Daily Archives 2nd January 2019

न्यायाधीश जोशीलाई पेशी नतोकिने

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उहाँले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गर्नुभएको हो । उहाँले आज पत्रकार सम्मेलनमा भन्नुभयो, “न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेशी नतोक्ने कठोर निर्णय लिएको हुँ ।” यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुुनुवाइबाट अस्वीकृत हुनुभएको थियो । मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भई आजै नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन
More

पूर्वी नाकाबाट २४ महिलाको उद्धार

भद्रपुर। माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ। काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो। सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए। त्यस्तै संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो। बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताए। वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको
More

टोटनह्याम दोस्रो स्थानमा उक्लियो

लन्डन । उपाधि होडमा आफूलाई पनि बलियो दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको टोटनह्यामले म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराती राति भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० को जित निकाल्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो । अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केन, क्रिष्टियन एरिक्सन र सन हेङ्ग–मिनले एक एक गोल गरेका हुन् । तीनै गोल पहिलो हाफमा नै भएको हो । तेस्रो मिनेटमा नै केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १२ औँ मिनेटमा एरिक्सनले गोल गरेर अग्रता दोब्बर पारे । २६ औं मिनेटमा
More

आमाको किरिया गर्दै दुई छोरी

लमही । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन्, किरिया पनि छोरीहरूले नै गरेका छन् । आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । जेठी छोरी आरधनाले दाङ देउखुरीको
More

नेपाल ट्रेड युनियन काङ्ग्रेसको आपत्ति

काठमाडौं । नेपाल ट्रेड युनियन काङ्ग्रेसले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत बोनस ऐन, २०३० मा गरेको संशोधन प्रस्तावप्रति ध्यानाकर्षण भएको जनाएको छ । ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले विज्ञप्ति जारी गरी उक्त प्रस्तावित संशोधित ऐनको दफा ६ अनुसार बोनस ऐन २०३० को दफा १३ साविकका श्रम ऐन २०४८ को दफा ३७ अनुसार बोनस रकम सामाजिक सुरक्षा कोषमा लैजाने प्रस्तावप्रति असहमति जनाएको हो । युनियनले नयाँ श्रम ऐन २०७४, नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा भएको व्यवस्था श्रमजीवी र उद्योग व्यवसायीको भावना विपरीत कुनै छलफल र परामर्श विना नै एकतर्फी रुपमा गरिएको संशोधनले सम्पूर्ण श्रमिकलाई
More

मलेसिया रिटर्नीको पहिलो भेलाले के निर्णय ग-यो ?

काठमाडौं । सरकारले विदेशबाट फर्कने नेपाली युवालाई प्रदान गर्ने रु दश लाखबाट आफूले सिकेको सीपलाई सदुपयोग गराउने उद्देश्यका साथ मलेसियाबाट फर्किएका युवाको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । स्वरोजगारबाट देशको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो । ‘मलेसिया रिटर्नी समाज नेपाल’ देशका ७७ वटै जिल्लाबाट मलेसियामा गई रोजगारी गरेर फर्किएका युवाका लागि सो भेलाको आयोजना गरेको हो । विशेष गरी खाडी मुलुकमा गएर फर्किएका नेपाली युवाका पक्षमा नेपाल युवा परिषद्ले गरेको प्रयासबाट नै रु १० लाख सहुलियत ऋण दिने व्यवस्था सरकारले गरेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । “विकसित मुलुकमा बस्ने नेपालीले आफू नेपाली भएकामा आफैँलाई
More

प्रहरीलाई घुस दिने दुई जना नागढुंगाबाट पक्राउ

नागढुंगाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिँदादिँदै दुई व्यक्ति पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका – २ स्थित नागढुंगाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९४६९ नम्बरको यात्रुबाहक बसको सहचालक राम बहादुर सुवेदी र क्रिकेटसम्बन्धी सामग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगत बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो। ड्युटीमा खटिएका प्रहरी टोलीले कागजातहरू माग्दा नदेखाई प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई १५ सय घुस दिन खोज्दा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए। महानगरीय प्रहरी वृत्त अन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा
More

पर्यटनमन्त्री अधिकारी सहित २ पूर्वमन्त्रीलाई कारबाहि सिफारिस ;;वाइडबडी प्रकरण

काठमाण्डौ । वाइडबडी खरिदमा भएको अनियमितताबारे छानविन गर्न गठित संघिय संसदको लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित २ पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ। छानबिन समितिले पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाहीको लागि सिफारिस गरेको छ। उपसमितिको प्रतिवेदन बुधबार बिहान ११ बजे बस्ने लेखा समितिको बैठक पेश हुनेछ। उपसमितिको मंगलबार अवेर राति सकिएको बैठकले मन्त्री अधिकारी सहित सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको हो तत्कालीन पर्यटन सचिवहरु प्रेम राई र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको बताइएको छ। राई हाल गृह मन्त्रालयका सचिव छन्। यस्तै वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन
More