Daily Archives 1st January 2019

युगान्डामा नेपाली साहित्य गोष्ठी

कम्पाला । गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको अबसरमा संघको भाषा तथा साहित्य उपसमिति र नेपाल अफ्रिका साहित्य समाजको आयोजनामा नेपाली साहित्य गोष्ठीको आयोजना गरियो । संघका संरक्षक तथा नियात्राकार जिबा लामिछानेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा अध्यक्ष भवन भट्ट , शिरोमणि दवाडी , सुनिल कार्की , चन्दा थापा , मनोज गोर्खाली, पासाङ्ग शेर्पा , हिक्मत थापा र रमेश कंडेल लगायतले आआफ्ना रचना बाचन गरे । कार्यक्रममा संघका कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह चिबोकका केटीहरुको अफ्रिका बिमोचन इजिप्ट र युगान्डाका लागि नेपाली राजदूत झबिन्द्र अर्यालले गर्नु भएको थियो । संरक्षक लामिछानेले नेपाली भाषा र साहित्यको प्रबर्द्धन गर्नु पनि संघको एक
More

वेलायतमा ल्होछार (फोटो फिचर)

फडिन्द्र भट्टराई । बेलायतमा रहेका विशेषत गुरुङ (तमु) समुदायका नेपालीले ब्यापक हर्षोल्लासका साथ आफ्नो सांस्कृतिक पर्व ल्होछार मनाएका छन्। तमु धि यूकेको प्रमुख आयोजनामा बेलायतमा रहेका बिभिन्न ईकाईलगायतले यहाँका बिभिन्न शहरहरुमा गत सप्तान्त ल्होछार कार्यक्रमको आयोजना गरेका हुन् । गत सप्तान्त साउथ ईस्ट र लन्डनको कार्यक्रम पश्चात हिजो बेलायतको रिडीङमा आयोजित प्रमुख कार्यक्रममा बेलायतका तमुहरुले सामुहिक रुपमा उत्साहपूर्वक ल्होछार पर्व मनाएका छन्। ल्होछार कार्यक्रमकै लागि नेपालबाट आमन्त्रण गरिएका गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले ल्होछारको अवसरमा शुभकामना दिँदै आयोजित कार्यक्रमहरुलाई सम्बोधन गरेका छन्। गुरूङले आफ्नो मन्तव्यमा संसारभर जहाँ रहे पनि आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण गर्नु महत्वपूर्ण
More

पोल्याण्डमा एक नेपाली युवाको रहस्यमयी मृत्यु

पोल्याण्ड । पोल्याण्डमा एक नेपाली युवाको रहस्यमी ढंगबाट मृत्यु भएको छ । नेपालको पोखरा स्थायी घर भएका गायक ईश्वर श्रेष्ठ ९इशु० को पोल्यान्डमा मृत्यु भएको हो। बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो। साथीहरुसँग क्रिसमस मनाउन निस्किने बेला म पछि आउँछु भन्दै कोठामा बसेका श्रेष्ठको एकैपटक शव फेला परेको हो। श्रेष्ठको मृत्यु भएको चार दिनपछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिएपछि बल्ल ईश्वर श्रेष्ठ भएको पुष्टी भएको थियो । श्रेष्ठको मृत्युबारे नेपाली राजदूतावास जर्मन र सम्बन्धित निकायमा खबर गरिएको एनआरएन पोल्यान्डका संस्थापक अध्यक्ष डा. बोधराज सुबेदीलाई उदृत गर्दै
More

वेलायतमा कांग्रेसले मनायो मेलमिलाप दिवस

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनसम्पर्क समितिले ४३ औं राष्ट्रिय दिवस मनाएको छ । नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेलायतले ४३ औं राष्ट्रिय मेलमिलाप दिवस गत आइतवार मनाएको हो । अल्डरशटको भेटघाट रेष्टरेन्टमा आयोजित कार्यक्रममा पूर्व संबिधान सभाका सभासद नगेन्द्र कुमार कुमाल प्रमुख अतिथि थिए । कार्यक्रमको बिशेष अतिथिको रुपमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारले बि स २०३० को दशकको मध्यमा बीपीको नेतृत्वमा चलेको प्रजातन्त्र पुनस्र्थापनाको जनलहरको स्मरण गरे । जनसम्पर्क समिति वेलायतका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगानाले ‘जुन राजाले आफ्नो हजुरबुवाको निर्वासनपछि सर्बस्वहरण गरे, जुन राजाले
More

मन्त्रि किरण गुरुङ्गसंग एनआरएन युकेले अन्तरक्रिया गर्ने

लण्डन । वेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अन्तरक्रियाको आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ युकेकी उपाध्यक्ष पुनम गुरुङ्गका अनुसार मन्त्रि गुरुङ्गसंग भोलि (बुधवार) साँझ अल्डरशटमा सो कार्यक्रमको आयोजना हुन लागेको हो । अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन वेलायतस्थित नेपाली समुदायलाई एनआरएन युकेले आग्रह गरेको छ । गुरुङ्ग तमुधिं युकेको आयोजनामा सम्पन्न ल्होछार कार्यक्रममा भाग लिन वेलायत आएका हुन् ।
More

गोल्डेनसिपममा टंक बुडाथोकीले प्रस्तुति दिने

लण्डन । मन बिनाको धन ठुलो कि , चौरीको चाम्रो छुर्पी लगायतका गीत गाएर चर्चामा आउन सफल गायक टंक बुडाथोकीले बेलायतमा प्रस्तुति दिने भएका छन् । साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा आगामी शुक्रवारका दिन सांझ उनले प्रस्तुति दिने भएका हुन् । प्रबेश शुल्क £१० राखिएको छ । सो रकम गायकलाई हस्तान्तरण गरिने आयोजकले बताएका छन् । आग्रिम टेबल बुक गर्न (Ph no 0204266300 ) संचालक देव गुरुङले अनुरोध गरेका छन् ।
More

बर्मिङहममा टोपी दिवस (फोटो फिचर)

लण्डन । बेलायतको मिडल्याण्डस्थित बर्मिङहममा बस्ने नेपालीहरुले अंग्रेजी नयाँ वर्षलाई नेपाली राष्ट्रिय टोपी दिवसका रुपमा मनाएका छन् । नयाँ वर्षको दिन मंगलबार बिहान एक शुभकामना आदानप्रदान कार्यक्रम गरी छैठौं राष्ट्रिय टोपी दिवस मनाइएको हो । स्थानीय शान्ति नेपाली समाज बेलायतले ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नारासहित उक्त कार्यक्रम आयोजना गरेको थियो । समाजका अध्यक्ष लिलाबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एनआरएन आईसिसीका सहकोषाध्यक्ष सोम सापकोटा तथा विशेष अतिथि एनआरएन यूकेका सचिव तारानाथ भण्डारी लगायतले टोपी दिवसको सन्दर्भ र महत्वको बारेमा बोलेका थिए । टोपी दिवसको माध्यमबाट आफ्नो परम्परा र संस्कृति नभुलौं भन्ने सन्देश दिने उद्धेश्यले कार्यक्रम गरिएको
More

डा. केसी बुधबारदेखि इलाममा अनसन बस्ने !

इलाम । सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा.गोविन्द केसीले भोलि बुधबारबाट अनसन सुरु गर्ने भएका छन् । यो पटक डा. केसी इलाममा अनसन बस्ने भएका हुन् । अनसनको तयारीका लागि डा. केसी इलाम आइपुगेका डा. केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिएका हुन् । उनका अनुसार डा. केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन् । डा. केसी इलाम दिउँसो १ बजे आइपुगेका हुन् । इलाममा आएर डा. केसीले इलामका अग्रज धर्म गौतमसँग भेट गरेको गौतमले जानकारी गराएका छन् । डा. केसी इलामका विभिन्न ठाउँमा घुमेका छन्सा, यद डा. केसी अनसन बस्नको लागि उपयुक्त ठाउँको खोजीमा छन् । यो
More

हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताउनुभएको छ । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताउनुभयो । उहाँले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिनुभयो । नेता पौडेलले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली एकता काम
More

पञ्चशील ग्रहण गर्दै

लुम्बिनी बिकास कोषले मंगलबारदेखि शुरु गरेको वृक्षारोपण अभियानको उद्घाटन कार्यक्रममा पञ्चशिल ग्रहण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रप्रसाद अधिकारी, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलगायत । तस्वीर: निरु गौतम
More

एक व्यक्ति एक डिम्याट : स्टक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोवार गर्न आग्रह गरेको छ । पूर्ण स्वचालित कारोवार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा आज स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुई वटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटा मात्रै खातामा आबद्ध हुन आग्रह गरेको छ । कारोवारको द्रुतगति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्न त्यस्तो व्यवस्था गरिएको स्टकले जनाएको छ । स्टकले आजदेखि नै बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ । तोकिएको राफसाफ बैंकमार्फत कारोवार अघि तथा पछिको रकमान्तर मिलाउने व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास
More

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै

गोदावरी । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउनुहुन्छ । सरकारले सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी उहाँले दिनुभयो । वैशाखदेखि प्रक्षेपण हुने उक्त भूउपग्रहबाट देशका विभिन्न स्थानको तस्वीर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका
More

नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका छ जनाको मृत्यु

बैङ्कक । थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्र्र्षाएका थिए । अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । “पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्,
More

वृद्धालाई सामाजिक सुरक्षा भत्ता

वीरगंज उपमहानगरपालिका– २३ कार्यालय, सबैठवामा सेवाग्राही वृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन बैंक खाता खोल्न सघाउँदै समाज विकास समन्वय समिति पर्साका स्वयंसेवी महिला । तस्वीरः तीर्थ भटृराई
More

कर्मचारी समायोजन अध्यादेश बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत् गरे । विधेयक प्रस्तुत् गर्दै मन्त्री पोखरेलले सरकारले अन्तर्राष्ट्रियरूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए । विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत् गर्दै सांसद प्रेम सुवालले कम्पनी र व्यक्ति विशेषलाई हतियार उत्पादन गर्न दिन नहुने बताएका थिए । सांसद सुवालको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको थियो । बैठकले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ बहुमतले स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभामा पेस गरेको सो अध्यादेशलाई प्रतिनिधिसभाका बहुमत सदस्यले स्वीकृत गरेका हुन् ।
More

शिक्षकका दलीय सङ्गठन खारेज गराउँदै उच्चस्तरीय आयोग

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकलाई पेशागतरुपमा जिम्मेवार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ । आयोगले शिक्षामा अति राजनीतिकरणले गुणस्तरमा गम्भीर नकारात्मक असर परेको ठहरसहित कुनै पनि विद्यालय शिक्षकले कुनै पनि राजनीतिक दलको पार्टी सदस्यता तथा पदाधिकारी हुन नपाउने र भएमा शिक्षक पद स्वतः नरहने गरी कानूनी प्रबन्ध गर्न सुझाएको हो । “दलैपिच्छेको शिक्षक युनियनले शिक्षाको गुणस्तर खस्काउनमा र विद्यालयमा दलीय राजनीतिक हस्तक्षेप बढाउनमा महत्वपूर्ण भूमिका निभाएकाले राजनीतिक दलसम्बद्ध शिक्षक युनियन व्यवस्था अविलम्ब खारेज गर्ने तर पेशागत हितका लागि ट्रेड युनियनको रुपमा सबै दलको एउटा साझा शिक्षक सङ्घ राख्ने नीति अपनाउनुपर्छ ।” आयोगको मस्यौदा प्रतिवेदनमा
More

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ । उक्त साधारणसभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । कम्पनीले चुक्ता पूँजी रु एक अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्नेछ । विसं २०७३ देखि सञ्चालनमा
More

सहमतिको भावनाअनुसार विधेयक अघि बढाउन आग्रह

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकलाई अघि बढाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले विधेयकमाथि सदस्यले उठाउनुभएको व्यावहारिक पक्षलाई सहमतिका आधारमा सम्बोधन गरी विधेयकलाई अघि बढाउन सुझाव दिनुभयो । शिक्षामन्त्री पोखरेलले भन्नुभयो, “सरकार र डा केसीबीच भएको सहमतिअनुसार नै जाँदा उपयुक्त हुन्छ, मेडिकल कलेजलाई गैरनाफामूलक बनाउन कुन पद्धति र बाटोबाट जाँदा भन्ने सन्दर्भमा थप छलफल र बहसको आवश्यकता पर्दछ ।” यसअघि बैठकमा सांसद योगेश भट्टराईले पटक–पटक भएको वार्ता र छलफलबाट सरकार र गोविन्द केसीलाई एक अर्काको भावनालाई
More

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत, सपथ आजै

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो । समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको जानकारी दिनुभयो ।
More

हातेमालो साहित्य संगम बाग्लुङको स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)

बाग्लुङ – हातेमालो साहित्य संगमको सक्रिय शाखा बाग्लुङले शनिबार स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बाग्लुङ , पर्वत र म्याग्दी जिल्लाका स्रष्टाहरुको उपस्थिति रहेको थियो भने करिब दुई दर्जन स्रष्टाले आ–आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए । साहित्यकार काजी रोशनको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्यकार धन प्रसाद पुन , पत्रकार तथा साहित्यकार राजेशचन्द्र राजभण्डारी ,म्याग्दीका घायलश्री ,हिरा संघर्ष , समीक्षक गंगा बानियाँ , सन्दिप रिजाल , लेखक तुलसीप्रसाद पाण्डेसमेतले रचना वाचन गरेका थिए ।कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार काजी रोशनले साहित्यमा लाग्न आँट ,साहस र आत्मबल हुनुपर्ने र त्यस्तो आँट ,साहस तथा आत्मबल हातेमालोका युवाहरुमा
More