Daily Archives 27th December 2018

एनआरएनए अफ्रिका बैठकको तयारी पूरा

युगान्डाको राजधानी सहर कम्पाला सहरमा हुने गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी पूरा भएको छ। आयोजक राष्ट्र एनआरएनए एनसिसी युगान्डाका अध्यक्ष राजमणि भण्डारीकाअनुसार डिसेम्बर २९-३० मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको हो। बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुनेछ। सहभागीहरुलाई इम्पेरियल होटेलमा आवास ब्यबस्था गरिएको छ। उद्घाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्ने र बन्द सत्रमा समेत युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम रहेकाे अध्यक्ष भण्डारीले जानकारी दिए। कार्यक्रममा गैरआवासीय नेपाली बिज्ञहरुले अफ्रिका क्षेत्रका ठूला
More

नेपालीसरहकै नागरिकता चाहियो : एनआरएन

संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समिति र गैरआवासीय नेपाली संघ वीच गैरआवासीय नेपाली नागकिरताका सम्बन्धमा औपचारिक छलफल भएको छ। नेपाली नागरिकता निरन्तरता कार्यदलको पहलमा समितिलेको १२ पुष (२७ डिसेम्बर) मा काठमाण्डौको संसद सचिवालयमा भएको बैठकमा गैरआवासीय नेपालीहरुको सरोकारको बिषयमा औपचारिक रुपमा धारणा राख्न समय दिएको हो। नेपाल नागरिकता ऐन २०६३ संसोधन सम्बन्धि बिधेयकमा उल्लेख भएका बिषयमा संघका तर्फबाट औपचारिक धारणा राखिए पछि समितिका सदस्य सांसदहरुले बिभिन्न बिषयमा प्रश्न गर्नु भएको थियो । समिति र संघ वीच भएको दुई घण्टालामो छलफलमा सांसदहरुले गैरआवासीय नेपालीलाई संबिधानमा उल्लेख भए अनुसार कै अधिकार प्रयोग हुने गरी सहज ढंगले नागकिरता प्रदान गर्ने ब्यवस्था ऐनमा
More

परराष्ट्रका पाँच कर्मचारी राजदूतमा सिफारिस

काठमाडौं । गत पुस ६ र ९ गते सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाईल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको जानकारी दिनुभयो । ढकाललाई युनेस्क्याप र एआईटीको स्थायी प्रतिनिधिमा पनि चयन गरिएको छ । संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि स्थायी प्रतिनिधिमा परराष्ट्रका सहसचिव मणिप्रसाद भट्टराईलाइ सिफारिस गर्ने निर्णय भएको छ । उनलाइ स्वीटजरल्याण्डका लागि गैरआवासीय प्रतिनिधि, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरिएको छ । त्यस्तै परराष्ट्रकै सहसचिव भृगु ढुंगाना
More

काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, -याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गर्नुभएको थियो । काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ । विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा
More

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी पूरा

कम्पाला । गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ । आयोजक राष्ट्र एनआरएनए एनसिसि युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यही २९-३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ । बैठकको उदघाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्ने र बन्द सत्रमा समेत युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजि क्षेत्रका प्रतिनिधि बाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपाल सङ्ग साझेदारीका सम्भावना बारे कार्यपत्रहरु प्रस्तुत हुने छन
More

सहयोगका लागि मिर्गौला पीडितको आग्रह

हेटौडा । मिर्गौलाको उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाटोल पदमपोखरीकी विमला स्याङ्तानले आफ्नो उपचारमा सहयोगको अपेक्षा गर्दै आज यहाँ पत्रकार सम्मेलन गर्नुभएको छ । विसं २०६९ देखि दुवै मिर्गौलाले काम गर्न छाडेको उनको केही समय अघिदेखि डायलाइसिस गराउन थालिएको हो । उपचार गराउँदा गराउँदै हालसम्म करीब रु १८ लाख खर्च भएको र थप उपचारमा समस्या भएको उहाँले बताउनुभयो । दुई छोरा र एक छोरीकी आमा ४२ वर्षीया स्याङ्तानलाई श्रीमान्ले बेवास्ता गरेपछि उपचार र घरव्यवहार दुवैतिरको भार छ । भीमफेदी गाउँपालिका (साविक इपापञ्चकन्या गाविस–२), का सूर्यबहादुर स्याङ्तानसँग विवाह गरी तीन सन्तानकी आमा बन्नुभएको उहाँ अहिले रोग र अभावसँग एकैसाथ जुध्दै हुनुहुन्छ ।
More

रोग लिएर फर्कन्छन् महिला कामदार

विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उहाँ स्वदेश फर्कनुभयो । उहाँले भन्नुभयो, “बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालेँ
More

खड्गबहादुर बचाउ अभियानमा रु ५५ लाख सङ्कलन

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउन रु ५५ लाख जम्मा भएको छ । जोगी बचाउ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनि’ रु ६२ लाख करीब–करीब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा रु ५५ लाख बढी रकम जम्मा भएको र अझै देश विदेशमा जम्मा भएको रकम आउन बाँकी रहेकाले स्वदेश फर्काउन आवश्यक रकम सङ्कलन भइसकेको अभियानले जनाएको छ । जोगीलाई स्वदेश फर्काउन समाजसेवी राधिका पोखरेलले रु एक लाख प्रदान गर्नुभएको छ । यस्तै युवटुवर भाग्य न्यौपानेले पनि जोगीका बारेमा भिडियो बनाई सहयोग सङ्कलन गरी रु १० लाख
More

पर्यटक पर्खदै ठिनी गाउँका युवती

दुई हजार ८०० मिटरको उचाईमा रहेको मुस्ताङको पर्यटकीय ठिनीगाउँको थकाली सामुदायिकका थकाली पोसाकमा सजिएकी थकाली युवतीहरु पर्यटक पर्खदै । तस्वीर: निरज थकाली
More

‘धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो । नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन, नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी
More

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ : सिटौला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले भन्नुभयो, “हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।” मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको उल्लेख गर्दै काङ्ग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले आफूहरूलाई कुनै पनि अतिवादी स्वीकार्य नभएको स्पष्ट पार्नुभयो । नेता सिटौलाले वर्तमान सरकारले जनपअ‍ेक्षाअुनसार काम गर्न नसकेको र सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस परिस्थितिमा काङ्ग्रेस जनतामाझ जानुपर्ने धारणा व्यक्त गर्नुभयो । हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक
More

तीन राजदूतलाई फिर्ता बोलाइयो

काठमाडौं । सरकारले तीन देशका राजदूतलाई फिर्ता बोलाएको छ । राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनीहरुलाई फिर्ता बोलाउन निर्णय गरेको हो । उनीहरु तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त भएका थिए । राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका थिए । देउवाका पालामा नियुक्त राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल
More

म्यान्चेस्टर सिटीको लगातार दोस्रो हार

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार दोस्रो हार व्यहोरेको छ । क्रिष्टमसको भोलिपल्ट ‘बक्सीङ डे’ मा भएको खेलमा म्यान्चेस्टर सिटीलाई लेस्टर सिटीले २-१ ले हराएको हो । खेलमा लेस्टरलाई विजयी गराउन मार्क अल्ब्राइटन र रिकार्डो परेराले एक एक गोल गरे । म्यान सिटीका बर्नार्डो सिल्भाले पहिलो गोल गरेका थिए । लेस्टर सिटीले अघिल्लो हप्ता चेल्सीलाई हराएको थियो । गएराती भएका अन्य खेलहरुमा लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । शीर्ष स्थानको लिभरपुलले न्युकासल युनाइटेडलाई ४–० ले हराउँदा चेल्सीले वाट्फोर्डमाथि २–१ को जित निकाल्यो । यसैगरी म्यान्चेस्टर युनाईटेडले हडर्सफिल्ड टाउनलाई ३–१ ले हराउँदा टोटनह्याम हट्सपरले बर्नमाउथमाथि
More

प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि

काठमाडौं । जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी सङ्घ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले संयुक्तरुपमा विज्ञप्ति निकाल्दै उक्त प्रतिष्ठानमा गरिएको नियुक्ति सैद्धान्तिक आधारमा नभएको आरोप लगाएका हुन् । सरकारले केही दिनअघि उक्त प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको थियो । अध्यक्ष सहयात्रीले प्रष्तिठानमा संस्कृति नबुझेका व्यक्तिलाई नियुक्ति गरिएको जनाउँदै अब नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति गर्दा वैचारिक र सांस्कृतिक मूल्य मान्यताका आधारमा
More

नेविसङ्घ कार्यकर्ताबीच खुकुरी हानाहान, एक घाइते

पर्सा । नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पर्साका कार्यकर्ताबीच हिजा बुधबार अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ । वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ । घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जिल्ला अधिवेशनका लागि काङ्ग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिका रुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा
More

कोरियाबाट फर्केका नेपालीलाई नेपालमै रोजगारीको अवसर

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार
More