Daily Archives 29th November 2018

एनआरएनएद्धारा दुःख व्यक्त

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको वुवा यदुप्रसाद भट्टको निधनमा संघले दुःख व्यक्त गरेको छ । संघले विहीवार एक विज्ञप्ति जारी गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो । भट्टको गतहप्ता टोक्यो जापानमा निधन भएको हो । संघले भट्टको निधनबाट मुलुकले एक कुशल राजनीतिज्ञ र ख्यातिप्राप्त समाजसेवी गुमाएको जनाएको छ । विसं २००१ मा गोरखाको भीमसेन गाउँपालिका कुबिन्डेमा जन्मनु भएका भट्ट हाल समाज सेवामा सक्रिय थिए। पहिले राजनीतिमा संलग्न भट्ट विसं २०३९ सालमा वाणिज्य सहायक मन्त्री थिए। उनका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।
More

विधान संशोधन मस्यौदाको छलफलमा काङ्ग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो । पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ । यही मङ्सिर
More

एशिया प्रशान्त सम्मेलन : नेपालको पर्यटकीय प्रवद्र्धन

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०२०’ प्रवद्र्धन हुने भएको छ । नेपालमा गत भदौमा सात राष्ट्रसम्मिलित बिम्स्टेक सम्मेलपछिको बृहत् यो सम्मेलनबाट नेपालको पर्यटकीय प्रचारप्रसारमा समेत टेवा पुग्ने मानिएको छ । सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुको पनि सहभागिता हुने छ । सम्मेलनमा छ राष्ट्र- सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता हुने आयोजकले जनाएको छ । सम्मेलनमा भाग लिन तथा नेपालको औपचारिक भ्रमणका लागि विभिन्न मुलुकका राष्ट्र-सरकार प्रमुख र विशिष्ट
More

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ औँ, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा रहेका छन् । नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा
More

खाल्डा पुर्न सम्मेलन नै आउनुपर्ने !

काठमाडौं । सर्वसाधारणले बारम्बार गुनासो गर्दा पिच नभएको सडक फेरि एउटा गैर सरकारी संस्थाले आयोजना गर्न लागेको सम्मेलनका लागि टालटुल भएको छ । भोलीदेखि सुरु हुने चारदिने ‘एसिया प्यासिफिक सम्मेलन’का लागि काठमाडौंका विभिन्न स्थानको सडक रातारात पिच तथा टालटुल गरिएको हो । कार्यक्रम आयोजना हुने होटल हायात आसपासदेखि चावहिल मित्रपार्क लगायतका स्थानको सडक गएराति टालिएको हो । साथै वाटोको धुलो समेत ब्रुमरले सफा गरिएको छ । सर्वसाधारणले धुलो र हिलोको गुनासो गर्दा पिच नभएको सडक एउटा गैर सरकारी संस्थाको सम्मेलनका लागि टालटुल गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि बिमस्टेक सम्मेलनका क्रममा पनि सडकमा रातारात पिच गर्नुका साथै टालटुल गरिएको
More

कोमल वली र नारायणकाजीको विवाहको हल्ला ‘वाहियात’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो निजी जीवनबारे चलेको हल्ला वाहियात भएको बताएका छन् । राष्ट्रिय सभाकी सदस्यसमेत रहेकी कलाकार कोमल वलीसँग विवाहको प्रसंग जोडेर आएको समाचार पूरै गलत भएको नेता श्रेष्ठ सम्बद्ध सूत्रले जनाएको छ । यस सम्बन्धमा श्रेष्ठसँग सम्पर्क गर्दा उनले भने, ‘यो वाहियात हल्ला हो ।’ स्मरणीय छ, नेता नारायणकाजी श्रेष्ठले केही वर्षअघि नै जीवनभर विवाह नगर्ने सार्वजनिक घोषणा गरेका थिए । पार्टीकै कतिपय नेतावाट विवाह गर्ने भन्दै यस प्रकारको हल्ला–चर्चा चलाएको कुराले आफूलाई दुःखी तुल्याएको श्रेष्ठको भनाइ छ । प्राप्त जानकारीअनुसार केही दिनअघि फ्रान्सेली राजदूतको निवासमा आयोजित रात्रिभोजको अवसरमा लिएको
More

एनआरएनए स्वीट्जरल्याण्ड महिला फोरमद्वारा वीर अस्पताललाई ह्वीलचेयर

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला फोरमले अस्पताल वीर अस्पताललाई ह्वीलचेयर प्रदान गरेको छ । वीर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताललाई फोरमले करिब १ लाख २ हजार मूल्य बराबरको १२ वटा ह्वीलचेयर सहयोग स्वरुप हस्तान्तरण गरेको हो । नेपाल र नेपालीको हितमा आफूलाई सदैव उभ्याउँदै आईरहेको एनआरएनए स्वीट्जरल्याण्डको महिला फोरम र उक्त फोरमको नेतृत्व गरिरहेकी संयोजक शुभ एल्मर लामाको संयोजन र विजया भट्टको पहलमा आर्थिक संकलन गरी १२ वटा ह्वीलचेयर वीर अस्पताललाई प्रदान गरिएको हो । वीर अस्पतालमा देशभरबाट उपचारका लागि आउने बिरामीहरुको भीड लाग्ने गर्दछ । तिनै बिरामीहरुको सेवामा अलिकति भए पनि सहयोग पुगोस्
More

सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड

काठमाडौं । म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताउनुभयो ।
More

शेयर बजार ;; दोहोरो अङ्कले घट्यो

काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । कारोवार वृद्धि
More

यात्रुको भीड

मंसिर १३ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुन गइरहेको एसिया प्यासेफिक सम्मेलनमा भाग लिन आउने विभिन्न देशका विशिष्ट अतिथिहरुको सवारी आगमनलाई व्यवस्थित बनाउन लागु गरेको जोर बिजोर सवारी साधन सञ्चालन गरेपछि बिहीबार माइक्रोबस चढ्ने यात्रुको भीड । तस्वीरः भगवती थापा
More

सूकी र हुन सेन काठमाडौंमा

काठमाडौं । काठमाडौंमा भोली शुक्रबारदेखि शुरु हुन लागेको ‘एसिया प्यासिफिक सम्मेलन’का लागि सहभागि हुन म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी काठमाडौं आइपुगेकी छिन् । सूकी करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल आइपुगेकी हुन् । त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं आइपुगेका छन् । उनी करिब पौने १२ बजे त्रिभुवन विमानस्थल आइपुगेका हुन् । सूकी र हुन सेनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थल पुगेर स्वागत गरेका थिए । सम्मेलनका लागि काठमाडौं आउने विभिन्न देशका सरकार प्रमुखसँग पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनमा ७ राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख,
More

कांग्रेसका जिल्ला सभापतिहरुको भेला सकिँदै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज सकिँदैछ । नुवाकोटको ककनीमा जारी भेला आसन्न महासमिति बैठकका लागि सभापतिहरुका तर्फवाट पेश गरिने एजेण्डा तय गरेर सकिन लागेको हो । नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले विधानका अधिकांश विषयमा साझा धारणा बनाएर केन्द्रीय कार्यसमितिमा सुझाव पठाइने जानकारी दिए । महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म राजधानीमा हुँदैछ । भेलामा सहभागी कांग्रेस सभापतिहरुले केन्द्रीय कार्यसमितिमा प्रस्तुत विधान संशोधन मस्यौदाप्रति अधिकांश जिल्ला सभापतिले असन्तुष्टि जनाएका छन् । सभापतिलाई मनोनयन अधिकार बढी दिने, केन्द्रीय कार्यसमितिको आकार बढाउने तर पदाधिकारी संख्या नबढाउने, केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधानलगायत विषयमा जिल्ला सभापति असन्तुष्ट छन् ।
More

आत्मदाहबाट युवतीको मृत्यु

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताउनुभयो । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् । आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।
More

सुन्तला खेती

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित कृषक कमला शाहीले सुन्तला खेती गरेर बिक्रीको लागि बजार लाने तयारी गर्दै । तस्वीर: कृष्ण न्यौपाने
More

एसिया प्यासिफिक सम्मेलनका लागि अतिथि आउने क्रम सुरु

काठमाडौं । भोली शुक्रबारदेखि काठमाडौंमा सुरु हुने ‘एसिया प्यासिफिक सम्मेलन’ का लागि विभिन्न देशका सरकार प्रमुख तथा बिशिष्ट अतिथि आउने क्रम शुरु भएको छ । सम्मेलनका भाग लिनका लागि म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सूकी आज काठमाडौं आइपुग्दै छिन् । सूकी विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि आजै काठमाडौं आइपुग्दैछन् । सम्मेलनका लागि काठमाडौं आउने विभिन्न देशका सरकार प्रमुखसँग पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनमा ७ राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख, १० जना पूर्वराष्ट्र र सरकार प्रमुखको सहभागिता रहने आयोजकले
More

पैसा लुट्ने दुई प्रहरी हवल्दार पक्राउ

काठमाडौं । नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले शुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको बतायो । प्रहरी स्रोतले भन्यो, ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा
More

सशस्त्र प्रहरीले ब्यारेकका लागि ठाउँ पाएनन्

दोलखा । जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन। मुलुक सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल विस्तार गर्ने योजनाअनुरुप १६० सशस्त्र प्रहरीको दरबन्दीसहित विस्तार भएको गुल्मलाई बसोबासका लागि उचित स्थानको अभाव भएको हो। राष्ट्रिय गौरवको आयोजना, महत्वपूर्ण प्रतिष्ठान, औद्योगिक सुरक्षा र विशेषगरी उत्तरी सीमा सुरक्षाका लागि गत साउन १ गते दरबन्दी स्वीकृत भएर असोज १८ गतेदेखि सदरमुकाम चरिकोटमा स्थापित उक्त नं १८ गुल्मलाई स्थान अभावकै कारण सुरक्षामा समेत चुनौती थपिएको छ। गुल्मले चरिकोटस्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवन प्रयोग गर्दै आए पनि उक्त स्थान
More

अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

राँझा – बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे१त ६७५४ र भे१त ५०२८ नंको ट्र्याक्टरसहित चालक नरैनापुर–४ को ४० वर्षीय जाकिर खाँ, २८ वर्षीय बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाँगीले
More

नेपालमा विदेशबाट आयत २२ अर्बको मदिरा

काठमाण्डौं । नेपालमा पछिल्लो १० महिनामा २४ अर्बको चामल र २२ अर्बको मदिरा उपभोग भएको तथ्यांकले देखाएको छ । १० महिनामा मात्रै २९ देशबाट नेपालमा २२ अर्ब ३८ करोड को मदिरा आयात भएको हो। नेपालमा मदिरा आयात हुने देशरुमध्ये फ्रान्स, अष्ट्रेलिया, नेदरल्यान्ड, भारत, अमेरीका, मेक्सिको, इटालि लगाएतका देशहरु रहेका छन् । उक्त देशरुबाट आयात हुने पेया पदार्थहरुमा वाइन, रम, जीन, भोड्का,बियर, ह्रिस्की रहेका छन। भन्सार विभागले गत आर्थिक बर्षमा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २९ देशबाट तयारी मदिराजन्य पदार्थ आयात भएको उल्लेख छ। नेपालमा आयात हुने मदिरामा सबैभन्दा धेरै भारतबाट एक करोड सात लाख ३५ हजार ७९९
More