Daily Archives 28th December 2018

अस्ट्रेलियामा बेपत्ता भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव फेला

अस्ट्रेलिया । करिब २ वर्ष अगाडी नर्सिङ्ग पढ्नका लागि एडीलेड आएका नेपाली बिधार्थी निश्चल घिमिरेको शव वेस्ट विच बोट र्याम्पमा फेला परेको छ। उनको शव अस्ट्रेलियाको समय अनुसार साँझ साढे ७ बजे फेला परेको हो। यस दुखद् घडीमा मृत आत्माको शान्तिको कामना गर्दै गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियाले हार्दिक समवेदना प्रकट गरेको छ। हिजोदेखि हराईरहेका निश्चलको खोजिका लागि रेस्कु टोली हिजो देखि नै खटिरहेको थियो । हेलिकप्टर, पैदल, जलमार्गबाट खोजिकार्य गरिएको थियो । निश्चलले डिसेबिलिटि चाईल्ड केयरका रुपमा काम गर्दै आएका थिए। बोल्न नसक्ने बच्चालाई (Client) बिच (समुन्द्रमा) लिएर गएका उनी हिजो बेलुका ४ बजे काममा निस्केको उनीसँगै बस्ने
More

पत्रकार महासंघ बेलायतद्वारा दुख व्यक्त

लण्डन । तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा श्रीमती चिजा गुरुङको विहिबार बिहान पोखरास्थित आफ्नै निवासमा निधन भएको हो । तमु धिं यूकेको आयोजनामा आउंदो आइतबार रेडिङमा हुने ल्होसार कार्यक्रममा अध्यक्ष गुरुङले आफ्नो कार्यकाल पूरा गरी औपचारिक रुपमा नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम थियो । नेपाल पत्रकार महासंघ बेलायत शाखाले एक शोक वक्तव्य जारी गरी दुख व्यक्त गरेको छ । शाखा अध्यक्ष नरेश खपांगीमगरले जारी गरेको वक्तव्यमा महाससंघका सदस्य समेत रहेका गुरुङकी आमाको निधनबाट शाखा स्तब्ध भएको जनाइएको छ । स्व गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति
More

पृथ्वी जयन्ती किन मनाउने

परिवारमा जसरी बाबुलाई अलग गर्न सकिन्न त्यसरी नै राष्ट्रले राष्ट्र निर्मातालाई बिर्सनु कृतघ्नता हुन्छ। जन्मदिने मातापिता कमी कमजोरिको वावुजुद पनि पुज्य हुन्छन। त्यसैले नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाह पनि उनका बिभिन्न आलोच्य पक्षहरु हुँदाहुँदै पनि नेपालीहरुका लागि पुज्य हुनु पर्छ भन्ने मलाई लाग्दछ। एउटा हिन्दी उखानले भाई फुटे गँवार लुटे भने झैँ परिवारभित्र आगो लाउनु छ भने परिवारको बाबु प्रती सन्तानको घृणा उब्जनी गरे पुग्छ। त्यसपछी त मियो बिनाको दाईँ सुरु भई हाल्छ अनी बैरीहरुको रजाईँ चल्छ। पृथ्वी नारायण शाहलाई पनि अनादर गर्नु राष्ट्रघातक काम हो जस्तो मलाई लाग्छ। यसको अर्थ स्वस्थ आलोचना नै गर्न हुन्न भन्ने चाहिँ होइन। म
More

गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङ लण्डनमा

लण्डन । गण्डकी प्रदेशका अर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता किरण गुरुङ लण्डन आइपुगेका छन् । तमु धिं यूकेको आयोजनामा यहि डिसेम्बर ३० मा हुने ल्होसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन श्रीमतीसहित उनी बेलायत आएका हुन् । विहिबार राती लण्डनको हिथ्रो विमानस्थल उत्रिएका मन्त्री गुरुङलाई तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ ‘सुर्जे’, उपाध्यक्षहरु हितकाजी गुरुङ र जुमकाजी गुरुङ, साउथ ईथ ईस्ट रिजनल तमु धिं लण्डनका नवनिर्वाचित उपाध्यक्ष ह्यारी गुरुङ, एनसिआई ग्रुप यूके अध्यक्ष मोहन गुरुङ, रोयल ग्रिनविच नेप्लिज सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ लगायतले स्वागत गरे । लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन र
More

अमेरिकी विश्वविद्यालयमा कुलचन्द्र गौतमको पुस्तक

काठमाडौं । अमेरिकाको अग्रणी वाणिज्यशास्त्र विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माइ जर्नी फ्रम दि हिल्स अफ नेपाल टु दि हल्स अफ युनाइटेड नेशन्स’ लाई आफ्नो पाठ्यक्रम भित्र समावेश गर्नेभएको छ। म्यासाचुसेट्स् राज्यको वाल्थामस्थित उक्त विश्वविद्यालयले वाणिज्यशास्त्र अन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीलाई विश्व मामिला बुझाउने पाठका रुपमा पुस्तकको चयन गरेको हो। यो पुस्तक केहि महिनाअघि मात्र पब्लिकेशन्स नेपालयले प्रकाशित गरेको थियो। उक्त विश्वविद्यालयका प्राध्यापक डोनाल्ड मेक्नमारका अनुसार गौतमको जीवनी एक अन्तर्राष्ट्रिय प्रशासकका रोचक भोगाइहरुको सुरुचीपूर्ण वर्णन मात्र नभइ यसले संयुक्त राष्ट्रसंघको कार्यप्रणालीबारे समेत पाठकलाई विस्तारमा जानकारी गराउँछ। ‘पुस्तकले राष्ट्रसंघमा तपाइको यात्रालाई विशिष्ट तवरले बयान
More

‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’

काठमाडौं । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु रामबहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् । बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेल गरेर सरकारलाई आग्रह गरेका हुन । मकवानपुर र नुवाकोटबाट आएका तीन परिवारले बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई आग्रह गरेका हुन् । बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनको आश्रमबाट हराएका डोल्मो र चुन्मोलगायत अन्य आनी र चेलाको खोजी
More

जापानका विदेशमन्त्री आउँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन गर्नुहुनेछ । परराष्ट्रमन्त्री ज्ञवालीले जापानी विदेशमन्त्रीको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
More

यो संविधानले देश चल्दैन् : उपप्रधानमन्त्री यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।’ काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’ आयोजित उक्त साक्षात्कारमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे । उनले
More

प्रस्तावित प्रधानन्यायाधीश जवराको संसदीय सुनुवाइ आइतबार

काठमाडौं । सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ । नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो । संवैधानिक परिषद्ले सर्वाच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा जवराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म उहाँको नाममा उजुरीका लागि आह्वान गरेकामा नौ जनाले उजुरी दर्ता गराउनुभएको थियो । कार्य सम्पादनका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको
More

स्याउ बिक्री गर्न बसेका महिला

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाड कुमारेकोटमा डोकोमा बोकेर ल्याइएको स्याउ बेच्न ग्राहकको प्रतिक्षामा बसेका रङ्ग गाँउका महिला । तस्बिरः रामचन्द्र न्यौपाने
More