Daily Archives 21st December 2018

शिव मन्दिर अल्डरसटमा धार्मिक महोत्सव हुने

बाचस्पति रेग्मी । लण्डन। अल्डरसटमा रहेको शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको निमन्त्रणामा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल बेलायत आउने भएका छन् । शीव मन्दिरमा हुने ३ दिने श्रीमदभागवत महापुराण, वेद र बुध्द दर्शन सम्बन्धी आध्यात्मीक महोत्सवमा भाग लिन उनि बेलायत आउन लागेका हुन् । आगामी जनवरीको ४ गते हुने महोत्सवमा बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी हुने शिव मन्दीर समितिका अध्यक्ष रोहित कुमार गुरुड्गले जनाए जनवरी ४,५ र ६ गते ३ दिने हुने सो महोत्सवमा पोखरेलले बिशेष प्रवचन दिने भएका छन् । नेपाली समुदायको सक्रियतामा शीव कल्चर एण्ड कम्युनिटी सेन्टरले किन्न लागेको सो मन्दिरमा राधना, भजन
More

दोस्रो नेपाल आइडल बने रवि ओड

काठमाडौं । नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।
More

एनआरएनएले बोलायो आपतकालीन बैठक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन (विषेश) बैठक बोलाएको छ । संघले १२ जनवरीमा एनआरएनए सचिवालयमा फेस–टु–फेस बैठक बोलाएको हो । बैठकमा संघको आगामी महाधिवेशन, गैरआवासीय नेपाली संघको ऐन संशोधन, एनआरएनले प्राप्त गर्ने नागरिकता, लाप्राक परियोजना र सचिवालय भवनलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । अध्यक्ष भवन भट्टको पहलमा हुन लागेको बैठकमा संघका सल्लाहकार र संरक्षकसमेतको उपस्थित रहने बताइएको छ । पछिल्लो समयमा संघको केन्द्रीय कार्यालय प्रमुख नियुक्तिको विषयमा विवाद छ । जनवरी १२ मा हुने उक्त बैठकले त्यो विवाद पनि निधान गर्ने बताइएको छ । संघको केन्द्रीय कार्यालय प्रमुखमा हाल डा. हेमन्त दवाडी र राजेश राणाको
More

बस दुर्घटनामा १६ जनाको मृत्यु

लमही । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो
More

गुण्डा नाइके मनाङ्गे थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त हुनुभएको छ । दीपक मनाङ्गे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङ्गे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । आक्रमणमा मनाङ्गे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडियो । ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङ्गेमाथि जिल्ला अदालत काठमाडौंमा
More

चन्द्र ढकालद्धारा अस्पताल भवनको लागि १० लाख सहयोग

अमलाचौर । ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले एक अस्पताल भवन निमार्णको लागि आर्थिक सहयोग गरेका छन् । ढकालले बाग्लुगंस्थित पैंयुपाटा प्राथमिक अस्पताल भवन निमार्णको लागि १० लाख रुपैयाँ सहयोग गरेका हुन् । बाग्लुङ्ग नगरपालीका वार्ड नम्वर १३ का वार्ड अध्यक्ष नारायण पौडेलका अनुसार ७ रोपनी जग्गामा बन्ने सो भवनको लागि अवश्यक जग्गा खरिदको लागि ढकाले सो सहयोग गरेका हुन् । पौडेलले अस्पताल भवन निमार्णको लागि वार्डमा समेत बजेट अभाव भए पछि ढकालसंग सहगोग लिइएको जनाए । अस्पताल भवन निमार्ण समितिको समेत संयोजक पौडेले अव अस्पताल निमार्णको काम तिब्रगतिमा बढ्ने भन्दै आर्थिक सहयोगको लागि ढकाल प्रति आभार व्यक्त गरे ।
More

आगो नियन्त्रणमा लिँदै

म्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै स्थानीयवासी र सुरक्षाकर्मी । आगलागीमा करिब १३ लाख बराबरको क्षति भएको छ । तस्बिर: कमल खत्री
More

नेकपा स्थायी कमिटी बैठक: बामदेवद्वारा पूरक प्रतिवेदन पेस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् । गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले बोल्नुभएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय
More

बालिका बलात्कारका आरोपित पक्राउ

सप्तरी । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पु-याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
More

काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति, कोषाध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने सहमति भएको उहाँले बताउनुभयो । प्रवक्ताले शर्माका अनुसार शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिनेछ । केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी छ । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि
More

पूर्वराजा शाह र राप्रपा अध्यक्ष थापाबीच पोखरामा भेट

पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । निजी भ्रमणका क्रममा पोखरामा रहेका पूर्व राजासँग अध्यक्ष थापाले पोखरास्थित एक होटलमा शुक्रबार विहान भेट गरेका हुन् । भेटपछि ट्विट गर्दै थापाले मुलुकको बिग्रदो अवस्थाप्रति पूर्वराजा शाहले गम्भिर चिन्ता ब्यक्त गरेको उल्लेख गरेका छन् । पार्टी प्रशिक्षणका क्रममा पोखरा पुगेका थापाले पूर्वराजासँग भेट गरेका हुन । निजी भ्रमणका क्रममा पूर्वराजा शाह गत सोमबारदेखि पोखरामा छन् । पोखरामा रहदा शाहले पर्यटकीय स्थलको अवलोकन र विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ । पोखरा रहदा पूर्वराजा शाहले सुबेच्छुकहरुसँग पनि भेट गरेका छन् ।
More

७५ गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गर्नुभएको हो । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गर्नुभयो । नगरका वडा
More

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

लहान । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरेका हुन् । व्यथाले चयापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेका बखत एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिए र उनैले
More

सहमति जुटेपछि मात्रै महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा विधान संशोधन प्रस्तावको मस्यौदा अझै प्रस्तुत हुन सकेको छैन । प्रस्ताविक मस्यौदामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा महासमितिमा पेश हुन नसकेको हो । सहमति नजुटेकै कारण बिहीबार दिनभर महासमिति बैठक अघि बढन सकेन । शिर्ष तहमा केही दिनदेखि सहमति जुटाउने प्रयास भएपछि त्यसले सार्थकता पाउन सकेको छैन । आज पनि मस्यौदामा सहमति जुटाउने प्रयास हुने नेताहरुले बताएका छन् । सभापतिबाट मनोनीत हुने संख्या बढाउनुपर्ने, पदाधिकारीमा समावेशीता हुनुपर्ने माग केन्द्रीय समितिमा उठेपछि प्रस्तावित विधान मस्यौदामा विवाद हुँदै आएको छ । सहमति जुटेपछि मात्रै महासमिति बैठक अघि बढने
More

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई सेवाग्राहीबाट रु ३४ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो । आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि ती
More

आज दिनभर मौसम सामान्य बदली हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशैभर शुक्रबार मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ । मूख्य गरी पूर्वी र मध्य पहाडी क्षेत्रमा बदलीको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार तराईतिर बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि हट्ने तर पूर्णरुपमा मौसम खुल्ने सम्भवना भने कम छ । दिउँसो काठमाडौँमा केहीबेर घाम लागेपनि बिस्तारै मौसम बदली हुने उहाँको भनाई छ । काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहयो । आज दिउँसो बढीमा १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
More