Daily Archives 28th November 2018

जनचाहना अनुरुप परिणाममुखी काम गर्छु: सांसद डा. सूर्य पाठक

बाग्लुङ । सांसद डा. सूर्य पाठकले परिणममुखी विकास आयोजनालाई केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । डा. पाठकले आफु निर्वाचित भएको एक वर्षे कार्यकालको समीक्षा गर्न बाग्लुमा विहीवार आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उक्त कुरा वताएका हुन् । पाठकले १ वर्षे कार्यकालमा संसद, विकास निर्माण, स्थानीय पूर्वाधार साझेदारी केन्द्रित रहेर काम गरेको वताए । उनले आफ्नो भूमिकालाई संसदमा प्रभावकारी बनाउन विभिन्न मुद्धामा आवाज उठाएको वताए । उनले सरकारबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम एवं बजेट, जनताका मौलिक हक, अधिकार सम्बन्धीत कानुनहरु निर्माणमा १६ वटा मौलिक हक सम्बन्धी विधेयक मध्य वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जातीय भेदभाव तथा
More

एनआरएन स्वीजरल्याण्डको महिला फोरमद्वारा वीर अस्पताललाई ह्विलचेयर हस्तान्तरण

लण्डन। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीजरल्याण्ड, महिला फोरमले बुधवार नेपालको पहिलो अस्पताल वीर अस्पतालमा सहयोग स्वरुप ह्विलचेयर हस्तान्तरण गरेको छ । वीर अस्पतालमा आयोजित एक कार्यक्रममा एनसीसी स्वीजरल्याण्ड महिला फोरमका सल्लाहकार एवं पूर्व उपाध्यक्ष विजया भट्ट र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीले महिला फोरमको तर्फबाट अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्मालाई ह्विलचेयर हस्तान्तरण गरे । राष्ट्रिय समन्वय परिषद स्वीजरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको संयोजनमा अस्पताललाई १२ वटा ह्विलचेयर प्रदान गरिएको हो । विशेषगरी वीर अस्पतालमा आउने सर्वसाधारण बिरामीको सेवाका निम्ति सो सहयोग गरिएको हो । कार्यक्रमको सुरुवातमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत
More

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा एनआरएन नेताहरु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई आर्थिक विकासको बाटोमा तीव्रताका साथ अगाडि बढाउन एउटा नयाँ अभ्यासको थालनी भएको बताएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा गठित उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुकमा नीति, योजना तथा कार्यक्रम कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण भएको समेत बताए । “हामीसँग उपलब्ध स्रोत र साधनको महत्तम उपयोग गर्दै सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्न सम्भव छ,” प्रम ओलीले भने, “मुलुकको लक्ष्य प्राप्तिका लागि सरकारी, निजी र सहकारी क्षेत्रबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रवद्र्धन गर्दै अगाडि बढ्नुपर्छ र यसमा परिषद्को संस्थागत संरचना थप क्रियाशील बनाउनुहोस् ।” बैठकमा सम्वाद परिषद्का सदस्य सुरज वैद्यले
More

नेकपाको सचिवालय बैठक आज

काठमाडौं । दुई दिन लगातार रोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक दुई दिन लगातार सरेको हो । दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा महासचिव विष्णु पौडेल र रामबहादुर थापाले तयार पारेको तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुनेछ । पार्टी अध्यक्षले जनवर्गीय संगठनको एकता मोडल तयार पार्न नसकेको भन्दै नेकपाभित्र आन्तरिक असन्तुष्टि बढेको छ । लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसक्दा नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।
More

दैलेख जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा जीप दुर्घटना परि ज्यान गुमाउनेको संख्या छ जना पुगेका छन् । सुर्खेतवाट ठाँटिकाँध गाउँपालिका–३ वहाँकोट तर्फ जाँदै गरेको भे१च २२०७ नम्बरको जीप आज विहान पिपलचौतारा धामिगाउँ नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका ३ का अन्दाजी ४७ बर्षीय राजेन्द्रवहादुर शाही, ठाटीकाँध–४ का २६ बर्षीय दिलिप शाही, वडा नम्बर १ का अन्दाजी ३० बर्षीय निर्मल वम र सम्सेर पुन, जीप चालक रमेश शाही र स्थानीय रत्ना शाही रहेका छन् । तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव २ सय मिटर
More

श्रम स्वीकृतिका लागि टोकन प्रणाली

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ । यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधरमा तोकिएको मिति र समयमा मात्र सेवा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । दैनिक ९०० लाई टोकन
More

सभामा धेरै भीड

मङ्सीर १ गते छायाँनाथ रारा नगरपालिकालाई मदिरामुक्त घोषणा गर्ने सभामा धेरै भीड भएपछि बाहिरबाट उभिएरै हेर्दै स्थानीयबासी । तस्वीर: तीर्थ भट्टराई
More

लिम्बू भाषा सरकारी कामकाजी भाषा

मङ्गलबारे । नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिनुभयो । वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताउनुभयो । कार्यान्वयनको औपचारिक घोषणा इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले विहीबार गर्ने वडा कार्यालयले जनाएको छ । वडामा दोभाषे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी
More

दैलेख दुर्घटनामा मृत्यु हुने ६ पुगे

दैलेख : दैलेखमा बुधबार जीप दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको छ।सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो। दुर्घनामा २ जना घाइते छन्। मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌‌ं.३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌ं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।क्षेत्रीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको
More

छात्रावास निर्माणका लागि बेलायतमा ४० लाख संकलन

लमजुङ । बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ । सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण गरिन लागिएको हो । बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले ‘डेफ नेपाल एक्पेडिसन–२०१८’ गठन गरी छात्रावास निर्माणका लागि चन्दा सङ्कलन अभियान शुरु गरेको र त्यसबाट रु ४० लाख सङ्कलन भएको थियो । डेफ नेपाल एक्पेडिसन–२०१८ समूहका टोली प्रमुख डेबिट लवटनसहितको टोलीले विद्यालय भवन निर्माणस्थलको अवलोकन तथा निरीक्षण गरी सन् २०२० सम्ममा भवन निर्माण सक्ने प्रतिबद्धता जनाएका छन् । शुरुआती चरणमा छात्रावास निर्माण गरिनेछ भने त्यसपछि उनीहरुका लागि छुट्टै कक्षाकोठासमेत निर्माण गरिने
More

देउवालाई रोक्न, सुजाता निवासमा लन्च मिटिङ

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन बाहेकको समूहले पार्टी सभापति शेरबहादुर देउवा पार्टीभित्र अधिनायकवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै गुटगत भेलालाई तिब्रता दिएको छ । आगामी महाधिवेशनबाट सभापति देउवालाई कुनै पनि हालतमा रोक्ने भन्दै तयारी गरिरहेका उनीहरु हिजो मंगलबार बिहान मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको निवासमा भेला भएका थिए । उक्त समूहले आसन्न केन्द्रीय कार्यसमिति र महासमितिको बैठकमा एकै आवाज बनाउने तयारी गरेको छ । सुजाता निवासमा भएको ‘लन्च मिटिङ’मा नेताहरुले पार्टी संस्थापन पक्षको विरोध गरेका थिए । विधानमा फरक मत राखेको संस्थापन बाहेकका समूहले १३ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा राख्ने समान धारणाबारे तयारी शुरु गरेको हो ।
More

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

काभे्रपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वको छानबिन समितिले अनुसन्धान गरिएकामा मङ्गलबारदेखि पुर्पक्षमा राखेर छानबिन गरिएको हो । उक्त दुर्घटनामा घाइते डिआइजी भण्डारीलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा र २४ वर्षीय पत्रकार जीवन पराजुली तथा टेड युनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । छ जना सवार बा३च २८७ नंको ल्याण्डक्रुजर कच्ची सडकबाट
More

दुई दिदी बहिनी सुतेकै ठाउँमा मृत

सोलुखुम्बु । पासाङ ल्हामु गाउँपालिकामा दुई बालिका सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लामा दुई बालिका सुतेकै ठाउँमा मृत भेटिएका हुन्। स्थानीय एक होटलमा काम गर्दै आएकी १६ वर्षीया संगना राई र उनकी ९ वर्षीया बहिनी खुशी राई सुतेकै अवस्थामा मृत भेटिएका हुन्। बेलुका काम सकेर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। डिसी नेपाल
More

अख्तियारद्वारा दाहालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दादायर गरेकाे छ। घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालसहित उनीहरूलाई मुद्दा दायर गरेको हाे। राष्ट्रिय बहिरा महासघं नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र श्रव्य दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल भुक्तानी गरिदिन माग गर्दा २५ हजार घुस लिएको दाहाललाई अभियोग लगाइएको छ। यस्तै आयोगले झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन अभिलेख लिई ठगी गरेको अभियोगमा कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत उप–रजिष्टारद्वय गङ्गाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर
More

सबै आवेदकले पाए माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन्। आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ। बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ। त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ। तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन
More