Daily Archives 5th December 2018

निर्मलाको हत्यारा काठमाडौंबाट पक्राउ

काठमाडौं । कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका २२ बर्षीय युवकको परिचय भने प्रहरीले गोप्य राखेको छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि उनी कञ्चनपुरमा नदेखिएको सीआईवीको दावी छ । परिवारका सदस्यले भने युवक भारत गएको प्रहरीलाई बयान दिएका थिए । तर सीआईवीको टोलीले उनलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले ती युवकलाई सार्वजनिक भने गरेको छैन । प्रहरी उच्च स्रोतका अनुसार ती युवकको डीएनए परिक्षणका लागि नमुना समेत संकलन गरी विधि विज्ञान प्रयोगशालामा
More

एनआरएन यूकेको टोलि बेलायती प्रधानमन्त्री कार्यालयमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई ज्ञापन पत्र बुझाएको छ । संघले जनगणनामा नेपालीको पहिचान उल्लेख गर्न माग गर्दै सो ज्ञापन पत्र बुझाइएको हो । प्रधानमन्त्रीको निवास १० डाउनिङ्ग स्ट्रिटमा पुगेर एनआरएन यूकेले बुधवार दिउसो ज्ञापन पत्र बुझाएको हो । ज्ञापपत्र बुझाउन एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रसमोर बरो काउन्सिलका डेभीड ल्कीफोर्ड र सुर्य गुरुङ ,संगीता मरहट्टा ,एनआरएन युकेका उपाध्यक्ष पुनम गुरुङ, शेरबहादुर सुनार, प्रेम गाहा मगर,ललित कुमार नौपने ,सुशिल राई,महासचिव आर के त्रिपाठी, रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासे,काउन्सिलर लक्ष्य गुरुङ, ज्ञाम गुरुङ, नारायण गाउँले, पवन शर्मा, गुरुङ, मिन गुरुङ, एनआरएनए उपाध्यक्ष कुल
More

वाइड बडी प्रकरणमा मन्त्री अधिकारीमाथि मिलेमतोको आरोप

काठमाडौं । नेपाल वायु सेवा निगमद्वारा खरिद गरिएको दुईवटा वाइडबडी जहाजको भ्रष्टाचार प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि मुछिएका छन् । भ्रष्टाचारमा मन्त्री अधिकारीको पनि मिलिमतो भएको आरोप सांसदहरुले लगाएका छन् । बुधबार सिंहदरबारमा सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा छलफल हुँदा सांसदहरुले मन्त्री अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएका हुन् । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले वाइडबढी खरिद प्रकरणमा मन्त्री अधिकारीको पनि संलग्नता रहेको आशयसहितको अभिव्यक्ति दिएका छन् । डा.रिजालले वाइड बडी प्रकरणमा भ्रष्टाचार भएको स्पष्ट देखिएको आरोप लगाउँदै मन्त्री अधिकारीलाई प्रश्न गरे, ‘भ्रष्टाचारमा तपाईं तानिने कि नतानिने ?’ भ्रष्टाचारमा मन्त्रीको पनि
More

निर्मला हत्या प्रकरणमा एक व्यक्ति पक्राउ

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी टोलीले काठमाडौंबाट २२ वर्षीय युवकलाई पक्राउ गरेको भएपनि उनको बारेमा सबै कुरा गोप्य राखेको छ । त्यसैले गोप्य अनुसन्धानका लागि प्रहरीले पक्राउको पुष्टि समेत गरेको छैन । प्रहरीले ती पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरेर नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि
More

नेका केन्द्रीय समितिको बैठकमा आर्थिक नीति प्रस्तुत

काठमाडौं । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल तथा केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राख्नुभएको थियो । काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको थियो । आजको बैठकमा समग्र
More

राजदूत शेर्पाका सम्बन्धमा छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजदूतकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दासमेत सरकारले चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नु दुःखद भएको उल्लेख गर्नुभएको छ । राजदूतका बारेमा उठेका प्रश्नउपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेसले तत्कालै सो विषयमा आवश्यक छानबिन गर्न, छानबिनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
More

शेयर बजार करीब २३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अङ्कले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज चार दशमलव ९१ बिन्दुले घटेर २३७ दशमलव ७८ बिन्दुमा झरेको छ । कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर रु ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ । कारोवार भएको दश उपसमूह
More

ट्रेण्डिङमा ‘तिम्ले बाटो फे-यौ अरे–२’ (भिडियोसहित)

काठमाडौं । गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे¥यौ अरे’को सिक्वेल सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर रहेको ‘तिम्ले बाटो र्फेयौ अरे–२’ गीतको भिडियो यु–ट्युबमा सार्वजनिक केही घण्टामै ट्रेण्डिङमा परेको छ । यो गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । गीतकार तथा मोडल दर्पणले आफ्नो गीत ‘तिम्ले बाटो फे¥यौ अरे’ लोकप्रिय भएप्छि त्यसको सिक्वेल ल्याएका हुन् । पहिलो गीतलाई गायक राजेशपायल राई र गायिका मेलिना राईले छुट्टाछुट्टै मेल÷फिमेल भर्सन गाएका थिए । यसको सिक्वेल मेलिनाले गाएकी छन् । जुन गीतलाई प्रथम नेपाल आइडल समेत रहेका गायक विक्रम राईले संगीत गरेका हुन् । फरक शैलीमा
More

स्वर सम्राट नारायणगोपालको २८ औं स्मृति श्रद्धाञ्जली

स्वर सम्राट नारायणगोपालको २८ औं स्मृति कार्यक्रमको उपलक्ष्यमा नारायणगोपाल सङ्गीत कोषद्धारा उहाँको निवास काठमाडौंको महाराजगन्जमा बुधवार आयोजित कार्यक्रममा स्वरसम्राटको तस्वीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिरः प्रदीपराज वन्त
More

साउदीमा नेपाल प्रवद्र्धन मेला

काठमाडौं । साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल र नेपाली उत्पादनको प्रवद्र्धन गरिने रियादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले नेपाल प्रवद्र्धन हुने उक्त कार्यक्रममा सहभागी हुन साउदीमा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।
More