Daily Archives 27th November 2018

मिस वर्ल्डमा श्रृंखलालाई भोटिङ गर्न एनआरएनएको आग्रह

लण्डन । जनताको गुनासो सुन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ले गत साता मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल श्रृंखला खतिवडालाई भोट माग्दै आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो सेयर गर्‍यो। झन्डै एक लाख ५० हजार फलोअर्स भएको सरकारको आधिकारीक ट्विट ह्यान्डलमा त्यसको केही समयमै अनेक प्रतिक्रिया आए। धेरैले जनगुनासो सुन्न बनाइएको सरकारको आधिकारिक ह्यान्डल सुन्दरी जिताउन लागेको भन्दै विरोध पनि जनाए। नेपालमा मात्र नभई विदेशमा समेत ‘श्रृखलाका लागि भोट’ अभियान सञ्चालन भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्य राष्ट्रिय परिषदहरुलाई भोट गर्न आधिकारिक सर्कुलर गरेको छ। नोभेम्बर २३ मा एनआरएनए महासचिव डा.बद्री केसीले एनसीसीको ग्रुप इमेलमार्फत् भोटिङ
More

काङ्ग्रेस जिल्ला सभापतिको बैठक ककनीमा

काठमाडौं । नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ । काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिनुभयो । “काङ्ग्रेसको विधान संशोधन समितिमा रहनुभएका काङ्ग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरुको समान धारणा बनाउँछौँ,” उहाँले भन्नुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उहाँको भनाइ थियो
More

मुन्द्रेको कमेडी कल्वमा युकेको चर्चैचर्चा (भिडियो)

लण्डन । नेपाल टेलिभजनको चर्चिक कार्यक्रम ‘मुन्द्रेको कमेडी कल्व’ को चौथो भागमा वेलायतबासी नेपालीको चर्चा गरिएको छ । छोटो समयमा लोकप्रियताको शिखरमा पुगेको सो कार्यक्रमका संचालक जीतु नेपालले नेपाली कलाकार वेलायत आउदा निकै ठूलो सम्मान गर्ने गरेको निकै ठ्ट्यौलीपारमा प्रस्तुत गरेका छन् । कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिएका गायक शिव परियार वेलायतमा आयोजित एक कार्यक्रममा पैसैपैसाँले पुरिएको भन्दै जीतुले परियारको आम्दानी माथि व्यंग्य प्रहार गरेर कार्यक्रमलाई रोचक बनाएका छन् । गायक परियारले लण्डनको पल्म्वस्टेडमा आयोजित त्यस्तो कार्यक्रममा वेलायतबासी नेपालीले माया दर्साएर फेतामा पैसाँ भरिदिएको प्रसंग उठाएका छन् । उनले युकेमा आफुले सोभिनियरको रुपमा धेरै पैसाँ पाएको उल्लेख गरे ।
More

माथिल्लो तामाकोशीको शेयर सबैलाई

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ । तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका
More

नेविसंघको १२औं महाधिवेशन पुस २८ गतेदेखि काठमाडौंमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ। नेविसंघ केन्द्रिय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो। बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधी गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बताए। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। सोही समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार मंसिर २२ गतेभित्र मावि र
More

उपत्यकामा विहीबारदेखि जोर-बिजोर प्रणाली

काठमाडौं । उपत्यकामा चल्ने सवारी साधनमा विहीबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एशिया प्यासेफीक सम्मेलनलार्इ लक्षित गर्दै मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिने भएको हो । सम्मेलनमा भाग लिन काठमाडौं आउने विशिष्ट अतिथिको आवागमन सहज बनाउन उक्त व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जस अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी साधन मात्रै सञ्चालनमा गर्न पाउने छन् । त्यस्तै १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन मात्रै उपत्यकाका सडकमा सञ्चालन गर्न पार्इने महाशाखाले जनाएको छ । जोर-बिजोर प्रणाली सवारी साधनको अन्तिम
More

ज्योतिको घर नेपाल नामक संस्थाको नौँ बार्षिक उत्सब

नेकपाका वरिष्ठ नेता माधबकुमार नेपाल, महानायक राजेश हमाललगायत मङ्गलबार ज्योतिको घर नेपाल नामक संस्थाको नौँ बार्षिक उत्सब कार्यक्रममा सहभागी हँदै । तस्वीर: रोशन सापकोटा
More

‘सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताउनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज यहाँ आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उहाँले भर÷अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको स्पष्ट पार्नुभयो । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै सबैका लागि र सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने बताएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आजभन्दा २५ वर्ष पहिले हामीले नै पहिलो चोटि अल्पमतको
More

अब देश अघि बढ्यो। अगाडि बढिसक्यो। मुलुक सुशासन र विकासको बाटोमा लम्कियो’, प्रधानमन्त्री

काठमाडौं – सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार कार्यक्रम गरी सरकारले कार्यक्रम घोषणा गरेको हो। पहिलो सामाजिक सुरक्षा दिवस तथा सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले २५ वर्ष पुरानो कार्यक्रममा नयाँ आयाम थपिएको बताए। २०५१ मा एमाले नेतृत्वमा अल्पमतको सरकार बनेका बेला जेष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेको सम्रण गर्दै प्रधानमन्त्रीले त्यसैको निरन्तरतामा नयाँ कार्यक्रम आएको तर्क गरे। ‘त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एकचोटी सुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो’, प्रधानमन्त्रीले
More

जोर्डनमा नेपाली चेलीको रहस्यमय मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन् । कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो । सिन्धुलीपाल्चोक बाह्रबिसे थापागाउँकी रोशनी रसाईली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाईली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शी नेपाली युवतीले जानकारी दिइन् । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ । ती प्रत्यक्षदर्शी नेपाली महिलाले बताइन् ।
More