Daily Archives 15th December 2018

सरकारले जग्गा दिए एनआरएनएले डेढ अर्वको आधुनिक कृषि बजार निर्माण गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो । एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने जनाएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । एनआरएन कृषि प्रवर्द्धन समितिका संयोजक युवराज गुरुङले एकदेखि डेढ अर्व रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार
More

बेल्बासे बिबिसी ‘कम्युनिटी हिरो अवार्ड’ द्वारा सम्मानित

लन्डन । नेपाल ब्रिटेन डट कमको चर्चित १० जनामा परेर मिडिया प्रसनालिटी अफ दि एयरद्वारा सम्मानित जीव बेल्वासे बिबिसी कम्युनिटी हिरो अवार्डद्वारा सम्मानित भएका छन् । उनलाई बिबिसी ससेक्स र सर्यले यो वर्षको कम्युनिटी हिरो अवार्डद्वारा सम्मान गरेको हो । बिबिसीले यो क्षेत्रमा सामाजिक काममा सक्रिय मध्यबाट हेरेक वर्ष एक जनालाई सो सम्मान गर्दै आएको छ । बेल्बासेले स्थानिय काउन्सिलको सिफारिसमा आफुले समाज प्रति गरेको कामको मुल्याकन गरेर सो सम्मान प्रदान गरेकोमा खुशी ब्यक्त गरे । अर्घाखाँचीको खिल्जीमा जन्मिएका जीव बेल्बासे गे्रटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष हुन् । गैरआवासीय नेपाली संघ (एनआरएन) संस्थापनकालदेखि सक्रिय बेल्बासेले बिशेष गरी बिगतमा एनआरएन अभियानमा
More

पोखरा म्याराथनका लागि बेलायतबाट १५ लाख सहयोग

लन्डन — पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय म्याराथनका लागि बेलायतवासी नेपालीले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । भूपू खेलाडी मञ्च पोखराले फागुन ७ गते पोखरामा गर्न लागेको १३ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोगार्थ शुक्रवार साँझ अल्डरसटमा च्यारिटी डिनर गरी उक्त रकम जुटाइएको हो । म्याराथनको इन्टरनेशनल पार्टनर पोखरेली मञ्च युकेले गरेको च्यारिटी डिनरमा एनआरएनए युके र केन्द्रीय पदाधिकारी, तमुधिं युके, सहारा युके लगायत संघसंस्था र व्यक्तिले सहयोग गरेका थिए । पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले सहयोगदाताप्रति आभार व्यक्त गरे । बेलायतवासी नेपालीले मातृभूमिका लागि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्दै आएका छन् । एनआरएनए युके पूर्व अध्यक्ष सूर्य
More

मलेसियामा सचेतनात्मक कार्यक्रम

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई लक्षित गर्दै सचेतनात्मक अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । मलेसियाको भाषा, संस्कृति, कानूनका बारेमा पर्याप्त जानकारी नहुँदा नेपाली श्रमिकले दुःख पाइरहेको अवस्थामा दूतावासले प्रदान गर्ने कन्सुलर तथा श्रम सम्बद्ध सेवाका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार आइतबार स्थानीय पेनाङस्थित सुमित होटल तथा आगामी पुस ८ गते जलन बेन्दरगाहास्थित होटल अर्किड र जोहरस्थित बागुस सिटी होटलमा सचेतनात्मक कार्यक्रम गरिनेछ । विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा मलेसियामा रहेका नेपाली कामदार, सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थीलगायतलाई कार्यक्रममा सहभागी हुन दूतावासले आग्रह गरेको छ । मलेसियाका बारेमा यथार्थ जानकारी
More

प्रसाद खाँदा भारतमा एघारको मृत्यु

नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । विषाक्त खानाका कारण एघारको मृत्यु हुनाका साथै ९३ जनालाई घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र तीमध्ये २९ जनाको अवस्था गम्भीर रहेको एक सरकारी अधिकारीले दिए । घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृत
More

कांग्रेस महासमिति बैठक : कसले के भने ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक शनिबारदेखि काठमाडौंमा शुरु भएको छ । रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन समारोहपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भातृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा
More

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आठ वटा उपखण्डमा आधारित रहेर तयार गरिएको प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीको साङ्गठनिक एकीकरणको अहिलेसम्मको अवस्था र
More

नेका महासमिति बैठक

काठमाडौँको यगम्बर पार्टी प्यालेसमा शनिबार आयोजित नेपाली काँग्रेसको महासमिति बैठकको उद्घाटन गर्दै नेका सभापति शेरबहादुर देउवा । तस्वीर : चन्द्रकला क्षेत्री
More

आइतबारदेखि उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’

काठमाडौं । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । पहिलो चरणमा विभिन्न
More

नेपाली विमानबाट विदेश यात्रा गर्नेको बीमा १ करोड ६० लाख

काठमाडौं । हवाई यात्रुको विमा सम्वन्धी अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि नेपालमा पनि कार्यान्वयनमा आएको छ । सरकारले केही महिनाअघि अनुमोदन गरेको महासन्धि गएरातिबाट कार्यान्वयनमा आएको हो । महासन्धि नेपालमा दर्ता भएका र अन्तराष्ट्रिय उडान गर्ने विमान कम्पनीहरूका हकमा लागु हुने बताइएको छ । महासन्धि कार्यान्वयनमा आएपछि विमान दुर्घटनामा यात्रुको मृत्यु भएमा २० हजार अमेरिकी डलर पाउने हालको व्यवस्थामा परिवर्तन भएर उक्त रकम झण्डै १ लाख ६० हजार अमेरिकी डलर अर्थात १ करोड ६० लाख नेपाली रुपैया भएको छ । यसका अतिरिक्त विमान कम्पनीको लापरवाहीका कारण दुर्घटना भएमा उक्त रकमभन्दा धेरै रकम पाउने व्यवस्था समेत महासन्धिमा गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको
More