Daily Archives 26th November 2018

ब्रेक्जिट: निल्नु न ओकल्नु

प्रकाश के.सी, लण्डन । गत आइतबार विहान, युरोपीयन युनियनका २७ राष्ट्रहरुले पूर्ण रुपमा ४० मिनेटमै ब्रेक्जिटको छोडपत्रको सम्झौतालाई सहमति दिएको छ । युरोपीयन युनियन काउन्सिल अध्यक्ष डोनाल्ड टस्क र कमिशनका अध्यक्ष जिन क्लाउड जन्करलगायत बेलायती प्रधानमन्त्रीसँगको भएको उक्त सम्झौतालाई युनियन र बेलायतबीचमा मानिन सकिने अन्तिम र उत्तम सम्झौता भएको र जसको अब कुनै पनि हालातमा त्यसमाथि पुनरावलोकन नगरिने बताएका छन् । तर प्रधानमन्त्री मेईको क्याविनेटले वहुमतले सहमति जनाएको सो युनियनसँगको सम्झौतालाई अब महिनाभित्र अर्थात् आगामी डिसेम्बर १० भित्र वहुमतका एमपीहरुका सहमति जुटाउनु प्रधानमन्त्री मेईलाई अत्यन्तै असम्भव हुने बताइएको छ । आखिर किन त ? सन् २०१५ मा कन्जर्भेटिभ पार्टीले भारी
More

पूर्वमन्त्री स्वर्गीय यदु प्रसाद भट्टको पार्थिव शरिर नेपाल पठाउने तयारी

ज्याक खड्का । टोकियो,जापान। उपचारकै क्रममा जापानमै निधन भएका पूर्वमन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीरलाई जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ । एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतवार अपरान्ह निधन भएको थियो । लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो । पारिवारिक स्रोतका अनुसार उन को पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया तिब्रताका साथ अगाडि बढाईएको र जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको छ । नेपाल लैजाने प्रक्रियाअनुसार उहाँको पार्थिव शरीर अस्पतालबाट अन्यत्र सारिएको छ ।
More

दक्षेपू तमुधिं लण्डनको सातौँ अधिवेशन सम्पन्न

लण्डन। फाल्कोनवुड, केन्टको फाल्कोनवुड कम्युनिटी सेन्टरको हलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डनको सातौ अधिवेशन अत्यन्त भव्यताको साथ आज, २५ नोभेम्बर २०१८को दिनमा सम्पन्न भएको छ। संस्थाका महासचिव ह्यारी गुरुङले सञ्चालन गरेको अधिवेशनलाई समाजका अध्यक्ष श्रीचन्द्र गुरुङले सभापतित्व गरेका थिए। आसन ग्रहणको कार्यक्रम पश्चात समाजका अध्यक्ष लगाएत वरिष्ठ व्यक्तित्वहरूद्वारा द्वीप प्रज्वलन गरी कार्यक्रमलाई उद्घाटन गरेका थिए। नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर शुरु गरेको यस कार्यक्रमलाई संस्थाको उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य प्रकट गर्दै हलमा उपस्थित सदस्यहरूलाई स्वागत गरेका थिए। संस्थाका पूर्व प्रमुख तथा संस्थापक सल्लाहकार मोहन गुरुङ, पूर्व अध्यक्षहरू क्रमशः हरिगोविन्द गुरुङ, क्या.रि. नारायनबहादुर गुरुङ, चन्द्रमान गुरुङ तथा संस्थाकी उपाध्यक्ष कमला
More

वेल्समा एनआरएन युकेको अन्तरक्रिया

लन्डन – गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुखअतिथि एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागिसंगै हातेमालो गर्दै आगाडी बढ्न प्रतिबद्द गरे । अधिवक्ता गोबिन्द बेलबासेले बिदेशमा रहेका गैरआवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिए । आइतवार सम्पन कार्यक्रममा एनआरएन युकेका नेताहरु सहभागी भए । कार्यक्रममा उपाध्यक्षहरु प्रेम गाहा मगर, शेर सुनार, पुनम गुरुङले सम्बोधन गरेका थिए। वेल्स को ब्रेकन सिटीमा आयोजित कार्यक्रममा राज्य समन्वय परिसदका
More

‘वाइडबडी खरिदको प्रक्रिया नै त्रुटिपूर्ण, म संलग्न छैन’

पोखरा । संकृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका लागि ‘वाइडबडी’ विमान खरिदको प्रक्रिया नै त्रुटिपूर्ण रहेको भन्दै आफू त्यसमा संलग्न नरहेको स्पष्टीकरण दिएका छन् । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा उनले अघिल्लो सरकारको पालामा अघि बढेको प्रक्रियाअनुसार विमान आएकाले आफूमाथि शंका नगर्न आग्रह गरे । ‘अगाडिकै सरकारको पालामा सम्पूर्ण प्रक्रिया भएको हो । मेरो पालामा जहाज आएकोमात्रै हो’–उनले भने । उनले वाइडबडी जहाज भाडामा नभइ किनेरै ल्याएको जहाज भएकोसमेत दाबी गरे । मन्त्री अधिकारीले स्थानीय तह पूर्वाधार विकास कार्यक्रमको विनियोजित रकमसमेत सोक्रममा सार्वजनिक गरेका थिए । गृहजिल्लामा कालोझन्डा यसैबीच, मन्त्री अधिकारीलाई पोखराको सिर्जनाचोकमा नयाँ शक्ति पार्टी
More

भलिबल खेल उद्घाटन

हुम्लामा सोमबारबाट अन्तर–गाउँपालिका स्तरीय भलिबल खेल सुरुभएको छ । सातवटा पुरुष टिम र दुईवटा महिला टिमले सहभागिता जनाएका छन् । खेल उद्घाटन आफ्नो संस्कारको पहिरनको हुड्के नाच गर्दै सुरु भयो । तस्वीर: दाने बोहरा
More

टानमा तालाबन्दी

काठमाडौं । तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् । युनिट्राभको नेतृत्वमा आज पर्यटन श्रमिक सङ्घ र अखिल नेपाल पर्यटन मजदूर सङ्घले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । गत साउनमा तलब भत्ता, बीमा, चाडपर्व भत्तालगायत विषयमा पर्यटन मजदूरले टानसमक्ष सात सूत्रीय माग राखेका थिए । आफ्ना मागको सुनुवाइतर्र्फ टान कार्यसमिति एवम् पदाधिकारी उदासीन भएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो । पथप्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाइएको टिप्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी
More

बालकको उपचारका लागि जापानबाट ६२ हजार सहयोग

गलेश्वर । विगत छ महीनादेखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय बालक नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुर विकले सहयोगका लागि देश विदेशमा रहेका नेपालीमा अपिल गरेपछि सिन्धुपाल्चोककी सामाजिक अभियन्ता बबिता योञ्जनले नजिन बचाउ अभियान सञ्चालन गर्नुभएको थियो । म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाबारे बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहनुभएका उहाँको सक्रियतामा ‘नजिन विक बचाउ’ अभियान फेसबुक
More

डा. केसीको ३ बुँदे माग, पुस २ गतेभित्र पूरा नभए अनसन बस्ने

काठमाडौं । डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारमा सरकार उदासिन भएको भन्दै फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दे डाक्टर केसीले तीन बुँदे माग अघि सार्दै आगामी पुस २ गतेभित्र माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका हुन् । उनले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरी मुद्दा चलाइनुपर्ने माग अघि सारेका छन् । त्यस्तै, डाक्टर केसीले सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग पनि अघि सारेका छन् ।
More

सुन तस्करसँग भेटेको छैन : सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले दुबई भ्रमणका क्रममा आफूले कुनै सुन तस्करसँग नभेटेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा आईजीपी खनालले सुन तस्करसँग भेटेको समाचार आएपछि उनले उक्त आरोपको खण्डन गरेका हुन् । आईजीपी खनाल इन्टरपोलको महासभामा सहभागी हुन एक साता अघि दुबई गएका थिए । उनको साथमा डीआईजी निरज शाही, एसएसपी देउती गुरुङ, एएसपी उमेशराज जोशी भ्रमणमा गएका थिए । सो क्रममा साढे ३३ किलो सुन काण्डका अभियुक्त ठाकुर ढुंगानासँग भेटघाट गरेको भन्दै खनालको आलोचना भएको हो । बिहीबार खनाललाई एनआरएनको कार्यक्रममा सहभागी हुन निम्तो दिइएको थियो । कार्यक्रममा पूरै बस्न नभ्याउने भएपछि आफू १ घन्टाका लागि
More

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । केन्द्रिय सदस्यको कार्य विभाजन टुंग्याउने भनि आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो । कार्य विभाजन टुंग्याउन आइतवार दिनभर छलफल गरेपनि त्यसले पुर्णता पाउन नसकेकाले बैठक स्थगित भएको नेकपाका नेताहरुले बताएका छन् । सचिवालयले कार्य विभाजनको ठोस प्रस्ताव तयार पारे स्थायी समितिले चार सय ४१ जना केन्द्रीय सदस्यकै कार्य विभाजन गर्ने तयारी छ । केन्द्रीय कमिटीको एक तिहाई एक सय ४७ जना रहेको पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय संगठनको एकीकरण प्रक्रिया टुग्याउने नेकपाको तयारी
More

काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर : गगन

चितवन । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताउनुभयो । चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उहाँले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो । उहाँले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।” कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका
More

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुन तस्करीसँग उठबस

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विवादमा तानिएका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को महासभामा सहभागी हुन युनाईटेड अरब इमिरेटस (युएई)को दुबईमा पुगेका महानिरीक्षक खनालले सुन तस्करी प्रकरणमा उच्च अदालत बिराटनगरमा मुद्दा बिचाराधीन रहेका अभियुक्तहरुसँग भेट गरेसँगै उनी विवादमा तानिएका हुन् । मंसिर २ देखि ५ गतेसम्म भएको इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका महानिरीक्षक खनालले सुन तस्करीमा मुछिएका ठाकुर ढुंगाना र विवादास्पद व्यापारी दीपक मल्होत्रा र बाजेका सेकुवाका संचालक चेतन भण्डारीलाई भेट गरेको खुलेसँगै उनी विवादमा तानिएका हुन् । सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी टोलीलाई झुक्याएर भागेका धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई दुबई बस्दै आएका ठाकुरप्रसाद ढुंगाना प्रहरी
More

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो । कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौँ, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही रहेका छन् । विभागका महानिर्देशक
More

बाढीपीडितलाई सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीको कटानले घरवारविहीन भएका दुई परिवारका लागि बेलायतमा रहेका मिमप्रसाद छन्त्यालको अगुवाईमा संकलित राहत रकम रु ६ लाख बाढीपीडित यामबहादुर चन्दलाई र अर्का पीडित चन्द्रबहादुर चन्दको रकम रिखार आमा समूह खरिबोटका प्रतिनिधिलाई हस्तान्तरण गर्दै समन्वयकर्ता नेपाल छन्त्याल संघ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र वडा अध्यक्ष गमान छन्त्याल । तस्बिरः कमल खत्री
More

डाक्टर केसी पुनः अनसन बस्ने

काठमाडौं । डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर पुनः आन्दोलन गर्ने घोषणा गरेका छन् । सरकारले सहमति अनुसार चिकित्सा शिक्षा सुधारका काम अघि नबढाएको भन्दै केसीले ३ साताको अल्टिमेटम सहित १६ औं पटक अनसन घोषणा गर्न लागेका हुन् । उनले आज दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्दैछन् । केसीका सहयोगी डा अभिषेक राज सिंहले १५ औं अनसन तोडने समयमा भएको सहमति अनुसार सरकारले काम नगरेकाले केसीले अनसन बस्ने तयारी गरेको जानकारी दिए । प्रधानमन्त्री ओलीको पहलमा नेता सुवास नेम्बाङ र बिष्णु पौडेलको सक्रियतामा भएको सहमति कार्यान्वयन नभएको केसीको आरोप छ । त्यतिवेला सरकार र केसीबीच चिकित्सा शिक्षा
More

गच्छदारको उपसभापति पद संकटमा !

काठमाडौं । पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन । सभापति शेरबहादुर देउवाले पार्टी एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’का आधारमा उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार विमलेन्द्र निधि उपसभापति मनोनीत गरिएका थिए । केन्द्रीय समितिमा प्रस्तुत विधानको मस्यौदामा सहमति भएन र महासमितिले पनि पदाधिकारी नथप्ने अहिलेकै प्रस्ताव पारित गरे गच्छदारको उपसभापति पद संकटमा पर्नेछ । गच्छदारलाई व्यवस्थापन गर्न दुई उपसभापति बनाउने व्यवस्था गर्नुपर्छ । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला त्यसको पक्षमा छैनन् । ‘उपसभापति मनोनीत गर्न खाली सिटमा नै उहाँ गच्छदारलाई ल्याएको
More

बसको ठक्करबाट युवकको मृत्यु

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ । से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । चौधरी महेन्द्रनगर बजारबाट घरतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिएको हो । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस
More

बलात्कारी बचाउन नेताको चलखेल

काठमाडौँ – बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एक पार्टीका नेताले ‘उ हाम्रो पार्टीको मानिस, रिक्सा चालक संगठनको व्यक्ति हो’ भन्दै उनलाई दबाब आएको थियो । अन्नपूर्ण पोष्ट दैनिक
More

इँटा भट्टामा पुरिएर मजदुरको मृत्यु

काठमाडौं । इँटा भट्टामा राखिएको माटोको ढिस्कोमा पुरिएर आइतबार काठमाडौंमा एक जना मजदुरको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगल माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सतुंगलस्थित हिरा इँटा उद्योगमा काम गर्ने मजदुर गुरुङको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । माटोमा पुरिएको देखेपछि गुरुङलाई साथीहरुले उद्धार गरेका थिए । बेहोस गुरुङलाई ओम अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । डिसी नेपाल
More