Daily Archives 3rd December 2018

एनआरएनए स्कटल्याण्डको सपथ ग्रहण सम्पन्न

स्कटल्याण्ड। हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद कार्यसमितिको सपथ ग्रहण गरिएको छ। गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई सपथ ग्रहण, प्रमाणपत्र बितरण र सम्मान गर्नु भएको थियो। सो समारोहमा बोल्दै एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नु पर्ने बताउनु भयो। यस्तै गरि एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले एनआरएनए स्वयम्सेवी संस्था भएको र एनआरएनए युकेले गैरआवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानी, युकेमा नेपालीहरुको
More

कार्यक्रममा सहभागी फरक क्षमता भएका

अन्तर्राष्ट्रिय अपाङग दिवसका अबसरमा राष्ट्रिय अपाङग महासंघ प्रदेश ५ द्वारा सोमबार बुटवलमा आयोजित कार्यक्रममा सहभागी फरक क्षमता भएका । तस्बिर : निरु गौतम
More

अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

पाल्पा । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो । अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उहाँले मनग्य आम्दानी गरिरहनु भएको छ । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उहाँले भन्नुभयो । गत वर्ष रु एक लाख ५० हजारभन्दा बढी आम्दानी भएको उहाँको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ । होटलमा ग्राहकले अरिङ्गालको
More

आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोको सहभागिता नहुने सम्भावना

काठमाडौं । आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइसकेको छ । तर तेक्वान्दोको जिल्ला छनोट भने एकाएक रोकिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले लामो समयदेखि विवाद रहँदा तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै जिल्ला छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएपछि खेलाडी छनोट रोकिएको हो । तेक्वान्दोमा दुई सङ्घ अस्तित्वमा रहँदा काम गर्न अप्ठेरो परेको निष्कर्षसहित राखेपले राष्ट्रिय खेलकूदको जिल्ला छनोटमा तेक्वान्दोलाई समावेश नगर्न परिपत्र जारी गरेको छ । राखेपले दुई सङ्घ एक नहुदाँसम्म राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने स्पष्ट पारेको छ । राखेपको ११० औँ बोर्ड बैठकले तेक्वान्दो विवाद समाधान गर्न आग्रह
More

नेकपाको प्रदेश कमिटीले पूर्णता पायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरे पनि नामावली सार्वजनिक गरेको थिएन । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर नामावली आज सार्वजनिक गरेका हुन् । पाँच वटा प्रदेश कमिटीमा साविक एमालेको र कर्णालीमा साविक माओवादीको बहुमत छ । प्रदेश १ मा नेकपाले २०७ सदस्यीय कमिटी गठन गरेको छ । जसमा पूर्व एमालेका १२२ र पूर्व माओवादीका ८५ सदस्य छन् । त्यस्तै, प्रदेश २ मा बनाइएको २१५ सदस्यीय कमिटीमा पूर्व नेकपा एमाले र माओवादीका समान १०६ जना छन् । प्रदेश
More

सवारीसाधनमा निर्मलाको फोटो टाँसेर न्यायको माग

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै संघर्ष गरिरहेका अभियानकर्ताले पोस्टर बनाएर ल्यापटप, झोला, ज्याकेट तथा सवारी साधनमा टाँस्ने अभियान थालेका छन् । उनीहरुले सडक किनार र बिजुलीका पोलमा टाँसिएका तस्बिर सरकारले च्यातेपछि नयाँ शैली अपनाउदैं काठमाडौंको नयाँ बसपार्कबाट बाहिरिने सवारी साधनमा निर्मलाको फोटो सहितको फोटो टाँसेर न्यायको माग गरेका हुन्। उनीहरुले नयाँ बसपार्कबाट देशका विभिन्न ठाउँमा पुग्ने बस तथा काठमाडौं उपत्यकाभित्र मात्रै चल्ने गाडीहरुमा पनि पोस्टर टाँसेका छन् । सामाजिक सुरक्षा कार्यक्रम घोषणाअघि प्रधानमन्त्रीको फोटो अंकित पोस्टर काठमाडौंको सडक किनारामा टाँसिएका थिए। पोस्टरमा नयाँ युगको सुरुवात लेखिएको थियो। त्यसैको अर्को दिन निर्मलाका निम्ति न्यायका अभियानकर्ताहरुले
More

महासङ्घद्वारा भत्र्सना

काठमाडौं । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई नेपाली सेनाहरूले गरेको दुव्र्यहारको भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश बिष्टद्वारा आज जारी विज्ञप्तिमा नेपाली सेनाले पत्रकारद्वयलाई लछारपछार गर्दै उनीहरूको क्यामेरा र मोबाइल नियन्त्रणमा लिनाका साथै भिजुअल मेटाएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घ नुवाकोट शाखाका अनुसार यही मङ्सिर १३ गते नुवाकोटको बट्टारस्थित नेपाली सेनाको तालीम केन्द्रअगाडि भनेको ठाउँमा मोटरसाइकल नरोकेको भन्दै सचिव जगदीश खनाललाई सेनाले दुव्र्यवहार गरी सडकमा लछारपछार गरेका थिए । सो खबर पाएपछि घटनास्थलमा पुगेर सचिवमाथि भएको ज्यादतीको फोटो खिच्ने क्रममा अध्यक्ष खनाल तथा उनको क्यामेरा
More

पोखरा फाइनान्सको शाखा शारदानगरमा

भरतपुर । पोखरा फाइनान्स लिमिटेडको १९ औं शाखा भरतपुर महानगरपालिका वडा नं. १९ शारदा नगरमा खुलेको छ । विगत २०५३ साल देखि सेवाग्राहिलाई सेवा पुर्याउदै आएको फाइनान्सको १९ औं शाखाको उद्घाटन भरतपुर महनगरपालिका कि उपमेयर पावर्ती शांहले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उपमेयर शाहले फाइनान्स खोलनु कुनै ठुलो काम नभएको भन्दै यस्लाई निरन्तरता दिई छरीएको पुँजीलाई व्यवसायीक रुपमा अगाडी बढाउन सक्नु ठुलो कुरा रहेको बताउनु भयो । सबै कुराले सुविधा युक्त महानगर भए मात्र भरतपुर महानगरपालिका नामले मात्र होईन कामले पनि महानगर बन्ने र यसको लागि स्थानिय सरकारको हैसियतले भरतपुर महानगरपालिका पछाडी नहट्ने प्रतिवधता शाहले
More

बेपत्ता १४ वर्षकी बालिका सुनसान घरभित्र

बिहीबार दिउँसोदेखि बेपत्ता भएकी १४ वर्षकी एक बालिका शनिबार आफ्नो घरदखि ५० मिटर पर रहेको अर्को सुनसान घरभित्र भेटिएकी छिन् । ती बालिका दुई दिसम्म चिसोमा भोक प्यास सहँदै बसेकी थिइन् । भोक, प्यास र चिसोका कारण उनका ओठ नीलो भैसकेका थिए । बालिका आफ्ना मातापिता सम्बन्धविच्छेद गरेर छुट्टिएको तथा हजुबुवा हजुरआमाको अत्याधिक कडाइका कारण डिप्रेसनमा थिइन् । यही कारण उनी घर छाडेर भागेकी थिइन् । पुलिसले शुक्रबार उनको घरको दराजबाट एउटा पत्र बरामद गरेको थियो । पत्रमा बालिकाले लेखेकी थिइनन् कि हजुरबुवा हजुरआमा र काकाकाकीले उनलाई कुटपिट गर्छन् । उनलाई साथीहरुसँग कुरा गर्न पनि दिँदैनन् र हरेक कुरामा कडाइ
More

सङ्घीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताउनुभयो । रासससँग कुरा गर्दै नेता खाँणले भन्नुभयो, “संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श गरेको छैन, संसद्को बैठक नचलेको लामो अवधि भइसक्यो, पुराना ३०० भन्दा बढी कानून संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने अरु थुप्रै कानून बनाउनुपर्नेछ, त्यसैले जतिसक्यो चाँडो बैठक बोलाउनुपर्छ ।” सत्तारुढ दल नेपाल कम्युनिष्ट
More

संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा

काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैहुनुहुन्छ । सर्वाेच्च अदालतका नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले एक महीनाअघि नै नाम सिफारिश गर्ने परम्परा छ । न्याय परिषद्ले सिफारिश गरेका नाम संसदीय सुनुवाइका
More

दाङमा गोरुको विषयमा झडप

गोरु किन्ने समुह र गाउँलेहरुका बीचमा विवाद बढेपछि दाङको लमही नगरपालिका वडा नं ८ को सतवरिया र राजपुर गाँउपालिकाको सिमानामा आइतबार राती सवा ९ बजे झडपको स्थिती उत्पन्न हुनुका साथै आधा दर्जनबढि मोटरसाईकलमा आगजनी भएको छ । सोमवार बिहान प्रहरीले गाउँमा जलाइएका ७ र २ मोटरसाईकल खरकट्टीमा सकुशल अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ जसमध्ये ७ मोटरसाइकल पूर्णरूपमा जलेका छन्। प्रहरीले रातको समयमा खरकट्टीमा लुकेर बसेका लमहीका युवा अर्जुनकुमार गुप्तालाई घटना संलग्न भएको आंशांकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ । स्थानीयका अनुसार विवादको कारण यस्तो छ स्थानियहरूले गोरू तस्करीको आशंकामा गोरू लानेहरूलाई सोधपुछ गर्ने क्रममा विवाद बढेपछि
More

बुद्धमूर्ति स्थलमा तस्वीर खिचाउँदै

हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ परिसरमा निर्मित बुद्धमूर्ति स्थलमा तस्वीर खिचाउँदै पर्यटक । तस्वीर: हरि बास्तोला
More

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक

काठमाडौं । संवैधानिक परिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गते अनिवार्य अवकाश पाउँदै गर्दा त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद् बैठक बोलाइएको हो । यसअघि न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको थियो । सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति प्रधानन्यायाधीश हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन । तर जोशी यसअघि संसदको सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा
More

खाद्य संस्थानले अन्तिम वर्षगाँठ मनाउँदै

काठमाडौं । नेपाल खाद्य संस्थानले आफ्नो स्थापनाको ४५औँ वर्षगाँठ मनाइरहेको छ । संस्थानको यो सम्भवतः अन्तिम वर्षगाँठ हुनेछ । मुलुकमा खाद्यान्न आपूर्तिको संस्थागत जिम्मेवारी पाएको खाद्य संस्थान अब राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा रुपान्तरित हुने संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताउनु भएको छ । गौचनले जारी गरेको प्रतिवद्धतापत्रमा ‘संघीय सरकारको बजेट वक्तव्यको बुँदा नम्बर १११ मा ‘खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा पुनःसंरचना गरी नेशनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व यसै कम्पनीमा गाभिने भनिएको’ उल्लेख गरिएको छ । उहाँका अनुसार संघीय सरकारको त्यो कार्यक्रम कार्यान्वयन प्रक्रिया यद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अगाडि बढिसकेको छ । राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा रुपान्तरित हुने यो
More

कोदो फलाए पुरस्कार दिइने

बागलुङ । कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । उहाँका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् । नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । “वैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भन्नुभयो, “बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।” खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ । कार्यपालिका बसेर पुरस्कार
More

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

लहान – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो । विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई पक्राउ गरिएका प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख दीगम्बर यादवले जानकारी दिनुभयो । पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत रु ५१ हजार ३७१ राजश्व सङ्कलन भएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा विद्युत्
More

पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

साँखु – काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा रु पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट १६ थान कौडासहित पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक चन्दका अनुसार ठूलो समूहमा ठूलो रकमको साथ जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले रातको १२ बजे धादिङ घर भई काठमाडौँमा होटल सञ्चालन गर्र्दै आएका ३६ वर्षीय राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बारा स्थायी घर भई काठमाडौँ बस्ने
More

अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

काठमाडौं । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन्। सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन्। उनी नवलपरासीका हुन्। आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए। परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन्। ठट्टा सोच्दासोच्दै सत्य भयो। उनका साथीले भने। तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए। ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे। अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो,
More

बलात्कार गरेर फरार रहेका भारतीय नागरिक पक्राउ

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् । आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो । फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानका
More