Daily Archives 17th December 2018

एनआरएनएको तेस्रो अफ्रिका बैठकको तयारी पूरा

युगान्डा । कम्पाला। गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ । आयोजक राष्ट्र एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यहि २९- ३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आवासको ब्यबस्था गरिएको छ । बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्द सत्रमा समेत युगान्डा सरकार र निजि क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास र नेपालसंग साझेदारीका सम्भावना बारे कार्यपत्र प्रस्तुत हुनेछन । गैर आबासिय नेपाली बिज्ञहरुद्वारा अफ्रिकाका ठुला बिकास निर्माणका
More

पर्वत वेलफेयर सोसाइटी यूकेमा नेत्र आले

लण्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले निर्वाचित भएका छन् । आईतवार अल्डरसटको एम्पायर हलमा सम्पन्न सोसाइटीको ७ औँ अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । १८ सदस्यीय समितिको उपाध्यक्षमा विनोद पुरी, एकबहादुर पुन र सन्जीव गुरुङ, महासचिवमा भरत पौड्याल, सह-सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरज पौडेल र सह-कोषाध्यक्षमा बासुदेव पौडेल रहेका छन् । सदस्यहरुमा हिमलाल भट्टाराई, अप्सरा गुरुङ, धुव्र दत्त, सञ्जय भण्डारी, बाबुराम भुषाल, अंग गर्बुजा, गंगा खोर्जा, यामवहादुर थापा, भिम पुर्जा, मेखबहादुर पुन र नारायण गिरी चयन भए । साधारणसभामा निबर्तमान अध्यक्ष दधि आचार्यको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार एवम् संस्थापक अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार
More

पार्टी एकता र सङगठन सुदृढीकरणमा जोड

काठमाडौं । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिनुभएको छ । सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उहाँहरुले सुझाव दिनुभएको छ । कार्यकर्ताको भावना अनुरुप गुट उपगुट अन्त गरी समग्र एकता कायम गर्नुपर्ने उहाँहरुको जोड छ । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिमाल–तराई, पहाड, मुुसलमान, महिला, आदिवासी जनजातिलगायत महासमिति सदस्यले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर विधान बन्नुपर्ने माग राखेको जानकारी दिनुभयो । “सत्य, निष्ठा र इमान्दारिताको पक्षमा स्वाभिमानीपूर्वक उभिनसक्ने सवल र सक्षम नेपाली तयार
More

इटालियन कम्पनीका आठ विदेशीको पासपोर्ट जफत

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण आयोजना प्रमुख क्रिश्चियानो ग्रेसोसहित ८ जनालाई प्रहरीले पक्राउ गरी पासपोर्ट जफत गरेको छ । निर्माणको काम अलपत्र पारेर भाग्न लागेको सूचना पाएपछि गृहमन्त्रालयले पक्राउका लागि नेपाल प्रहरीलाई निर्देशन दिएको थियो । अहिले कुनै पनि कामदारलाई बाहिर जान नदिने र सामान यताउता गर्न नदिन प्रहरी परिचालन गरिएको आयोजना स्रोतले बताएको छ । इटालियन ठेकेदार कम्पनी टाँट उल्टेको पत्ता लागेको छ । यो घटना सार्वजिनक हुन नपाउदै यसका कर्मचारीहरु आयोजनास्थलबाट गायब भएका छन् । क्रिसमसको बिदाका निहुमा उनीहरु गायव भएका हुन् । अहिले आयोजनास्थलमा कामदार मात्र छन् । हालसम्म जति काम सम्पन्न भएको छ त्यो भन्दा
More

नेकपा स्थायी कमिटीः सरकार र पार्टी नेतृत्वको आलोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो बैठकमा आज बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रुपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन् । सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सञ्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् । पार्टी विधानानुसार कम्तीमा तीन महीनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको, प्रदेश इञ्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएको, सरकारले विकास निर्माणका नीतिनिर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आम अनुभूति दिलाउन नसकिएको गुनासो गरेको स्थायी कमिटी सदस्य वेदुराम
More

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक मजदूर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो। सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धूवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड्दा भारत बिहार सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत घुरघुरा बेला टोल निवासी ५० वर्षीय श्यामसुन्दर ठाकुरको मृत्यु भएको छ। मृतक ठाकुर २० फिट माथिबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच ट्याक्टरले ठक्कर दिँदा एक बरहथवामा एक वृद्धको ज्यान गएको छ। ना ६ त ९८४५ नं को
More

मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण

क्वालाम्पुर । मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण भैरहेको खुलासा भएको छ । बेलायती पत्रिका द गाडिर्यनले मलेसियाका दुई कम्पनीमा कार्यरत नेपालीहरुमाथि चरम शोषण भैरहेको सार्वजनिक गरेको हो । द गाडिर्यनले टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामक दुई कम्पनीहरूमा शोषण भएको अनुसन्धानमुलक सामाग्री प्रकाशित गरेको हो । कामदारहरुलाई धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, होस्टल अव्यवस्थित भएको र मलेशियाली श्रम कानूनविपरित राहदानीहरू कब्जामा राखिएको गाडिर्यनले उल्लेख गरेको छ । तर उक्त कम्पनीहरूले वक्तव्य प्रकाशित गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय श्रम कानून अनुसार नै कामदारहरूमाथि व्यवहार गरिएको भन्दै आफ्नो बचाउ गरेका छन् । मलेसियाका मानव संशोधन मन्त्री एम कुलासेगरनले कम्पनीका केही
More

गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण

वालिङ । लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ । तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताउनुभयो । “प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ’ भन्ने ठानी वालिङमा गुरुङ भाषा अर्थात् खेमा लिपिसम्बन्धी तीन दिने प्रशिक्षण दिइएको हो । “हालको वालिङ नगरपालिका ४ बसेनी निवासी पिमबहादुर गुरुङले खेमा लिपिको खोज अनुसन्धान गर्नुभएको देखिन्छ”, परिषद्का केन्द्रीय उपाध्यक्ष लप्टन यामबहादुर गुरुङले भन्नुभयो, “खेमा
More

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : अध्यक्ष थापा

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने बताउनुभयो । अध्यक्ष थापाले २०६२÷६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे–जस्ता कार्य भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसङ्गति बढाएकाले हामी सबैले यसको सुधार गर्नुपर्नेमा जोड दिनुभयोे ।सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा
More

क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गर्नुभएको थियो ।
More

विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम । रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “मृतकले ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेको पाइयो”, उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भन्नुभयो, “उक्त रक्सीकै कारण उनीहरुको मृत्यु भएको हुनसक्छ, यसबारेमा थप जानकारी भने शव परीक्षण पछि आउने छ ।” मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही
More

स्कूलको परिसरमा धुपी

एशिया मोडन स्कूल जुम्लाका विद्यार्थी आफ्नो स्कूलको परिसरमा हरियाली बनाउने उद्दश्यले विद्यार्थी विद्यालयमा धुपीको विरुवा लगाउँदै । तस्वीर : विजय रावत
More

‘ पत्रकारलाई व्यवसायिक बन्न नेपाली समुदायको सुझाव’

लण्डन । नेपाल पत्रकार महासंघ युकेले आइतबार साउथ ईस्ट लण्डनमा गरेको अन्तरक्रियामा स्थानीय नेपाली समुदायले उत्साहजनक सहभागिता जनाएको छ । प्लमस्टिडस्थित गोसो हलमा सम्पन्न अन्तरक्रियामा साउथ ईस्टको प्लमस्टिड, वुल्वीच, चाल्र्टन, बेक्सलीदेखि डार्टफोर्डसम्मबाट झण्डै १ सयको संख्यामा संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजिवी लगायतको सहभागिता थियो । पत्रकार र समुदायबीचको सम्वन्ध बिस्तारका साथै समुदायका अपेक्षा बुझ्न भन्दै शाखाले बेलायतका विभिन्न क्षेत्रमा पुगेर अन्तरक्रिया गर्ने कार्यक्रमअन्तर्गत पहिलो श्रृंखला साउथ ईस्ट लन्डनमा गरेको हो । कार्यक्रममा सहभागी समुदायका तीन दर्जन बढि प्रतिनिधिले बेलायतको नेपाली पत्रकारिताको विकास र सुधारका लागि विभिन्न सुझावहरु दिए । पछिल्लो केही वर्ष यता नेपाली पत्रकारिता सशक्त बन्दै गएपनि अझ व्यवसायिक
More

खोलामा लुगा धुन गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

बेंसीशहर : लमजुङ प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र राजकुमार तामाङ छन् । मंसिर २९ गते साँझ दोर्दी गाउँपालिकाको किसेदी खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरीलाई विशालले करणी गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । विशालपछि साथमा रहेका राजकुमारले पनि बलात्कार प्रयास गरेका थिए । तर नसकेपछि उनी तत्कालै फरार भएको प्रहरीले जनाएको छ । बालिका बलात्कारपछि फरार रहेका तामाङद्धयलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राजेन्द्र
More

चरेशसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले तीन किलो चरेशसहित आज एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेश लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो । डिसी नेपाल
More

नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकको पहिलो दिन शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो । यस्तै, वामदेव गौतमले पूरक प्रतिवेदन पेश गर्नु भएको छ । नेता गौतमले राखेको पूरक प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाउनु भएको छ । पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन आठ वटा उपखण्डमा आधारित रहेर तयार पारिएको छ । प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको
More

बाढीले बगाएर भारत पुर्‍याएको गैँडा नेपाल ल्याइयो

चितवन। विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो। यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो। केही गैँडा भारतको तल्लोभागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन। यसपालि एउटा गैँडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउछन्। अझै दुई गैँडा भारतमा रहेको निकुञ्जको भनाइ छ। उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन
More

एक साताका लागि पूर्वराजा ज्ञानेन्द्र पोखरामा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदैछन् । एक साता लामो पारिवारिक भ्रमणका क्रममा पूर्व रानी कोमल शाह र उनी पोखरा जान लागेका हुन् । पूर्वराजा शाहलाई सोमबार पोखरा विमानस्थलमा भव्य स्वागतको तयारी छ । विश्व हिन्दु महासंघ, राप्रपा, शिवसेना नेपाल लगायत अन्य धार्मिक संघसंस्थाको आयोजनामा स्वागतका लागि ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । पूर्व राजा पोखरा महानगरका २९ स्थित माउण्ट ग्लोरी होटलमा बस्ने कार्यक्रम छ । निजी भ्रमणमा पोखरा जान लागेका पूर्व राजा शाह हप्ता दिन बढी पोखरामा रहने आयोजकले जानकारी दिएका छन् । उनले पोखराका विभिन्न पर्यटकीयस्थलको अवलोकन र धार्मिक मठमन्दिरको दर्शन
More

काठमाडौंको तापक्रम २ डिग्रिमा झ-यो

काठमाडौं । काठमाडौँसहित देशभर जाडो बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर जाडो बढ्दै गएको जनाएको हो । मौसमविद सुजन सुवेदीले आज काठमाडौँ उपत्यकामा यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको जानकारी दिनु भयो । काडमाडौं उपत्यकामा आज विहानको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको उहाँले बताउनु भयो । हिजो काठमाडौँमा अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस पुगेको थियो भने आज १८ देखि २० डिग्रीकै आसपासमा रहनेछ । आज देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमि क्षेत्रमा आंशिक बदली रहने उहाँले बताउनु भयो । देशको पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा तथा
More

कांग्रेसमा अब ९ पदाधिकारी

काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्तासहित ९ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । तर, निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरुले विधानका विवादित विषयमा सहमतिको प्रयास जारी राखेका छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना राख्न नेताहरु सहमत भएका हुन् । सभापतिसँगै कोषाध्यक्ष र प्रवक्ता भने एक–एक जना मात्र रहनेछन् । तर, निर्वाचन पद्धतीमा सहमति जुट्न बाँकी छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वा्चित हुनुपर्ने मत राखेका छन् । आज
More