Daily Archives 18th December 2018

कांग्रेस पदाधिकारीमा सहमति: संख्या देउवाको, पद्धति पौडेलको

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा पार्टी पदाधिकारीको संख्या र निर्वाचन पद्दतीका बारमा सहमति जुटेको छ । प्रस्तावित विधानका विभिन्न विकल्पहरु माथि भएको छलफलपछि कोषाध्यक्ष बाहेक सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति भएको छ । कोषाध्यक्ष र प्रवक्ता भने सभापतिले मनोनयन गर्ने नयाँ व्यवस्था गरिएको छ । छलफलमा विभिन्न विकल्प आएपछि अन्तत उपसभापति २, महामन्त्री २ र, सहमहामन्त्री २ मा सहमति जुटेको हो । पदाधिकारीको संख्या पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको प्रस्ताव हो भने निर्वाचन पद्धतिमा भने नेता रामचन्द्र पौडेलको अडानमै सहमति गरिएको हो । अहिलेको विधानमा सभापतिसँग एक महामन्त्री र कोषाध्यक्ष मात्र
More

निर्मला हत्या प्रकरणः आठ प्रहरीविरुद्ध किटानी जाहेरी

कन्चनपुर । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन अवस्थामा जिल्ला प्रहरीमा कार्यरत् ८ प्रहरीविरुद्ध किटानी जाहेरी दिएका छन् । निर्मलाकी आमा दुर्गादेवी पन्तले कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, डीएसपी अंगुर जिसी, कन्चनपुर प्रहरीका तत्कालीन प्रवक्ता डीएसपी ज्ञानबहादुर सेठीसहित ८ जनाविरुद्ध मंगलबार किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा वास्तविक अपराधीलाई लुकाउने उद्देश्यले प्रमाण नस्ट गरेको र निर्दोषलाई अनावश्यक यातना दिएकाले उनीहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । डीएनए रिपोर्ट ‘नेगेटिभ’ निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोग स्वीकार गरेको भनिएका दुईजना युवाको डीएनए ‘म्याच’ नभएको थाहा भएको
More

विधान मस्यौदा प्रतिवेदन पेश हुन सकेन, महासमिति बैठक लम्बिने

काठमाडौं । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने सहभागीले पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महासमिति बैठकको आज चौथो दिन राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ । विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले सो प्रतिवेदन अझै पेश हुन सकेको छैन । बैठकमा काठमाडौँका महासमिति सदस्य कृष्णजी खड्काले बैठकमा कार्यकर्ताले अपेक्षा गरेअनुसारको छलफल हुन नसकेको गुनासो गर्दै विवादित विषयमा सहमति कायम गरी अघि बढ्न शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । गोर्खाका महासमिति सदस्य मनकुमारी गुरुङले मुलुकले अहिले काङ्ग्रेसको नेतृत्व खोजिरहेको बताउँदै त्यसका लागि
More

लक्ष्मीनारायण शिल्पकार भीमदत्तनगरमा

देशमा दिगो शान्तिको कामना गर्दै नेपाली राष्ट्रिय झण्डा बोकेर मेची महाकाली यात्रामा निष्कनु भएका काठमाण्डौं कालिमाटीका ६२ बर्षिय लक्ष्मीनारायण शिल्पकार भीमदत्तनगरमा । शिल्पकारले १२ बर्ष देखि नेपाली राष्ट्रिय झण्डा बोकेर देशयात्रामा रहेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु
More

इपिएल विजेताले २५ लाख पाउने

काठमाडौं । यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को विजेता टोलीले रु २५ लाख पाउने भएको छ । आयोजक इपिएल प्रालिले आज विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ ।
More

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानअनुसार, राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११ गते बुधवार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय सदनको समय समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ ।
More

प्रहरीलाई कुटपिट गरी हतियार लिएर फरार

वीरगञ्ज । पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी चौकी पिडारीगुठीबाट गएको प्रहरी टोलीर्ले रोकन खोज्दा तस्कर र प्रहरीबीच विवाद शुरु भएको थियो । प्रहरीचौकी पाङ्डेपुरबाट थप तीनजना प्रहरी घटनास्थल पुगेपछि विवाद झन चर्किन जाँदा करीब ४० जनाको सङ्ख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी, भाटाले कुटपिट गरी एकनाल थ्रीनट थ्री बन्दुक लुटेर फरार भएका छन् । तस्करको कुटाइबाट प्रहरी चौकी पाङ्डेपुरका प्रहरी सहायक
More

दुई महीनापछि शव नेपालमा

बेझाड । धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ । आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो । सोमबार चापाकोट नगरपालिका– ७ को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरियो । कम्पनीले बिदाका समयमा गैरेको मृत्यु भएका कारण खर्चमा कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् । गैरेका श्रीमती,
More

कांग्रेस महासमिति बैठक स्थगित, पदाधिकारी बैठक जारी

काठमाडौं । प्रस्तावित विधान मस्यौदामा शीर्ष तहमा सहमति जुटन नसकेपछि नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ । विहान नौ बजेबाट नै महासमिति बैठक शुरु गर्ने तालिका भएपनि अझै बैठक अघि बढन सकेको छैन । प्रस्तावित विधान मस्यौदामा नेताहरुबीच विवाद भएकाले बैठक अघि बढन नसकेको हो । केन्द्रिय समितिमार्फत मस्यौदालाई अन्तिम रुप दिने प्रयास भैरहेको र त्यसपछि मात्रै महासमिति बैठक अघि बढने नेताहरुले बताएका छन् । सहमति प्रयासका लागि महासमिति बैठक स्थगित गरेर कांग्रेस पदाधिकारीको बैठक भने बसिरहेको छ । लगत्तै केन्द्रिय समिति बैठक राखेर विधान पारित गरी महासमितिमा पेश गर्ने तयारी छ । केन्द्रिय समितिमा पनि विवाद कायम रहेमा
More

नेकपा स्थायी समिति बैठक बुधबार पुनः बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो । सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र पार्टी नेतृत्वका काम सन्तोषजनक नभएको भन्दै असन्तोष व्यक्त गरेका थिए । गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा
More