Monthly Archives January 2019

भिजिट नेपाल २०२० का लागि बेलायतमा “नेपाल रन”

लण्डन । शारीरिक तन्दुरुस्ती , स्वास्थ्य जीवन शैली तथा पार्क रन सम्बन्धि जागरण लगायतका उदेश्य लिएर आगामी २० जुलाईमा “नेपाल रन २०२०” आयोजना हुनेभएको छ । प्रविधिको बिकाससंगै हुने घटदो शारीरिक गतिबिधिले क्यान्सर , हृदय घात तथा मधुमेह लगायतका संक्रमण नेपाल लगायत बिश्वभरमा बढ्दै गएको र यस्ता रोगबाट बच्न र शारीरिक तन्दुरुस्ती र नियमित व्यायाम आवस्यकता रहेको जनाउदै चेतनाको लागि उक्त कार्यक्रम आयोजना गरिएको लामो समय देखि पार्क रन र म्याराथुनमा लागेका सन्तोस राई बताउछन् । पार्क रन संस्कार बिश्वभर फैलदै गएको र यसलाई नेपालीहरुमाझ पनि चेतना ल्याउन साथै नेपाल सम्म यसलाई बिस्तार गर्ने उदेस्यले नेपाल रनको स्थापना गरिएको बिश्वका
More

काठमाडौंमा रहेको चकलेट उद्योगमा भीषण आगलागी

काठमाडौंँ– काठमाडौँको एक चकलेट उद्योगमा आगलागी हुँदा रु ७० लाखको क्षति भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट उद्योगमा आगलागी हुँदा उद्योगका कच्चापदार्थ र तयारी सामग्री जलेर नष्ट भएको हो । चकलेट पकाउने क्रममा डिजेल पोखिएर आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
More

उपसचिवको सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारी समायोजन

काठमाडौँ– सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए । फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गरिने उनले बताए । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँन्छन् । यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ भने सहसचिवको समायोजनको लागि स्वीकृत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पत्र पठाइएको छ । सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गत पुस ११
More

पाकेटमारी गर्ने पाँच भारतीय महिला पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई आज दिउँसो पक्राउ गरेको हो वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुँवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको बताए । “सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।
More

टी–२० सिरिज : डेब्युमै सन्दीप जोराले बनाए किर्तिमान

काठमाडौं–यूएईविरुद्ध अन्तर्राष्ट्रिय तीन खेलको टी–२० सिरिज गन्तर्गत पहिलो खेलमा नेपाल नेपाल २१ रनले पराजित भएपनि नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले नयाँ किर्तिमान बनाएका छन् । जोरा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । नेपालका लागि टी–२० मा डेब्यु गरेका जोराले अवजित ५३ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार १७ वर्ष र एक सय ३ दिनका जोरा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । जोरा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने समग्रमा नवौं कान्छा खेलाडी पनि हुन् । यसअघि ओडीआई श्रृंखलामा अर्का युवा ब्याट्सम्यान रोहित पौडेल ओडीआईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा
More

ज्यान मुद्दा मिलाइदिने भन्दै ५ लाख घुस खाने अख्तियारको फन्दामा

काठमाडौं–काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५ लाख घुससहित पक्राउ गरेको हो । अख्तियार प्रवक्ता रामेश्वर दंगालले पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा वन परिसर बबरमहलबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
More

अनसन तोडेर नयाँ लडाईँ लड्न काँग्रेसको गोविन्द केसीलाई अफर

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीलाई भेटेका छन् । बिहीबार वित्रि शिक्षण अस्पतालस्थित अनसनस्थलमा भेट्न पुगेका देउवाले केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । यद्यपी केसीले त्यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । आफूहरुले केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गराउन भरमग्दुर प्रयास गरे पनि संख्यात्मक हिसावले कमजोर हुँदा सफल हुन नसकिएको बताए । देउवाको भनाइ उद्धृत गर्दै भेटमा सँगै रहेका काँग्रेस नेता गगन थापाले अनशन तोडेर नयाँ खालको लडाइँमा होमिन सभापतिले केसीलाई आग्रह गरेको जानकारी दिए । सो क्रममा देउवाले केसीले अनसन तोड्नुपर्ने र मिलेर उनकै नेतृत्वमा नयाँ लडाई लडौं भनेर अफर गरेका छन् । यद्यपी
More

पुनर्निर्माण प्राधिकरणद्वारा ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको अधिकार हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको कार्यजिम्मेवारी, साधन-स्रोत र अधिकार हस्तान्तरण गरेको छ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको कार्यलाई गति दिन, स्थानीय तहहरुमा स्वामित्व बढाउन, संस्थागत दिगोपना बढाउन र संघीयताको कार्यन्वयनका लागि प्राधिकरणले स्थानीय तहरुलाई अधिकार हस्तान्तरण गरेको जानकारी दिनुभयो । भूकम्प प्रभावित जिल्लाहरुमा २ सय ८४ स्थानीय तह छन् । प्राधिकरणले अभियानका रुपमा स्थानीय तहहरुसँग ११ बुँदे समझदारी गरी अधिकार हस्तान्तरण गरेको थियो । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सहित जिल्ला पुनर्निर्माण समितिहरुलाई सकृय पारेको जानकारी
More

बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

काठमाडौं– प्रतिपक्षका सांसदहरुको विरोधकाबीच बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक पारित गरेको हो । बिहीबारको बैठकमा काँग्रेसका सांसदहरुको बैठकभर उभिएर विरोध जनाएका थिए । यसअघि माघ ११ गते प्रतिनिधि सभा बैठकले उक्त विधेयक बहुमतले पारित गरेको थियो । संसदका दुवै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि लागू हुनेछ । चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थिए । दुबै संशोधन प्रस्तावलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । विधेयक पारित भएपछि गोविन्द केसी भने अनसन मै छन् ।
More

यी १० बुँदेको आधारमा हुने भए दुई राप्रपा एक (१० बुँदेसहित)

काठमाडौं–पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ । राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा बिहीबार दिउँसो राणा र लोहनीले पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबीच शुक्रबार औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदैछ । दुई पार्टीबीच एकता भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहनेछ भने पार्टीको चुनाव चिन्ह हलो हुनेछ । यस्तै राष्ट्रियता, प्रजातन्त्र र उदारवाद एकीकृत पार्टीको वैचारिक आधार हुनेछ । यस्तै पार्टीको मुख्य नीति र सिद्दान्त पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनेछ । यस्तै राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न
More