Daily Archives 19th December 2018

पत्रकारले पैसा मागे कहाँ उजुरी गर्ने ?

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले वेलायतस्थित नेपाली समुदायका गुनासाको सुनुवाई गर्ने भएको छ । शाखाले गत हप्ता इष्ट लण्डनमा आयोजना गरेको अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा समुदायका गुनासा इमेल मार्फत सुन्ने भएको छ । शाखाका महासचिव संजय कँडेलले बुधवार साँझ सचिवालयको तर्फवाट सूचना जारी गर्दै वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गर्न सदैव तयार रहेको वताउँतै पत्रकार महासंघ वेलायतको सदस्यले महासंघको आडमा संस्थाको क्षेत्र र उदेश्य भन्दा बाहिर गएर आर्थिक लाभ लिन खोजेमा इमेल मार्फत उजुरी गर्न सकिने उल्लेख गरेका छन् । शाखाले समुदायसंग सुझावको समेत अपेक्षा गरेको छ । यसअघि वेलायतस्थित केही संचारमाध्यममा आबद्ध पत्रकारहरुले समाचार संकलन गरे वापत रकम
More

बहुप्रतीभाका धनि कलाकार पुष्कर पन्त मोडलिङमा रमाउदै

काठमाडौँ । कलाकार, निर्माता तथा निर्देशक पुष्कर पन्तको परिचय अहिले मोडलको रुपमा समेत थपिएको छ । उनीले अभिनय गरेको म्युजिक भिडियो समेत अहिले चर्चामा रहेकको छ । मोडल तथा नायकको रुपमा छुट्टै परिचय बनाउन लागि परेका कलाकार पुष्कर पन्त अब नायक पनि बन्ने भएका छन् l उनले आफुले निर्माण गर्न लागेको नया नेपाली चलचित्रमा उनि आफै लिड रोलमा नायक बनेर देखा पर्ने भएका हुन् । बिगत पन्ध्र बर्ष देखि अमेरिका बस्दै आएका बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी मोडल तथा गीतकार पुष्कर पन्त बिदेशमा बसेर पनि आफ्नो कला सस्कृतिलाइ जोगाउन तल्लिन छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि
More

मन्त्रिमण्डल पुनःगठन गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सदस्यहरुले मन्त्रिमण्डल पुनःगठन गर्नको माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुले चर्काे दबाब दिएका हुन । अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि विचार राख्ने क्रममा स्थायी समिति सदस्यहरुले केही मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिएका हुन् । आजको बैठकमा नेताहरु रघुजी पन्त र भीम आचार्यलगायतले सरकारको कामकारवाही र छवी सुधार गर्नका लागि मन्त्रीमण्डल पुनर्गठनको आवश्यकता रहेको बताएका थिए । उनीहरुले जतिसक्दो चाँडो मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारको छवी उज्यालो पार्नुपर्ने धारणा राखेका थिए । यता केही स्थायी समिति सदस्यहरुले एसिया
More

काठमाडौंमा पाकेटमारको बिगबिगी, एकैदिन ७० पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो । काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद
More

मिर्गौलापीडित थामीलाई सहयोग जुटाइदिन आग्रह

भक्तपुर । इजरायल प्रवासी नेपाली एकता मञ्चले भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका मिर्गौला रोगीलाई सहयोग रकम प्रदान गरेको छ । आज अस्पताल परिसरमा प्रदेश नं ३ का सांसद शशिजंग थापाले मञ्चले सङ्कलन गरेको रु ५७ हजार दुवै मिर्गौलाले काम गर्न छोडी डायलासिस गराइरहेका बझाङ सैना पसेला गाउँपालिकाका २४ वर्षीय दीपकबहादुर थामीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । इजरायलमा काम गरेर बसेका प्रवासी नेपालीबाट भैरव अर्याल, सोमप्रसाद चौलागाईं, ज्योति शर्मा, कमला राईसमेतले रकम सङ्कलन गरी बिरामीलाई भेटेर अन्य सामग्रीसमेत प्रदान गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्य शशिजंग थापाले विदेशमा रहेका प्रवासी नेपालीबाट बिरामीका लागि सहयोग जुट्नु गौरवको कुरा भएको
More

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।
More

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो। समितिको आजको बैठकमा समिति सभापति दिलकुमार रावल थापाले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयार रहेको पाइएको जानकारी दिए। समितिले आयोजनाको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत
More

पत्रकारमाथिको आक्रमण र हत्या रोकिएन

वासिङटन । पत्रकारहरु सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको तारो बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आएपनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नआएको एक विश्व संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार यस वर्ष आफ्नो पेशागत कार्यमा रहेकै अवस्थामा ५३ जना पत्रकारको हत्या भएको छ । यीमध्ये ३४ जना पत्रकारको हत्या युद्ध वा द्वन्द्वसँग असम्बन्धित छन् । “रिपोर्टिङका क्रममा प्रतिशोधका आधारमा मारिएका पत्रकारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा दोब्बर भएको छ ।” न्यूयोर्कस्थित सीपीजेले प्रकाशन गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । यसैसाता पेरिसस्थित रिपोर्टर्स विदाउट
More

स्वदेशमा दुःख, विदेशमा बढी दुःख पाउँदै महिला

दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो । सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जानुभएको थियो । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उहाँलाई खाडी पु-यायो । श्रीलङ्का हुँदै कतार पुग्नुभएकी उहाँ घरेलु श्रमिकका रुपमा दैनिक १९-२० घण्टा काम गर्नुभयो । खटाइ धेरै भए पनि त्यसैका आधारमा उहाँको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उहाँ खुशी नै हुनुहुन्थ्यो । ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा
More

नेपाली सेनाले ७ अर्बको हतियार किन्दै

काठमाडौं । नेपाली सेनाले ६ अर्ब ९० करोड बराबरको हतियार खरिद गर्ने भएको छ । हतियार अमेरिकाबाट खरिद गर्ने योजना बनाएको बताइएको छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी छ । तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याइएको रक्षा मन्त्रालयले जनाएको छ । रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाख बजेट विनियोजन भएको छ । यसैबीच सरकारले सेनाका लागि भारतबाट खरिद
More

काङ्ग्रेस महासमिति बैठकमा चार प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भने भोलिमात्रै पेश हुनेछ । यसअघि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले उक्त प्रतिवेदन बैठकमा पेश हुनसकेको थिएन । बैठकको पाँचाँै दिनदेखि जारी बन्द सत्रमा आजसम्म करीब १५० महासमिति सदस्यले आफ्ना धारणा व्यक्त गरिसकेको र हालसम्म ५०० भन्दा बढीले बोल्न नाम टिपाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सहभागीले
More

मोनोरेलको डिपिआरका लागि सम्झौता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गर्नुभएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबै राजनीतिक दलको साझा एजेण्डा र सबैको सपना मोनोरेल भएको उल्लेख गर्दै राज्यलाई आर्थिक बोझ नहुने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । “सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भएको छ,” शाक्यले भन्नुभयो, “मोनोरेल चल्यो भने काठमाडाँैको प्रदूषण समस्या समाधानमा
More

सुन्तला टिप्दै

व्यावसायिक सुन्तला खेती गर्दै आएका पाल्पाको निस्दी गाउँपालिका–५ गल्धा बहपुरका स्थानीय किसान सुन्तला टिप्दै । तस्बिर : सुशिला रेग्मी, बेझाड
More

तराईमा शीतलहर, जनजीवन प्रभावित

वीरगञ्ज । तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्जमा तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियसमा पुगेको छ । हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसानजस्तै बनेको छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ । एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसोका कारण श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा आउनेहरुको संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका चिकित्सक डा. मजोज गुप्ताले बताए । उनले चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित
More

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि आज गरिने, सलामी नदिइने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि आज गरिने भएको छ । निधनअघि गिरीले इच्छाएअनुसार आज दिउँसो तीन बजे पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने परिवारले जनाएको हो । गिरीको दाहसंस्कार सर्वसाधारण नागरिककै जसरी गरिने पनि परिवारले जनाएको छ । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ । सरकारले सलामी दिनेबारे सोधेपनि परिवारले आवश्यक नरहेको जवाफ दिएको हो । पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीका अनुसार गिरीले नै सलामी नदिनु भनेका थिए । डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएकाले सामान्य रुपमै गर्न
More

कांग्रेस महासमिति बैठक : प्रस्तावित विधान भोलिमात्र प्रस्तुत हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पार्टीको प्रस्तावित विधान भोलिमात्र प्रस्तुत हुने भएको छ । विधान मस्यौदा कार्यदलले प्रस्तावित विधानमा हिजो साँझमात्र सहमति जुटाएकाले त्यसलाई छापेर ल्याउन समय लाग्ने भएपछि महासमितिमा भोलिमात्र प्रस्तुत हुने भएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज बस्ने केन्द्रीय समितिले पास गर्ने विधान भोलि बस्ने महासमिति बैठकमा मात्र प्रस्तुत हुने जानकारी दिए । निकै लामो बहस र छलफलपछि शीर्ष नेताहरुबीच पदाधिकारीको संख्या र चयन प्रक्रिया तथा केन्द्रीय कार्यसमितिको संख्यामा सहमति जुटेको हो । विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री र कोषाध्यक्ष गरी ८ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । कोषाध्यक्षबाहेक सवै
More

बन्धक बनाइएकी महिलाको उद्धार

खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् । “तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,” अध्यक्ष राईले भन्नुभयो । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उहाँको
More

हराएका किशोर एक महिनापछि मृत फेला

दाङका एक जना किशोर हराएको एक महिनापछि जंगलमा मृत अवस्थामा फेला परेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १३ तुरुन्तपुर निवासी १७ वर्षीय सुवास पुन जंगलमा मृत अवस्थामा फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलप्रसाद पाण्डेका अनुसार पुन एक महिना अगाडि साथीहरूसँग स्वर्गद्वारी पुगेर घर तर्फ फर्किने क्रममा जंगलमा बेपत्ता भएका थिए। पुनको शव घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित हरिकिसे भिरको जंगलमा सडेको अवस्थामा फेला परेको एसपी पाण्डेले जानकारी दिए। शव सडेको अवस्थामा फेला परे पनि पुनले लगाएको कपडाको आधारमा आफन्तले पहिचान गरेको प्रहरीले जानकारी दिएको छ। ‘पुनको भिरवाट लडेर मृत्यु भएको हो वा
More

सचिवालयका कर्मचारीको तलबभत्ता सांसदकै पकेटमा

काठमाडौँ — संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको छ । सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ । यो रकम संघीय संसद्मा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार बढी
More

खुल्यो ५५ झ्याले दरबार

भक्तपुर । ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न आजबाट खुल्ला गरेको हो। उक्त दरबार साताको प्रत्येक मङ्गलबार र शुक्रबार सर्वसाधारणका लागि खुल्ला गरिने छ । दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति रु २० र विद्यार्थी सहुलियत शुल्क रु १० को टिकट लिएर अवलोकन गर्न पाइनेछ। नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्ष बन्द भई सन् २०१२ सेप्टेम्बर ५ मा खुल्ला भएको यो दरबार भूकम्पपछि पुनः बन्द भएको थियो। डिसी नेपाल
More