Daily Archives 7th December 2018

नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म अबार्डको तयारि भब्य

 नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन लागेको ग्लोबल नेपाली  फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ।नयाँ बर्ष सन् २०१९ को अवसरमा लभ एण्ड सपोर्ट फाउन्डेशनको अयोजना तथा ग्लोबल नेपाली फिल्म एंड म्युजिक एल.एल .सी .को सहकार्यमा “नेपाली चलचित्र, संगीत ,सञ्चार र संस्कृतिको पहिचान र प्रवर्धनका लागि हाम्रो सामुहिक अभियान ” भन्ने नाराका साथ सम्पन्न हुन लागिरहेको सो समारोह अमेरिकामा यसरी एकै पटक चलचित्र ,संगीत ,संचार तथा सामाजिक क्षेत्रमा योगदान गर्नेहरुका लागी सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको सम्भवत
More

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

‘लैङ्गिक हिंसा दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत शुक्रबार तनहुँको दमौलीमा जिल्ला समन्वय समितिको आयोजना र व्यास नगरपालिकाको सहआयोजनामा निकालिएको -यालीमा सहभागी विद्यार्थी । तस्वीर : कृष्ण न्यौपाने
More

भूपू सैनिकका सन्ततीलाई कसरी व्यवस्थापन गर्छौ ?

काठमाडौं । गोर्खा भूतपूर्व सैनिक सङ्घले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विभिन्न कारणले बेलायतलगायत मुलुकमा आवासीय सुविधा प्राप्त गरेको गोर्खा भूतपूर्व सैनिकका सन्तानलाई वंशजका आधारमा नागरिकता लिन पाउने व्यवस्था गर्न माग गरेको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आजको बैठकमा सङ्घका अध्यक्ष कृष्णकुमार राईको नेतृत्वमा रहेको टोलीले नेपाल र अङ्ग्रेजबीचको सम्झौताअनुसार आफूहरु नेपाली राहदानी लिएरै जागीर खान गएको हुँदा बेलायतमा जन्मिए पनि आफ्ना सन्तानलाई वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐनमा प्रावधान राख्न सुझाव दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले आवासीय भिसा मात्र पाएका छौँ, नेपाल र बेलायतबीचको सम्झौताअनुसार हामी त्यहाँ गएका हौँ, भूपू गोर्खाका अहिले हङ्कङमा
More

नेका केन्द्रीय समिति बैठक जारी

काठमाडौं । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत तथा केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्ट र अमरसिंह पुनले आ–आफ्नो धारणा राख्नुभएको थियो । काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको थियो । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय
More

प्रहरीको गोली लागि गुण्डा नाइके राजन लिम्बु घाइते

काठमाडौं । काठमाडौंको कालोपूलमा प्रहरीले गुण्डा नाइके राजन लिम्बुलाई गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली प्रहार गर्दै भागेपछि प्रहरीले लिम्बुमाथि गोली चलाएको जनाएको छ । तिघ्रामा गोली लागेको लिम्बुको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनको साथवाट एक चिनियाँ पेस्तोल र त्यसमा लाग्ने चार गोली बरामद भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । लिम्बु इटहरीमा आइएमइ लुटेर सञ्चालकलाई गोली प्रहार गरी भागेका अभियुक्त हुन् । उनी काठमाडौंमा लुकेर बसेको जानकारी पाएपछि प्रहरीले खोजी अभियान चलाएको थियो ।लिम्बु करिब एक दर्जन डकैती घटनाका फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
More

एनआरएनको छैटौ एशिया प्यासिफक सम्मेलन शनिबारदेखि

काठमाडौं । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटौ क्षेत्रीय सम्मेलन शनिबारदेखि हङ्कङमा शुरु हुने भएको छ । सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहने सङ्घका प्रवक्ता भूषण घिमिरेले जानकारी दिनुभयो । सम्मेलन आइतबार घोषणापत्र जारी गर्दै समापन हुनेछ । सङ्घले साना तथा मझौला व्यवसायमा लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेराप्रति विशेष छलफल हुने जनाएको छ । सम्मेलनलाई कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले सम्बोधन गर्नुहुनेछ । यस्तै सङ्घका पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचनलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न
More

बुवा र ठूलोबुवाको हत्या

कैलाली । कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो । जहवारकी श्रीमती माइत गएको र आफूलाई जानकारी नगराइ माइत पठाएको भन्दै उनले बिहीबार राति ११ बजेतिर काठको खन्तीले बुवा, ठूलाबुवा र आमालाई ढोका थुनेर हानेको प्रहरीले जनाएको छ । जहवारकी ५० वर्षीया आमा दीलबहाडीदेवी चौधरी घाइते भएकी छन् । उनको टाउको र बायाँ कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय
More

के छ ‘बादशाहको नयाँ लुगा’ कथामा ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गरे, ‘प्रम र वरपरकाले आफ्ना आलोचकहरूलाई थला पारिदिने, जुगाको स्याउँस्याउँ, एनजीओको ट्याउँट्याउँ आदि भन्नु अशोभनीयमात्र नभएर लोकतान्त्रिक संस्कार विपरित भयो है । कि हिजो राजतन्त्रविरूद्ध लड्नु बेठीक भन्नुपर्‍यो, कि लोकतन्त्रमा विरोध सहन सक्नुपर्‍यो ।’ उनले ट्वीटमार्फत प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै लेखेका छन्– प्रमले पुनः ‘बादशाहको नयाँ लुगा’ कथा पढ्ने कि ? डा. भट्टराईले प्रधानमन्त्रीलाई अप्रत्यक्ष रुपमा त्यो बादशाहसँग तुलना गर्न खोजेका हुन् जो आफू नांगेझार भइसक्दासमेत पत्तो पाउँदैन । के छ ‘बादशाहको नयाँ लुगा’ कथामा ? नयाँ लुगा लगाउने सोख भएका एक जना बादशाह थिए । उनले लुगामा निकै पैसा खर्च गर्थे ।
More

शुभम् फाउण्डेशनको अवलोकन

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत शुक्रबार शिक्षामा नयाँ अभ्यास गरिरहेको खोटाङको दिक्तेलस्थित शुभम् फाउण्डेशनको अवलोकनपछि सामूहिक तस्वीरमा । तस्वीर: केदार मगर/खोटाङ
More

एन्जेला मर्केलद्वारा पार्टीको नेतृत्व त्याग्ने घोषणा

ह्यामबर्ग । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै हुनुहुन्छ । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उहाँका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उहाँले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गरिसक्नुभएको छ । आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको हो । “१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न
More

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिनुुभयो । “सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना
More

साङ्लोमै बित्यो उमाकान्तको जवानी

पूरै जवानी फलामे साङ्लो (जञ्जिर) मा बाँधिएरै बित्यो । उनकै अगाडि बाँधिएका पशुचौपायालाई चर्न दिन बेला–बेलामा खोलिन्छ तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्नीसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन् । घोंघीदाहाकी ४१ वर्षीया सुशीलादेवी चौधरीले नै आफ्ना श्रीमान्लाई १२ वर्षदेखि फलामे साङ्लोको हतकडी लगाएर राखेकी हुन् । क्षणभरमै रिसाउने, कराउने, मान्छेलाई देख्नासाथ छोप्ने, कुट्ने, मान्छेमाथि ढुङ्गा फ्याक्ने, जे भेट्यो त्यसैले हिर्काउने गर्न थालेपछि आजित भएर श्रीमतीको आग्रहमा गाउँलेहरुले नै हतकडी लगाएको र त्यो नखोलिएको सुशीलाले बताइन् । मानसिक रोगबाट पीडित बनेका उमाकान्तले एकपटक आफ्नी आमाको हात नै भाँचिदिए । एकपटक घाँस काट्ने हँसियाले खसीको गर्दन
More

दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

काठमाडौं । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता रु १५८ मा कारोवार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रु १७०, जनता बैंकको रु १७४, एनसिसी बैंक रु १९९, नेपाल बङ्गलादेश बैंक रु १८९, मेघा बैंक रु १८६ मा कारोवार भएको छ । सिटिजन बैंकको रु २२२, कुमारी बैंक रु
More

छोराले गरे दुई बुवाको हत्या

कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाँउमा छोराले दुई बुवाको हत्या गरेका छन् । बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ। उनलाई प्रहरीले पक्राउ गरेको छ। आमा द्धीलबहादी देवी चौधरीको टाउको र बाँया कानमा चोट लागेको छ। उनलको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ। श्रीमती माईत घएको र आफुलाई जानकारी नगराई कनि माईत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हनेको प्रहरीले जहरीलाल चौधरीले बयान दिएको ईलाका प्रहरी लम्कीले बताएको छ।
More

बलात्कारको आरोपमा साढे तीन वर्ष कैद सजाय

राजविराज – सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम र वडा नं ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ । गाउँकै एक विवाह समारोहबाट घर फर्किरहेकी महिलालाई गत फागुन २५ गते राति नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते उजुरी दर्ता गरेको थियो । घटनापछि फरार आरोपितलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्ध्रामण्ठ
More

संसदमा टाइ बनाउने प्रतियोगिता सुरू

काठमाडौं । नेपालमा इशाइ धर्म प्रचारको लागि एशिया पेसिफिक सम्मेलन सम्पन्न भएको एक साता नबत्दै संघीय संसदले टाइ बनाउने प्रतियोगिता आयोजना गरेको छ । संसदले इशाइ धर्मको प्रतीक टाइ बाध्ने प्रतियोगिता गर्न लागेको लागेको भनेर आलोचना सुरु भएको छ । जिशस क्राइष्टलाइ शुलीमा झुण्डयाइएको प्रतीकको रूपमा पश्चिमा जगतमा टाइ लगाउने चलन छ । तर,नेपालको संघीय संसद जसले लामो समय दौरा सुरूवाल र ढाका टोपी लगायो अहिले उसैले टाइ बाध्ने प्रतियोगिता गर्न लागेको छ । गत साता भएको समिटमा सरकारको साथै संसद पनि उक्त कार्यक्रम गर्ने संस्थाको सुचीमा थियो । अहिले त्यही संसद चलाउने सचिवालयले कर्मचारी मध्ये कसले राम्रो टाइ बाध्न
More

सई बालकृष्ण साञ्जेल साधारण तारेखमा रिहा

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन सई बालकृष्ण साञ्जेल साधारण तारेखमा रिहा भएका छन् । उनलाई उच्च अदालत विराटनगरले बिहीबार साधारण तारेखमा छोड्न आदेश दिएको हो । प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेति ‘गोरे’ पक्राउ परेकै दिन जेठ ८ गते सञ्जेलसहित प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरेको थियो । त्यसयता उनीहरु सुनसरीको झुम्का कारागारमा थुनिएका थिए । तर बिहीबार उच्च अदालतका विराटनगरका न्यायाधीशद्वय थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको अदालतका रजिस्ट्रार नारायणप्रसाद
More

“पाण्डा बुक कर्नर“ हस्तान्तरण

चीन सरकारबाट प्रदान गरिएको ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गर्दै बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, नेपालका लागि चिनियाँ राजदुत यु होङ्ग र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन । ‘पाण्डा बुक कर्नर’ अन्र्तगत राजधानीका पाँच विद्यालयलाई चिनियाँ सँस्कृति, भाषा, साहित्य तथा अन्य विधाका पुस्तकहरु हस्तान्तरण गरिएको छ । तस्विर : महेन्द्र सुवेदी
More

गैसस गलगाँड ?

ललितपुर । गैरसरकारी संस्था (गैसस)लाई गलगाँडको रूपमा लिन थालिएकामा सरोकार भएका व्यक्तिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । “गलगाँड न झिकेर मिल्काउन सकिन्छ न त त्यसै राख्न नै शोभा दिन्छ, त्यस्तै केही गैससको क्रियाकलापका दूरदराजमा समेत पुगेर सेवा पु¥याउँदै आएका कतिपय गैससकोे योगदानको मूल्याङ्कनसमेत नगरी समग्रमा सबै गैससलाई गलगाँड भनी बुझ्न थालिएको छ,” उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भन्नुभयोे । फ्रेन्डस् सर्भिस काउन्सिल, नेपालको २७औँ स्थापना दिवसका उपलक्ष्यमा बिहिबार आयोजित कार्यक्रममा गैससलाई नियमन गर्न हालै मस्यौदा गरिएको संस्था दर्तासम्बन्धी ऐन कार्यान्यन भए कर तिर्नुपर्ने बाध्यताले झण्डै ७५ प्रतिशत गैसस बन्द हुने अवस्था आइपर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
More

रामजानकी विवाह महोत्सव जनकपुरमा शुरु

काठमाडौं । रामजानकी विवाह पञ्चमी महोत्सव आज देखि जनकपुरमा शुरु भएको छ । विवाह पञ्चमीका कारण दर्शनार्थीहरुको विहानैदेखि जानकी मन्दिरमा भीड लागेको थियो । सात दिवसीय महोत्सवको पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ । सो नगर दर्शनमा रामजानकीको प्रतिकको रुपमा एक जोडा वालवालिकालाई जनकपुरधाममा घुमाइने छ । नगरदर्शनको कार्यक्रम आज बेलुका ४ बजे राखिएको छ । नगर दर्शनमा राम लक्ष्मणको दर्शन गर्न भीड लाग्ने गर्छन । दर्शनार्थीहरुले राम लक्ष्मणलाई फुल छर्केर स्वागतगर्ने परम्परा रहेको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले नगर दर्शन विवाह पञ्चमीको मुख्य आकर्षण हुने गरेको बताए । सात दिवसीय रामजानकी महोत्सवको क्रममा सात
More