Daily Archives 16th December 2018

एनआरएन युके नर्थवेस्ट क्षेत्रीय समिति गठन गर्ने प्रयास असफल, फेरि भेला गर्न संयोजक तोकियो

लण्डन । गैर आवासीय नेपाली संघ युकेको नर्थवेस्ट क्षेत्रीय समिति गठन गर्ने प्रयास बिफल भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लिभरपुलको द गोर्खा रेष्टुरेन्टमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आथित्यमा भएको भेलाले समिति गठन गर्ने प्रयास गरे पछि यहाँ स्थित नेपाली समुदायका अगुवाले बिरोध जनाएका कारण समिति गठन हुन् सकेन । भेलामा एनआरएन अभियन्ता दयानिधि सापकोटा, लिभरपुल नेपाली समाजका प्रवक्ता शिवराज पन्त, कोषाध्यक्ष देउमान इजम, हरि अर्याल, लगायतले बिधान बमोजिम भेला बोलाउन आब्हान गरे पछि समिति गठन हुन् सकेन । भेलामा बोल्ने बक्ताहरुले बिधान बमोजिम समिति गठन गर्न माग गरे पछि गोपाल अधिकारीलाई पुन: भेला बोलाउन संयोजक तोकिएको
More

गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित

लण्डन । गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित भएकी छन् । लम्साललाई शनिवार काठमाडौँमा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो । सम्मान पछि लम्सालले खुशी ब्यक्त गर्दै शुभचिन्तक ,आफन्तजनहरुलाई धन्यवाद दिएकी छन् । उनलको तराई आगन हिमालको छानो छ…गीतको बोलले यो अवार्ड हात पार्न सफल भएको हो । तनहुँकी चेली लम्साल नेपाली लोकदोहरी को क्षेत्रमा एक उदयमान नक्षेत्र हुन् । सानै उमेरमा सांगितिक क्षेत्रमा प्रबेश गरी गायिका लम्साल यतिबेला सोही क्षेत्रबाटै चर्चाको शिखरमा पुगेकी छिन् । लोक साङितिक क्षेत्रकि एक प्रतिभाशाली गायिका कला लम्सालका आवाजमा रहेका धेरै गीतहरु बजारमा आएका छन् । यसै गरि पछिल्लो समयमा कलाको नयाँ
More

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

काठमाडौं । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको हो । उक्त प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गर्नुभएको थियो । अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आजै प्रस्तुत गर्नुभएको हो । जारी बैठकमा बोल्नुहुने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा
More

संविधानले दिए दुबै अध्यक्ष एकै पटक प्रधानमन्त्री हुन्थ्यौँ : ओली

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाएका छन् । आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकता तोड्ने प्रयास सफल नहुने बताएका हुन् । उनले मुलुक बनाउने संकल्पका साथ पार्टी एकता भएको भन्दै संविधानले दिने भए दुबै अध्यक्ष एकै पटक प्रधानमन्त्री हुन पनि तयार रहेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रपति जस्तो सम्मानित र मर्यादित संस्थालाई निरन्तर आक्रमणको प्रयास भईरहेको बताए । उनले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खेल भईरहेको आरोप लगाए । कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान पुर्‍याउन
More

बैद्य, विप्लप र किरातीको पार्टी एक हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो । माघभित्र आठौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिनेछ । पार्टी अध्यक्ष गोपाल किराँतीले ‘जनयुद्ध’को बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । अध्यक्ष किराँतीले विप्लब र वैद्य माओवादीसँग आठौँ महाधिवेशनपछि पार्टी एकता गरिने स्पष्ट पार्नुभयो ।
More

५१ दिनपछि विक्रमासिंघे पुनः प्रधानमन्त्रीमा नियुक्त

कोलम्बो । श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट सुरु भएको ५१ दिनपछि विक्रमासिंघेलाई पुनर्बहाली गरेका छन् । सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराएको एक सांसदले जानकारी दिएका छन् । विक्रमासिंघेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैँले बर्खास्त गरेका विक्रमासिंघेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य भएका हुन् । राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका थिए । संसद र
More

कोलकातामा नेपाल भवन

भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन लिइएको जग्गा । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिए पनि भवन बनाउन रकम नभएकाले नेपाल सरकारसँग रु १० करोड माग गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो । तस्वीरः श्याम रिमाल
More

तीन लाख वेभसाइट बन्द गछौं : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताउनुभएको छ । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग-यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । “मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको छ,” उहाँले भन्नुभयो, “एक वर्षभित्र १५०
More

छोरी र श्रीमती हत्या आरोपमा पक्राउ

हेटौडा । श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटौडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिनुभयो । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटाँैडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ । अभियुक्त रमजानमियाले आफ्नो श्रीमती २५ वर्षकी
More

सिर्जनशील लेखक घायलश्रीलाई साहित्यश्री सम्मान

काठमाण्डौ – म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री लाई साहित्यश्री सम्मानबाट सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अवसर पारेर नेपाली साहित्यको लेखन र पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्याएबापत् घायलश्रीलाई मेरठ साहित्यले सम्मान गरेको हो । पर्वत घर भएपनी म्याग्दीमा रहेर बिगत केही समय देखि निरन्तर साहित्यका बिबिध विधामा कलम चलाउँदै ,संस्थागत साहित्यको विकासमा अतुलनीय योगदान पुर्‍याउँदै आएका घायलश्रीका विभिन्न विधामा गरेर चार कृतिहरु प्रकाशन भएका छन् । बुलबुल साहित्यिक पत्रीकाका सम्पादक तथा म्याग्दी साहित्य संचार र अनेसास धौलागिरी कार्य समितिका अध्यक्ष समेत रहेका घायलश्री यहीँ मंसिर २४ ,२५ ,र २६ सम्पन्न भएको
More