Daily Archives 12th December 2018

‘ल्होछार’ मनाउन तमुधिं यूकेले भव्य समारोहको आयोजना गर्ने

लन्डन । बेलायतका तमुहरुले आफ्नो महान पर्व ‘ल्होछार’ भव्य 
समारोहबीच मनाउने तयारी गरेका छन् । ३० डिसेम्बर आइतवार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स हुने सो कार्यक्रममा हजारौं सहभागी हुने अपेक्षा गरिएको छ । यो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक नन्दजंग गुरुङले जनाए । कार्यक्रममा तमुहरुको मौलिक उक्त महान पर्वमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरिने छ । कार्यक्रमको प्रमुख आकर्षण गायक टंक बुढाठोकी र गायिका अनु गुरुङ हुने छन् । सो समारोहमा विभिन्न तमुधिं इकाइले आफ्नो मौलिक नाच देखाउने छन् । कार्यक्रमलाई राजदूत डा. दुर्गाबहादुर सुवेदीले लगायतले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ । उक्त अवसरमा
More

एनआरएन ऐन संशोधनका लागि परराष्ट्र मन्त्रालयद्धारा सुझाव माग

लन्डन– गैरआवासीय नेपालीसम्बन्धी ऐन संसोधनका लागि परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सुझाव माग गरेको छ । प्रराष्ट्रमन्त्रालयले संघको नाममा एक पत्र लेख्दै गैरआवासीय नेपालीसम्बन्धी मौजुदा कानुनहरुमा संसोधन गरिन लागेको जनाएको हो । पत्रमा गैरआवासीय नेपालीसम्बन्धी मौजुदा कानुनहरु गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ संशोधनका लागि लाभग्राहीको तर्फबाट संघ समक्ष सुझाव माग गरिएको छ । नयाँ संविधानको धारा १४ मा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने उल्लेख भएको सन्दर्भमा सो कानुन संशोधन हुन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
More

बलात्कार घटनाका दुई अभियुक्त पक्राउ

काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला अदालतको निर्णय उच्च अदालत पाटनले उल्ट्याउँदै माघ २५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसपश्चात् फरार रहेका ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवरलाई बुधबार पौने २ बजे ललितपुरको गोदावरीबाट प्रहरीले पक्राउ गरेको हो । उक्त घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् । फरार रहेका सिलवालको पनि खोजी भइरहेको महानगरीय
More

कांग्रेस महासमिति बैठकमा १४ सय सदस्यहरु सहभागी हुने

काठमाडौं । मंसिर २८ गतेबाट शुरु हुन लागेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमितिको बैठकमा एक हजार चार सयभन्दा बढी महासमिति सदस्यहरु सहभागी हुने भएका छन् । संघीय संरचनाअनुसार कांग्रेसको कार्यसमिति नभएको हुँदा बैठकमा विगतकै निर्वाचन प्रणालीअनुसार महासमिति सदस्यहरु सहभागी हुनेछन् । संघीय संरचनाअघि कायम दुई सय ४० निर्वाचन क्षेत्रबाट महासमिति सदस्य छनोट भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जना सहभागी हुनेछन् । त्यसअनुसार एक हजार दुई सय प्रतिनिधि हुनेछन् । भ्रातृ, जनसम्पर्क र शुभेच्छुक संगठनबाट ५४/५४ का दरले सदस्यहरु सहभागी हुने हुनेछन् । कांग्रेसको विधानअनुसार जनसम्पर्कबाट एक समिति बराबर तीन जना सहभागी हुने व्यवस्था छ ।
More

योगी आदित्यनाथको यस्तो कामना गरे

काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली जनताको सुख र समृद्धिको कामना गरेका छन् । राम–जानकी विवाह महोत्सवका क्रममा भारतबाट जन्तीको नेतृत्व गरेर बुधबार बिहान जनकपुर आएका उनले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो कामना गरेका हुन् । योगीले हिन्दीमा लेखेको सन्देशको भावानुवाद– ‘‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजाअर्चना गर्न र विदेहराज महाराज जनकको भूमिमा यात्राको अवसर प्राप्त भएकोमा आफूलाई धन्य मान्दछु । भगवान श्रीराम र माता सीताजीको जीवन हाम्रा दुवै देशको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन् । उहाँहरुले जुन आदर्श र मूल्यको पालन गर्नुभयो, त्यो सार्वभौम छ र हामी प्रत्येकलाई त्यसले प्रेरणा प्रदान गर्दछ । मेरो
More

कोलकातामा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

काठमाडौं । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्ने निर्णय गरी सम्पन्न भएको छ । भारतीय भाषा परिषद्, शेक्सपियर सारणीमा भएको दुईदिने सम्मेलनले नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजसँगको सहकार्यमा नेपाली भाषा र साहित्यको उन्नयनका लागि समर्पित रहने निर्णय गर्नाका साथै तृतीय सम्मेलनका दस्तावेज प्रकाशन गर्ने निर्णय पनि गरेको सम्मेलन आयोजक समितिका संयोजक नारायणप्रसाद होमगाईँले घोषणा गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको सम्मेलनका अवसरमा कवि वसन्त चौधरीको बङ्गाली भाषामा राजेन्द्र गुरागाईँबाट अनूदित र हनिफ खानबाट सम्पादिन काव्यकृति ‘वसन्त’, राधेश्याम लेकालीद्वारा लिखित
More

राजधानी तत्काल तोकिँदैन : मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “करीब दश महीनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौँ, १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन् । डिभिजन कार्यालय सबै बनिसकेका छन् ।” हामीलाई कानूनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानून थिएनन् । कानून नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै
More

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

विदुर । केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो । राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दर्ता भएको छ । प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए र तर वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट
More

वार्षिक प्रतिवेदन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४-०७५ को वार्षिक प्रतिवेदन बुझाउँदै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र । साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रदीपराज वन्त
More

४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

धनकुटा। चौबिसे गाउँपालिका–५ हमेला बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सोही ठाउँ बस्ने ४१ वर्षीय धन बहादुर तामाङलाई मंगलबार पक्राउ गरेको हो। घटनाका बारेमा जानकारी पाउनासाथ अस्थाई प्रहरी बिट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। ४१ वर्षीय तामाङले गत मंसिर २४ गते बेलुकी ती बालिकालाई जबरजस्ती करणी गरेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डिसी नेपाल
More

देउवा अनुपस्थित, संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक आज पनि स्थगित भएको छ । बैठक बिहीबार बिहान ९ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष तथा परिषद् सदस्य गणेश तिमल्सिनाले जानकारी दिए । यसअघि मंगलबार बस्ने भनिएको बैठक पुष ५ गतेका लागि सारिएको भए पनि बैठक पुनः आजका लागि बोलाइएको थियो । आज प्रधानमन्त्रीसहित सबै सदस्य बैठकमा सहभागि हुन सिंहदरवार पुगेपनि सभापति देउवाले अन्तिम अवस्थामा कार्यव्यस्तताका कारण आउन नसक्ने जानकारी गराएपछि बैठक स्थगित गरिएको हो । बैठकका लागि प्रधानमन्त्री सवा नौ बजे नै सिंहदरवार आइसकेको प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी
More

योगी आदित्यनाथद्वारा जानकी मन्दिरमा विशेष पूजा

जनकपुर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजापाठ गरेका छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका उनले करिव सवा ११ बजे मन्दिरमा पूजापाठ गरेका हुन् । उनी बिहान करिव पौने ११ बजे जनकपुर विमानस्थल आइपुगेका थिए । पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन उनी मुख्यमन्त्री निवास मधेस भवन जानेछन् । दिवाभोज समापनपछि रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
More

समायोजनमा जाने कर्मचारीलाई यस्ता छन् सुविधा

काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई सुविधा नै सुविधा दिइएको छ । संसदलाई छलेर सरकारले ल्याएको कर्मचारी समायोजन विधयेक अनुसार उनीहरुले तह बढुवादेखि श्रीमान श्रीमती एकै ठाउँमा बस्न पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा जानका लागि फाराम भर्न यसै साता कर्मचारीलाई आह्वान गरेको छ । कर्मचारी समायोजन अध्यादेश जारी भएपछि मन्त्रालयले पहिलो चरणमा आफ्नो वैयक्तिक विवरण छुटेको भए यथाशीघ्र निजामती किताबखानामा अपडेट गराउन आह्वान गरिसकेको छ । श्रेणीविहीन कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन भए दुई ग्रेड थपिने व्यवस्था गरिएको छ । सहसचिव (११ औं तह) लाई पनि दुई ग्रेड थपिने भएको
More

विमानस्थलमा कडा चेकजाँच

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै आन्तरिक उडानमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलको गोल्डेन गेटबाट भित्रने स्थानमा आजदेखि सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको हो । विमानस्थलको सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा उपकरण जडान गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शुरुमा आन्तरिकतर्फ भित्रपट्टि मात्र जाँच केन्द्र थियो । अब बाहिर पनि शुरु भएकाले सुरक्षाकर्मीले हातले जाँच गरिराख्नु पर्दैन । सुरक्षा जाँच कक्षमा पास रिर्डर, लगेज एक्स–रे र वाक थ्रो एक्स–रे रहनेछ । यसअघि यात्रुसँग रहेका लगेज प्रहरीले हातले जाँच गर्दै आएको थियो ।
More

रेलमार्गको स्थलगत निरीक्षण

काठमाडौं । रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताउनुभयो । उक्त टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता थियो । संयुक्त टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थालगायत विषयमा जानकारी लिएको छ । यस्तै चिनियाँ प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार
More

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । मोहम्मद सलाहको गोलमा इंग्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह सी को अन्तिम खेलमा लिभरपुलले नेपोलीलाई १–० गोलको जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो । लिभरपुललाई महत्वपूर्ण जित दिलाउन मोहम्मद सलाहले निर्णायक गोल गरे । खेलको ३४ औं मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । प्रिक्वाटरफाइनलमा प्रवेश गर्नका लागि लिभरपुललाई जित अनिबार्य थियो । नेपोली भने समूह चरणबाटै बाहिरिएको छ । ६ खेलबाट
More

बेचु महतोको हत्या, लाश उखुबारीमा

महोत्तरी । महोत्तरीमा गएराति एक किसानको हत्या भएको छ । औरही नगरपालिका दुई फुलबरियाका ४० बर्षिया बेचु महतोको हत्या भएको हो । गएराति खेतमा सिँचाईका लागि गएका महतोको शव आज विहान फेला परेको हो । महतोको शव घर नजिकैको उखुबारीमा हत्या गरिएको अवस्थामा फेला परेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा महतोको शव फेला परेको हो । हत्या कसले र किन गरेको हो खुल्न बाँकी रहेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
More

गाउँपालिका अध्यक्षमाथि कुटपिट

रुकुम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । अध्यक्षमाथि कुटपिट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
More

बहुविवाहको उजुरीमा थुनिएका खाँले थुनामुक्त हुनासाथ गरे तीन जना पत्नीसँग सम्बन्धविच्छेद

१६ कार्तिकमा रमजान अलि अन्सारीले आफ्नी भान्जी सिराजुनलाई खाँले अपहरण गरेर बेपत्ता बनाएको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा जाहेरी दिएका थिए। १५/२० दिन भारतको बहराइच बसेर घर फर्केको बेला ८ मंसिरमा खाँ प्रहरी नियन्त्रणमा परे। उनलाई एक दिन हिरासतमा राखेको इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। कान्छी पत्नीले आपूmले राजीखुसी भागेर बिहे गरेको प्रहरीलाई बताएपछि खाँ प्रहरी हिरासतबाट मुक्त भएका थिए। ‘बहुविवाहको जाहेरी पनि परेन। राजिखुसीले बिहे गरेको भन्दा कुनै कारबाही गर्ने कुरै आएन’, इन्सपेक्टर विश्वकर्माले भने, ‘अन्सारीले भान्जीलाई खाँबाट छुटाएर अर्को विवाह गर्न चाहेका थिए। उनीहरू तलाक नै चाहन्थे।’ बहुविवाह गरेको अभियोगमा जेल जाने डरले खाँले
More

बालक अपहरण गर्ने तीन जना पक्राउ

भद्रपुर – सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो । इलाका प्रहरी कार्यालय
More