Daily Archives 24th December 2018

एनआरएन अमेरिका अध्यक्ष पौडेल लन्डनमा

लन्डन। गैर आवासीय नेपाली संघ ( एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशव पौडेल लन्डन आएका छन् । डा. पौडेल परिवार सहित सोमवार बेलायत आइपुगेका हुन । पौडेलको सम्मानमा एनआरएन युकेले लन्डनमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम लन्डनको साउथ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा आगामी बुधवार आयोजना हुने भएको छ ।
More

ए स्टारले मनायो सातौं वार्षिकोत्सव भव्य

लण्डन । बेलायतमा वित्तीय सेवा प्रदान गर्दै आएको नेपालीहरुद्धारा सञ्चालित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । आइतबार केन्टको आसफोर्डमा आफ्ना ग्राहक, शुभचिन्तक तथा समुदायका प्रतिनिधि लगायतको उपस्थितिमा वार्षिकोत्सवसंगै क्रिसमस र नयां वर्षको शुभकामना आदानप्रदान समेत गरियो । एसएनपी प्लस र ए स्टारले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा ए स्टारको सातौं वार्षिकोत्सवको खुशीयालीमा केक समेत काटिएको थियो । त्यसअवसरमा ए स्टारका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामीले आउंदो वर्ष ए स्टारको आसफोर्ड शाखाबाट हुने सम्पुर्ण व्यवसायको केहि प्रतिशत स्थानीय सगरमाथा नेप्लिज कम्युनिटीले खरिद गर्ने भवनको लागि सहयोग गर्ने घोषणा गरे । ‘हामीले जुन समुदायमा आफ्नो व्यवसाय गरिरहेका
More

उपचार खर्च वितरणप्रति पूर्वमन्त्री गगन थापाको विरोध

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाउनुभएको छ । सो विधेयकमा विशिष्ट व्यक्तित्वले स्वदेशमा नै उपचार गर्नुपर्ने तथा मन्त्रालयले उपचार खर्च वितरणसमेत नगर्ने प्रावधान रहेको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उहाँले विधेयक जारी भएपछि मन्त्रालयबाट रु चार करोड वितरण भइसकेको जानकारी दिँदै नयाँ ऐन ल्याउनुको के अर्थ रह्यो भन्ने प्रश्न गर्नुभयो । पूर्वमन्त्री थापाले भन्नुभयो, “कुनकुन व्यक्तिले कुनकुन रोगका उपचार गर्न कति खर्च लिएका छन्, सार्वजनिक गर्नुपर्छ ।” उहाँले मन्त्रालयले तयार पारेको उपचार खर्च कार्यविधिलाई किन पालना गरिएन भन्नुभयो
More

चिकित्सा शिक्षा विधेयक सहमति नजीक

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का अधिकांश बुँदामा सहमति जुटेको छ । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन गर्न सम्बन्धन दिएका पाँचभन्दा बढी मेडिकल कलेजका विषयमा के गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत स्वास्थ्य विषयका पठनपाठनलाई कसरी सम्बोधन गर्ने भन्ने दुई बुँदामा मात्र सहमति जुट्न नसकेको बताइन्छ । ती बुँदामा उपसमितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित आज पनि छलफल गरेको थियो । समितिको आजको बैठकमा समितिद्वारा गठित स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिका संयोजक खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयको अधिकांश बुँदामा सहमतिको टुङ्गोमा पुगेको र भाषागत शैली मात्र मिलाउन
More

मृतकका आफन्त आन्दोलित

दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १४ को बीच बजारमा एक बसले स्कुटीलाई ठक्कर दिदा स्कृटी चालक २८ बर्षिया मेघराज पुनको मृत्यु भए पछि मृतकका आफन्त आन्दोलित भएका छन । उनीहरुले अहिले घोराहीको बजार र यातायात बन्द गराएका छन् । जसका कारण व्यापारी र यात्रुहरु समस्यामा परेका छन् । तस्वीर:  रीता लामा
More

नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ : दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२३ स्थित लक्ष्मी माध्यमिक विद्यालय जगतपुरको स्वर्ण महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारले भारत र चीनसँग सम्बन्ध सुधार गरी भएका सहमतिबाट नेपाल ल्याण्डलिङ्क हुन सफल भएको बताउनुभयो । भारत सरकारसँग हिजो मात्रै विद्युतसँग सम्बन्धित महत्वपूर्ण सहमति भएको बताउँदै उहाँले भन्नुभयो “सहमतिले विगतको परिस्थितिलाई नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा सकारात्मक प्रगति गराएको छ ।” भारत सरकार र भारतीय कम्पनीहरुले लगानी गरेर उत्पादन गरेको विद्युत् मात्रै भारतले किन्ने भन्ने विगतमा भएको भए पनि अब नेपालमा उत्पादित जुनसुकै विद्युत् पनि भारत
More

चाबहिल मालपोतका प्रमुखसहित १६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनाको नाममा रहेको जग्गा अर्कैको नाममा पास गरिदिएको आरोपमा काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुबाट ६० करोड रुपैयाँ बिगो दाबी भराउन मागसमेत गरेको छ । साविक विष्णु गाविस वडा नम्बर–७, हाल काठमाडौं बूढानीलकन्ठ नगरपालिकास्थित चन्दनकृष्ण कायस्थको नाममा रहेको कित्ता नम्बर ३२३, ३२५ र ३२९ को दुई रोपनी ८ आना जग्गा नक्कली लालपुर्जा र नक्कली नै जग्गाधनी खडा गरी पास गरिदिएको पुष्टि भएपछि अख्तियारले चाबहिल मालपोत कार्यालयका प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा कार्यालय प्रमुख एवं मालपोत अधिकृत
More

निराशाको झोला बोकेर कांग्रेस महासमिति सदस्यहरु जिल्ला फिर्ता

काठमाडौं । नेपाली काग्रेस नेतृत्वले सहमतिका नाममा आफूहरुको माग लत्याएको भन्दै महासमिति सदस्यहरुले असन्तुष्टि जनाएका छन् । नयाँ उत्साह र ऊर्जाका साथ जिल्ला फर्कने अभिलासा बाकेका महासमिति सदस्यहरु गुनासाको पोको बोकेर फर्कन बाध्य भएका छन् । महासमिति बैठकको समापन समारोहमा कांग्रेसका शीर्ष नेताहरुले पार्टी एक भएको भन्दै आगामी निर्वाचनको तयारीमा जुटेको उद्घोष त गरे तर, तल्लो तहको नेतृत्वमा रहेका महासमिति सदस्यहरु भने नेताहरुको बोलीमा खासै विश्वास गरिरहेका छैनन् । आफूहरुको मुख्य माग नै सम्बोधन नगरी सहमतिका नाममा विधान पारित गरिएकोप्रति उनीहरुको गुनासो याथावत् छ । नेता मिलेरमात्र हुँदैन, संगठन बलियो हुनेगरी पद्दतिको पनि विकास गर्नुपर्छ भन्ने भनाइ महासमिति सदस्यहरुले राख्दै
More

शरीफलाई सात बर्ष जेल सजाय

इस्लामावाद । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले आज अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो । फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सवै आरोपहरूको खण्डन गर्नुभएको छ । उहाँले पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आउनु भएको छ । सोमबारको फैसलामा राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर
More

विप्रेषण आप्रवाह वृद्धि, शोधनान्तर घाटा

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिति रु ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । केन्द्रीय बैंकले चालु आवका चार महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजश्व सङ्कलन ३०.५ प्रतिशतले बढेको उल्लेख छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ भने आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको तथा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदायमा १८.६ प्रतिशतले वृद्धि
More

विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

पर्सा । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते हुनुभएको छ । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक÷पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताउनुभयो । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
More

वडा सचिव घुससहित पक्राउ

खस्यौली । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।
More

वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडी गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ जुन विदेशी पाहुना (पर्यटक) का लागि सेल्फी फोटो खिच्ने ‘सेल्फी जोन’ बनेको छ । भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । अगाडि बढ्दै गर्दा विदेशीले पुनः सोध्छन्, ‘ह्वाइ दीस अगेन’ (फेरि यो किन)
More

जलविद्युत् कम्पनीले दश प्रतिशत शेयर लाभांश दिने

काठमाडौं । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने रु २१ करोड ५२ हजार ६३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । तर सो प्रस्तावलाई यही पुस ३० गते आयोजना गरिएको सातौँ वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ । यस्तै कम्पनीले चुक्ता पूँजीको एक बराबर एकको दरले हकप्रद शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ । हाल कम्पनीको
More

संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस

काठमाडौं । नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ । काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावलाई बैठकले परिमार्जन गर्ने गरी सर्वसम्मतरूपमा पारित गरेसँगै सङ्घीयताअनुसारका पार्टीका संरचना हुने र सबै तहमा समावेशी सिद्धान्त लागू भएका छन् । विधान मस्यौदामा खासगरी शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा लामो बहस र चर्काचर्की भए पनि अन्ततः १४ पदाधिकारीसहित १६७ सदस्यीय पूर्ण समावेशी केन्द्रीय समिति
More

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिइने

धनुषा । श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् । श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको बताउनुभयो
More