्दै विद्यार्थीले सानेपामा शुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउदै महामन्त्री कोइरालाले पछिल्लो समय थप गरिएको समय भित्र महाधिवेशन हुन नसक्ने बताए । नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि कांग्रेसको अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो । विधान अनुसार नेविसंघको दुई बर्षमा
More

सांसद ओलीलाई प्रसंसा पत्र

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवन उद्घाटन समारोहमा आइतबार राष्ट्रियसभाकी सांसद एवं कलेजमा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत छात्रा कोमल ओलीलाई प्रसंसापत्र वितरण गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्वीर: पूर्णप्रसाद मिश्र
More

अध्यादेशले देश चलाउनु अलोकतान्त्रिक पद्धती

काठमाडौं । सङ्घीय संसद्का सांसदहरुले संसद् सञ्चालनमा विलम्ब गर्ने तथा अध्यादेशबाट देश चलाउने अवस्थाले लोकतन्त्र बलियो तुल्याउन नसकिने धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले लोकतन्त्रमा कानून निर्माणसम्बन्धी काम विधि र प्रकृयाका आधारमा टुङ्ग्याउनु पर्नेमा कर्मचारी समायोजन जस्तो महत्वपूर्ण विषय संसद्लाई छलेर किन अघि बढाउन खोजिएको भनि प्रश्न गर्नुभएको हो । बैठकमा सदस्य कृष्णगोपाल श्रेष्ठले सिद्धान्ततः अध्यादेशबाट देश चलाउन हुँदैन भन्ने कुराको सरकारले हेक्का राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् सञ्चालन गर्न विलम्ब गर्ने अनि अध्यादेशबाट देश चलाउने अवस्था सिर्जना गर्नु गलत हो ।” सांसद बृजेशकुमार गुप्ताले सरकारले कर्मचारी समायोजनाका सम्बन्धमा
More

बहूमूल्य प्रजातिको च्याउ नेपालीको कब्जामा

इटालीबाट खरिद गरी पोर्चुगल ल्याइएको बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) चर्चित इटालीयन सेफ टंक सापकोटाले शुक्रबार राजधानी लिस्बनमा बिशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्दै । उक्त च्याउ पाँच वर्षयताकै बिश्वमै सबैभन्दा ठूलो भएको दाबी गर्नुभयो । तस्बीर: भरत प्रधान
More