Daily Archives 3rd January 2019

प्रधानमन्त्रीको सम्बोधन आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्नुहुने भएको छ । यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा आज सम्भव नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
More

बिदेशमा नेपाली श्रमिकको स्वास्थ्यस्थिति सबैभन्दा नाजुक

काठमाडौं । बैदेशिक रोजगारमा गएका श्रमिकमध्ये नेपाली कामदारको स्वास्थ्य स्थिति अन्य मुलुकको तुलनामा सबैभन्दा नाजुक देखिएको छ । पौरखी नेपाल, बेलायतस्थित लिभरपूल विश्वविद्यालय र बौर्नमाउथ बिश्वबिद्यालयले गरेको अनुसन्धानमा यस्तो दृखिएको हो । बिहीबार आयोजित एक कार्यक्रममा अनुसन्धान प्रतिबेदन प्रस्तुत गर्दै लिभरपूल बिश्वबिद्यालयका प्राध्यापक पद्म सिंखडाले कतारको हमाद ट्रमा सेन्टरमा उपचारमा पुग्ने कामदार मध्ये नेपाली कामदार २८ प्रतिशत रहेको जानकारी दिनु भयो । उहाँका अनुसार यस्तो कार्यस्थलमा घाइते भएर उपचारका लागि जाने कामदारहरु नेपाल पछि भारतीय २० प्रतिशत र बंगलादेशी ९ प्रतिशत छन् । यसरी नै बैदेशिक रोजगारीका क्रममा मृत्यूहुनेहरुमा सबै भन्दा बढी ह्दयघातका कारण २६.२ प्रतिशत, सवारी दुर्घटनाबाट १३.६ प्रतिशत,
More

आज पनि घट्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर रु २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल नौ उपसमूह मध्ये छ उपसमूहको शेयर बढे भने तीन उपसमूहको शेयर
More

सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ ?

काठमाडौं : सांसद रेशम चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन हुनुपर्ने बताएका छन् । आज सिंहदरबारमा सभामुख कृष्णबहादुर महाराबाट सपथ ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै उनले ‘घटना हुँदा सुरक्षाकर्मी सँगै थिएँ, म कसरी दोषी भएँ ?’ भनेर प्रश्न गरेका छन् । ‘म न्यायको पर्खाइमा छु,’ उनले भने, ‘माला लागाएर जेल जाँदैछु ।’ घटनाबारे गम्भीर छानबिन हुनुपर्ने र न्यायालयले न्याय दिनुपर्ने उनले बताए । चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न समेत गरेका थिए । ‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनले भने ‘यो लोगोको सम्मान के हो
More

फरार ४६ अपराधी पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ । मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१ लाख ९३ हजार ८२२ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत एक महीनाको खोजीमा प्रहरीले ४६ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “ जिल्लामा एक हजार ६०० अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र
More

लेखाका कर्मचारी स्थानीय तहमा नजाने !

काठमाडौं । वित्तीय अनुशासन कायम गर्नुपर्ने र आर्थिक कारोवार केन्द्रबाटै सञ्चालन हुनुपर्ने माग राख्दै लेखा कर्मचारी महालेखा नियन्त्रकको कार्यालय अगाडि माग सम्बोधन नभएको भन्दै निरन्तर धर्नामा बस्न थालेका छन् । लेखामा कार्यरत कर्मचारी स्थानीय तहमा जान तयार भए पनि आर्थिक कारोवार केन्द्रीयस्तरबाटै हुनुपर्ने माग सरकारसँग रहेको लेखा समूहका कर्मचारीले बताएका छन् । “ठूलो तहका कर्मचारी तल्लो तहको कर्मचारीबाट चल्नुपर्ने अवस्था हाम्रो लागि सबैभन्दा पीडादायी अवस्था हो”, उनीहरुले भने । स्थानीय सरकार बनिसकेपछि आर्थिक अधिकार सबै स्थानीय सरकारलाई नै दिएर केन्द्रले सन्तुलन र नियन्त्रणको काम नगरे आर्थिक चलखेल झनै बढ्नेमा उनीहरुको चिन्ता छ । स्थानीय तहमा बजेट विनियोजन गर्दा तल्लोस्तरको कर्मचारी
More

लगानी सम्मेलन शुक्रबार हुँदै

मङ्गलबारे । इलाम नगरपालिकाको आयोजनामा पुस २० गते हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दनसमेत गरिने नगरपालिकाले जनाएको छ । इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो । बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले लगानी सम्मेलन गर्न लागेका नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । लगानी सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री, प्रदेश तथा सङ्घीय सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा उद्योगी–व्यवसायीको सहभागिता रहने जनाइएको छ ।
More

छोरा खेलाउन फुर्सद छैन मन्त्री मगरलाई…

काठमाडौं । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे । कार्यकक्षमा रहेका एक आगन्तुकले “मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…” भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । “कति चकचक गरेको ? यता आउनुस्” भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर
More

पुण्य कमाउने नाममा महीनावारी नहुँदै विवाह

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दाजान्दै पनि यहाँका स्थानीयवासी बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन् । सानै उमेर अर्थात् महीनावारी नहुँदै छोरीको विवाह (कन्यादान) गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयवासी सानै उमेरमा छोरीको विवाह गराउने गरेको केआइसिंह गाउँपालिका–५ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महीनावारी नहुँदै छोरीको कन्यादान गरे ठूलै पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले बालविवाह बढ्दै गयो, रोक्न सकिएको छैन ।” यहाँका गामीण क्षेत्रमा हुने बालविवाह रोक्नका लागि विभिन्न सङ्घसंस्थाहरु लागिपरे पनि रोक्न
More

छोरा प्रणवलाई स्वीटर लगाइदिँदै मन्त्री मगर

खानेपानी तथा सरसफाई मन्त्री बीना मगर बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा स्कूल बिदामा आमासँगै गएका छोरा प्रणव दाहाललाई स्वीटर लगाई दिँदै । तस्वीरः चन्द्रकला क्षेत्री
More