Daily Archives 6th December 2018

गोल्डेनशीपमा हलिउड धमका

लण्डन । साउथह्यारो स्थित नेपाली रेष्टुरेन्ट गोल्डेनशीपमा हलिउड तथा कलिउड धमका हुने भएको छ । रेष्टुरेन्ट संचालक देव गुरुगंका अनुसार आगामी शनिवार साँझ ८ बजे पछि सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सपन राई, आचल लामा, रुवी गउलीको विषेश प्रस्तुती रहने छ । कार्यक्रममा सहभागीभै मनोरन्जन लिन गुरुगंले आव्हान गरेका छन् ।
More

यसरी भित्रयाउन सकिन्छ वेलायती एक लाख पर्यटक

बिराज भट्ट । नेपाल सरकार यतिखेर पर्यटन वर्ष २०२० मनाउने तयारीमा जुटेको छ । देश समृद्धिको पथमा लम्किएको बताइरहंदा पर्यटनलाई प्रत्यक्ष टेवा पुग्ने यो अभियान थप कोशेढुंगा हुनेमा दुईमत छैन् । नेपालमा पर्यटन सम्भवतः एकमात्र यस्तो उद्योग हो जसले सबैभन्दा धेरै प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । अर्थतन्त्रलाई गतिशील बनाउन र देशको समृद्धिमा पर्यटन ठूलो सम्भावना भएको क्षेत्र हो । वल्र्ड टुरिजम काउन्सिलको विश्लेषण अनुसार पर्यटनबाट नेपालको जिडिपीमा ४.९ प्रतिशत प्रत्यक्ष योगदान रहेको देखिन्छ । गत वर्षको पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान झण्डै एक खर्ब रुपैयां रहेको तथ्यांक छ । यही उद्योगबाट करिब ५ लाख नेपालीले प्रत्यक्ष रोजगारी पाएका देखिन्छ ।
More

कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ

जनकपुरधाम । जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दासलाई अपराध महाशाखा काठमाडौँको सहयोगमा काठमाडौँस्थित होटल तिरूपतिबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले दासलाई हिजो साँझ काठमाडौँमा पक्राउ गरी आज जनकपुर ल्याई अनुसन्धान भइरहेको छ भन्नुभयो । विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीअनुसार दासले गुठीको जनकपुर उपहानगरपलिका वडा नं ८ किता नं ६२ को दुई कट्ठा ११ धुर र किता नं २८ को दुई
More

‘बेलायतले एकतर्फी रूपमा इयूमा फिर्ता हुन सक्छ’

लम्जेम्वर्ग । बेलायत यूरोपेली यूनियन (इयू) बाट फिर्ता हुन चाहेमा एकतर्फी निर्णय गरेर अघि बढ्न सक्छ वा सक्दैन भन्ने बिषयमा यूरोपेली न्यायालयले आगामी सोमबार निर्णय दिने बताइएको छ । संसदमा ब्रेक्जिटबारे इयूसँग हालै गरिएको सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुनुभन्दा एक दिन अघि उक्त निर्णय दिने अपेक्षा गरिएको हो । यूरोपको उच्च अदालतलाई यूरो क्षेत्रलाई नियमन गर्न बनाइएको कानूनको ‘धारा ५०’ सक्रिय भएको अवस्थामा के बेलायतले उक्त प्रक्रियाबाट फिर्ता हुन सक्छ भनी मागिएको रायमाथि डिसेम्बर १० मा निर्णय दिनसक्ने बताइएको हो । वरिष्ठ अधिवक्ता तथा संघका एक वरिष्ठ कानूनी सल्लाहाकारले बेलायतले चाहेमा आफ्नो ब्रेक्जिट यात्रालाई एकतर्फी रूपमा स्थगित
More

मन्त्रीका लागि २७ वटा आवास भवन बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्ने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने प्रतिभाशाली युवा र अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले सो कोष स्थापना गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्बाट भएका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘युनिभर्सल पिस फेडरेशन’बाट प्राप्त ‘लिडरसिप एण्ड गुड गर्भनेन्स अवार्ड’ सहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी सो कोषको स्थापना
More

राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन आज एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ
More

कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै

काठमाडौं । नेपाली कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै गएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरु दुई खेमामा विभक्त भएका छन् । सभापति शेरबहादुर देउवा पक्ष पार्टीमा पदाधिकारी थप्ने विषयमा सकारात्मक छैन भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पदाधिकारी थप्नुपर्ने वकालत गरिरहेको छ । कतिपय सभापति देउवा पक्षका नेताहरुले सभापतिको अधिकार कटौती गर्ने गरी विधान मस्यौदा भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेका छन् । देउवापक्षीय नेताहरुहरुले सभापतिलाई अधिकारसम्पन्न गराएमात्र पार्टीले सोचेजस्तो परिणाम दिनसक्ने तर्क गरिरहेका छन् । पौडेलपक्षीय नेताहहरुले भने सबै पदाधिकारी निर्वाचित हुनुपर्ने धारणा राखेका छन् । बैठकमा बोल्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पदाधिकारी, संसदीय
More

लुम्बिनीमा चित्रकला कार्यशाला

अन्तर्राष्ट्रिय जलरङ महोत्सव अन्तर्गत बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबार भएको प्रतियोगितात्मक स्थलगत चित्रकला कार्यशालामा मायादेवी मन्दिरको चित्र उतार्दै नेपाली चित्रकार । तस्वीर : नारायण ढुङ्गाना
More

फिनल्याण्डमा रचना वाचन

काठमाडौं । कवयित्री एवम् गीतकार पुष्पा खनालले आफ्ना कविता र गीत सिर्जना फिनल्याण्डस्थित कुपिओ शहरमा साहित्यानुरागीका बीचमा प्रस्तुत गर्नुभएको छ । पहिलो पटक स्वदेशबाहिर अङ्ग्रेजी भाषामा अनुवाद गरिएका आफ्ना रचनालाई सो शहरमा बुधबार प्रस्तुत गरिएको कवयित्री खनालले जानकारी दिनुभयो । सो कार्यक्रममा दुई दर्जनभन्दा बढी रचना वाचन गरेको उहाँले बताउनुभयो । सर्जक खनालले हालसम्म दुई सयभन्दा बढी गीत तथा कविता रचना गरिसक्नुभएको छ । उहाँका विभिन्न गीत रचना गायक अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइराला लगायतले स्वर भरिसक्नुभएको छ । नेपाली कला, संस्कृति र समाज चिन्न र बुझ्न कवयित्री खनालका एकल कविता वाचनले सहयोग गरेको बताइएको छ ।
More

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गर्नुभएको थियो । भ्रमण दलमा सहभागी
More