Daily Archives 13th December 2018

पुजाका समान बिक्रीमा

बिहिबार काठमाडौंको महादेवस्थान मन्दिरको परिसरमा मंन्दिरमा चढाउनको लागि प्रयोग गरिने नरिवल तथा पुजाका समान बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बालिका । तस्वीर: चन्द्रकला क्षेत्री
More

इन्जिनियरको चुनावमा लोकतान्त्रिक प्यानल अगाडि

काठमाडौं । नेपाल इन्जिनियर एसोसिएनको ३२ औं केन्द्रीय कार्यकारणी समितिका लागि २८ गते शुक्रबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लोकतान्त्रिक र प्रोग्रेसिप इन्जिनियर समूहबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धामा लोकतान्त्रिक समूह यसपटक पनि विजयी बन्नेमा ढुक्कजस्तै देखिएको छ । इन्जिनियरको चुनावमा प्रोगे्रसिप समूहले सत्ताको प्रभाव देखाइएको आरोप प्रदेश ३ बाट सदस्यका उम्मेदवार बनेका केन्द्रीय सदस्यका एक उम्मेदवार लगाए । उनले भने, ‘विभागमा कार्यरत साथीहरुलाई प्रोगे्रसिप प्यानललाई मतदात गरेको तस्बिर उपलब्ध गराउन उर्दी गरिएको सुन्नमा आएको छ । यदि व्यक्तिको स्वतन्त्रतामा धावा बोलियो भने त्यो इञ्जिनियर एसोसिएनका लागि दुर्भाग्य हुनेछ ।’ यसपटक पनि लोकतान्त्रिक समूह विजयी हुनेमा हामी ढुक्क छौं, उनले भने,
More

लिम्बू भाषालाई कामकाजी बनाउन माग

पाँचथर । लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि संरक्षणमा सक्रिय पाँचथरका विभिन्न सङ्घसंस्थाले लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई स्थानीय तहको कामकाजी भाषा बनाउन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति पाँचथरसँगको समन्वयमा किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा नेतृत्वको एक टोलीले फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै कामकाजी भाषा बनाउन माग गरेका हुन् । छबुँदे ज्ञापनपत्रमा स्थानीय बाहुल्य वक्ता भएको आधारमा लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई पनि कामकाजीको भाषा बनाइनुपर्ने माग गरिएको छ । त्यस्तै राष्ट्रिय शिक्षा विधेयक, २०७४ का आधारमा सम्बन्धित स्थानीय तहभित्र रहेका विद्यालयका सबै तहमा लिम्बू भाषा शिक्षा लागू गराइनुपर्ने र शिक्षक दरबन्दीको
More

तीन किसिमका भारतीय नोट प्रतिबन्ध

काठमाडौं । सरकारले तीन दरका भारतीय नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुई सय, पाँच सय र दुई हजारका भारतीय नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारत सरकारले २०७३ साल कात्तिक २३ गते रातिदेखि ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले पनि भारतीय नोट सटहीमा रोक लगाएको थियो । नेपालमा रहेका वैध भारतीय रुपैयाँको व्यवस्थापन हुन नसकेपछि सरकारले एक सयको बाहेक अन्य भारतीय नोट ल्याउन र राख्न गैर कानूनी हुने भन्दै प्रयोगमा नल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यस्तै बैठकले कपडा उद्योग
More

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

काठमाडौं । नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गर्नुभएको थियो । बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन दुवै मुलुकले निकट सम्पर्कमा रहेर विचार आदानप्रदान गर्दै सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार निर्माण, व्यापार लगानी र ऊर्जाजस्ता पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्नेमा विशेष जोड दिइएको छ । विगतमा भएका सहमति समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न नेपाल र
More

कांग्रेस महासमितिमा जनसम्पर्क समितिबाट ९७ जना सहभागी

काठमाडौं । नेपाली कांग्रेसको शनिबारदेखि सुरु हुने महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । १ हजार ६ सय महासमिति सदस्य बैठकमा सहभागी हुनेछन् । त्यसमा २ सय ४० निर्वाचन क्षेत्रबाट ५ जनाका दरले १ हजार २ सय र भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ९७ जना, जनसम्पर्क सम्पर्क समितिबाट ९७ जना बैठकमा सहभागी हुनेछन् । २९ जना जिल्ला सभापति, २६ जना सांसद पर्यवेक्षकका रुपमा महासमिति बैठकमा सहभागी हुनेछन् । उद्घाटन सत्र २९ गते ११ बजे योगम्बर पार्टी प्यालेस रामशाहपथमा हुनेछ । उद्घाटन सत्र अत्यान्त छोटो बनाउने उद्देश्य राखिएको छ । उक्त सत्र करिब सवा दुई घन्टामा सक्ने
More

संविधान कार्यान्वयन आवश्यक : पूर्वराष्ट्रपति

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज यहाँ विमोचन गर्दै उहाँले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काङ्ग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गर्नुभएकोे लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा
More

नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद पुस्तक

पूर्वराष्ट्रपति डा रामवरण यादव बिहीबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तकको विमोचन गर्दै । तस्बिर : प्रदीपराज वन्त
More

टेरिजा मेलाई विश्वासको मत

लन्डन । बेलायतती प्रधानमन्त्री टेरिजा मेले संसद्बाट विश्वासको मत पाएकी छन् । उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा मेले जित हासिल गरेकी हुन् । उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् । अब उनी बिरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन । जितपछि मेले सबै बेलायत राजनीतिज्ञहरूलाई एकजुट भएर जनताको चाहना पूरा गर्न आग्रह गरेकी छन् । संसदमा भएको मतदानमा उनको दलका २ सय सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १ सय १७ मत परेको थियो । तर, उनले असन्तुष्ट सहकर्मीलाई मनाउने क्रममा आउने आम चुनावअघि आफूले पार्टीको नेताको पद त्याग गर्ने बताएकी छन् ।
More

हिमपात

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । हिमपात सँगै चिसो बढ्दै गएकाले स्कुलमा परिक्षा दिने विद्यार्थीलाई समेत समस्या भएको छ । तस्वीरः दाने बोहरा
More